तपाईंको आजको राशिफल


आज २०६९ साल भाद्र २७ गते बुधबार, 
तदनुसार सेक्टेम्बर महिनाको १२ तारिख,

मेष:
ब्यापार ब्यवसाय तथा बिधार्थीको पढाईमा उन्नती हुनेछ। नयाँ योजना बन्नुको साथै नयाँ कार्यको शुरुवात हुनेछ। संगीतको क्षेत्रमा रुची बढ्नेछ। जीवनसाथ
ी सँगको सम्बन्ध प्रगाढ हुनेछ। 

वृष:
लाभ हुने सम्भावना बन्ने देखिन्छ। नयाँ प्रस्ताब हात पर्ने देखिन्छ। धार्मिक रुची बढ्नेछ। ब्यापार ब्यवसायको निम्ती निक्कै उपयुक्त समय रहेको देखिन्छ। 

मिथुन:
ब्यापारमा बृदि हुने हुँदा आजको सम्पूर्ण काम तपाईंको योजना अनुरूप हुनेछ। पारिवारिक चिन्ता एंबप्रतिस्पर्धाको करण उत्तेजना बढ्नेछ। पढाई लेखाईमा रुची बढ्नेछ। 

कर्कट:
आज आकाशमिक प्राप्त भएको धनमा समस्या पर्न सक्छ , सोच बिचार गर्नु होला। कुनै पनि कार्यको निर्णय लिन दुबिधा हुनेछ। कार्यको गतिमा बाधा आउने देखिन्छ। पारिवारिक कलह हुन सक्ने देखिन्छ।

सिंह:
ब्यापरिक यात्रा लाभप्रद रहनेछ तर अनावश्यक खर्च हुने देखिन्छ। आजको दिन प्रशन्न पुर्वक बित्नेछ। सामाजिक क्षेत्रमा तपाईंको वर्चस्व रहनेछ। पारिवारिक बातावरण उत्साहपूर्ण रहनेछ। 

कन्या:
आज गरेको कुनै पनि कार्यमा ईच्छित सफलता मिल्नेछ। लपर्वाहीले काम ंनगर्नु होला हानी हुन सक्ने देखिन्छ। अरुको कार्यमा अनावश्यक हस्तक्षेप नगर्नु नौ उचित हुनेछ। 

तुला:
आर्थिक लाभ राम्रै हुने देखिन्छ। मानसिक शान्ती बनाई राख्न आफ्नै हितमा फाईदा हुनेछ। धनको बिषयमा पारिवारिक सदस्यबाट सोछे भन्दा धेरै सहयोग मिल्नेछ। पुराना काम पनि बन्ने देखिन्छ।

वृश्चिक:
आर्थिक कारोवारमा अवरोध हुने आशंका देखिन्छ। साझेदारिमा गर्नु भएको कार्यमा आलोचित हुनु पर्ने देखिन्छ। आज तपाईंको कुरा काट्नेहरु प्रशस्त मात्रमा सकृया हुनेछन, साबधनी रहनु होला।

धनु:
प्रयास गरेअनुसार सफलता मिल्ने देखिन्छ। मांगलिक कार्यको रूपरेखा बन्नेछ। व्यबहार कुशलताली ब्यापारमा सफलता मिल्नेछ तर सन्तानको तर्फबाट केहीचिन्ता बढ्नेछ। 

मकर:
तपाईंको बुद्धिमानीले गर्दा काम सफलता मिल्ने देखिन्छ। अचानक आर्थिक लाभ हुने देखिन्छ। आफ्नो धैर्यतालाई कायमै राख्नु पर्ने देखिन्छ। कृषि क्षेत्रबाट पनि प्रशस्त लाभ गर्न सकिने योग रहेकोछ। 

कुम्भ:
महत्वपूर्ण लाभको अवसर प्राप्त हुनेछ। समाजमा तपाईंको कार्यको प्रशंसा हुनेछ। दाम्पत्य जीवन सुखमाया रहनेछ। आफन्तको सफलताबाट न्बिक्कै खुशी मिल्ने देखिन्छ। स्थाई सम्पत्तीको प्राप्तिको प्रबल सम्भावना रहेकोछ। 

मीन:
नोकरीमा दिन सुध्रिनेछ। क्रोध माथि नियन्त्रण गर्नु पर्ने देखिन्छ। आत्मिय मित्रबाटको सहयोगबाट महत्वपूर्ण काम बन्ने देखिन्छ। आर्थिक लाभ राम्रै हुने देखिन्छ। 

आजको राशीले जे जस्तो बताए पनि तपाईहरुको आजको दिन पूर्ण सफल रहोस भनी कामना गर्दछौ

No comments

@lonely_aananda. Powered by Blogger.