नवलपरासी जिल्लाको इतिहास र भौगोलिक बनावट


स्थान परिचय 

नवलपरासी जिल्लाको नक्सा 

जिल्ला : नवलपरासी
अञ्चल : लुम्बिनी
सदरमुकाम : परासी,
क्षेत्रफल : २,१६२ वर्ग कि.मि.
गाविस संख्या : ७३
नगरपालिका : १ 
भौगोलिक अवस्थिति : तराई
टेलिफोन कोड : ०७८

१ शीर्षक अक्षर
२ भौगोलिक अबस्थिति
३ धार्मिक तथा पर्यटकिय क्षेत्र

शीर्षक अक्षर

नवलपरासी जिल्लालाई चुरे पर्बतले दुई भाग मा बाडेको छ । चुरे पहाडदेखी पूर्वतर्फ नारायणी नदीसम्मको भागलाई नवलपुर भनिन्छ भने चुरे पहाडदेखी पश्चिमतर्फ सुनवलसम्मको तराइको ठुलो भागलाई परासी भनिन्छ । नवलपुर र परासी लाई मिलाएर जिल्लाको नाम नवलपरासी राखिनु अगाडि यो ठाउलाई “पाल्ही माझखण्ड” मानिन्थ्यो । पूर्बको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभी वि. सं. २०१८ सालमा यस जिल्लालाई नवलपरासी नामाकरण गरिएको हो । त्यस भन्दा अघि यस जिल्लालाई बुटवल जिल्लाको पाल्ही माझखण्ड भनिन्थ्यो ।

भौगोलिक अबस्थिति

अक्षांश : २७.२१" — २७.४७" उत्तर
देशान्तर : ८३.३६" — ८४.२५" पूर्ब
सिमाना : पूर्बमा चितवन, पश्चिममा रुपन्देही, उत्तरमा पाल्पा र तनहुँ, दक्षिणमा भारतको उत्तर प्रदेश र बिहार
क्षेत्रफल : २१६२ बर्ग कि.मी.
उचाई : ९१ मी. देखी १९३६ मी. सम्म ।

धार्मिक तथा पर्यटकिय क्षेत्र

रामग्राम स्तुप, त्रिबेणीधाम, पाल्हीभगवती मन्दिर, गजगढाधाम, सीतामणी, राधाकृष्ण मन्दिर, नागबाबा मन्दिर, कोहार मन्दिर, रामजानकी मन्दिर, बालपुरी कुटी, मद्रासी बाबा, शिबमन्दिर, दाउन्नेदेबी, कैलाश आश्रम, बर्दगोरिया कुटी, मौलाकालिका मन्दिर,रुम्सी, कुमारवर्ती, मदारस्थान, रुद्रपुरगढी, सिक्रौलीघाट, पितौजीघाट, मितेरीघाट, भृकुटीघाट, ब्रम्हस्थानघाट, देबघाट, ठांडीटारघाट, मौसरघाट, जलदेबीघाट, बालीघाट, गडगडीघाट, पण्डितपुर, ब्यंकटेश मन्दिर आदि ।

नवलपरासी जिल्ला लुम्बिनी अञ्चलमा पर्दछ । यो नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको एउटा जिल्ला हो, यस जिल्ल नेपालको भित्री मदेश अन्तर्गत पर्दछ । यो जिल्लाको सदरमुकाम परासी बजार हो ।


क्षेत्रफल :
सदरमुकाम : परासी
मुख्य व्यापारीक केन्द्रहरु : परासी, सुनवल, कावासोती ।
आय–आर्जनको मुख्य स्रोत : कृषी, उद्योग, व्यापार, पर्यटन ।

यहाँ नेपालको धेरै ठाउँबाट बसार्इँ सरेर आएका मानिसहरु बसोबास गर्दछन् । तर स्याङ्जा, पाल्पा, अर्घाखाँची, तनहूँ, गुल्मी, प्युठान जस्ता जिल्लाबाट आउनेहरुको संख्या तुलनात्मक रुपमा धेरै पाइन्छ । नवलपरासी जिल्ला भौगोलिक हिसाबले पहाड, भित्रि मधेश र मधेश गरी तीन भागमा बिभाजीत छ । यसको भित्रि मधेश क्षेत्रलाई नवलपुर पनि भनिन्छ । यो जिल्लाको उत्तरमा पाल्पा र तनहूँ, पश्चिममा रुपन्देही, पूर्व र दक्षिणमा चितवन र दक्षिणको ,केही भाग भारतसंग जोडिएको छ । चितवन राष्ट्रीय निकुन्जमा नवलपरासीको ठुलो जंगल पर्दछ ।लोपोन्मुख जनावर घोरलको लागि प्रसिद्ध ठाउँ जिल्लाको उत्तरी भेग देउराली गा. वि. स. हो । बाघ भालु हेर्न जाने मनोरन्जनात्मक स्थान टाइगर टप्स् यहाँ पर्दछ । कुनै जमानामा एक सिङ्गे गैँडाको बासस्थान भएको गैंडाकोट (कोट - वासस्थान) यहीँ पर्दछ । नवलपरासीको गैंडाकोट र चितवनको नारायणगढलाई नारायणी नदीले छुट्याएको छ भने तनहुँको देवघाटसँग नवलपरासीको गैंडाकोटलाई कालीगण्डकी नदीले छुट्याएको छ।

पूर्व पश्चिम राजमार्गको मध्यभाग भनेर राजा महेन्द्रले शिलान्यास गरी राजमार्ग निर्माण सुरु गरेको स्थान शिलान्यास चोकमा शिलालेख हेर्न पाइन्छ।

No comments

@lonely_aananda. Powered by Blogger.