गजल "गुरुलाई नमन "

आज गुरु पूर्णीमाको दिनमा सम्पूर्ण गुरुहरुप्रति समर्पण गरेर यो गजल लेखेको छु । अन्जान मै भएको भूलहरूप्रति आजको दिनमा फेरि एकपटक माफी पनि माग्दछु ।

सावाँ अक्षर सिकायौ, गुरुलाई नमन ।
सबै ठाउँमा टिकायौ, गुरुलाई नमन ।।

सम्पूर्ण गुरुहरुको, यादले सताउँछ सँधै ।
अज्ञानता सबै झिकायौ, गुरुलाई नमन ।।

मैले लेख्न नजाँन्दा, कैले भनेको नमान्दा ।
हात समाउँदै लेखायौ, गुरुलाई नमन ।।

कतै लडबडाइ, बाटो विराउन खोज्दा ।
उज्यालो बाटो देखायौ, गुरुलाई नमन ।।

गरियो होला गालि , अन्जान मै भए पनि ।
आनन्दका सबै गल्ती मेटायौ, गुरुलाई नमन ।।

3 comments

UnEXpressed Feelings said...

सम्पूर्ण ज्ञात अज्ञात गुरु हरुलाई हृदयदेखि नै नमन ! गुरुको सदमार्ग निर्देशन सधै रहिरहोस,

Unknown said...

राम्रो छ

आनन्द पोखरेल said...

धन्यवाद यहाँहरुलाई ।

@lonely_aananda. Powered by Blogger.