अपराधिक घटना बढेपछि कुस्माका होटेल राति साढे नौ बजेभित्र बन्द गरिने

पर्वतको कुष्मा बजार
पर्वत भदौ २१ । रातिको समयमा मदिरा सेवनवाट अपराधिक घटनाहरु बढ्दै गएपछि राती साढे ९ बजे भित्र पर्वतका सम्पुर्ण होटलहरु बन्द गरिने भएको छ ।

उद्योग बाणिज्य संघ पर्वतमा बुधबार
 भएको प्रहरी प्रशासन र होटल व्यावसायीहरुको छलफल कार्यक्रममा उक्त सहमति भएको हो ।

होटल राती अबेरसम्म खोलिरहँदा जस्तोसुकै घटना पनि घट्न सक्ने र मदिरा सेवनवाट समाजमा प्रतिकुल असर पर्ने भएकाले साढे ९ बजे भन्दा पछि होटल नखोल्ने निर्णय भएको हो ।

होटलमा आउने प्रत्येक पाहुँनाहरुको यथार्थ बिवरण राख्ने, इजाजत लिएर मात्र मदिराको विक्रि वितरण गर्नुपर्ने, प्रत्येक होटलहरुमा मुल्यसूची अनिवार्य टास्नुपर्ने, सफा सुग्घर राख्नुपर्ने लगायतका निर्णय भएको छ ।

उक्त सहमति हिजोदेखि नै कार्यान्वयन हुने भएका छन् । जुनसुकै ठाउँमा पनि जथाभावी रुपमा मदिरा बिक्रि वितरण गर्दा दैनिक जसो चोरी डकैती, हत्या, आत्महत्या जस्ता अपराधिक र गैरकानूनी क्रियाकलापले पश्रय पाइरहेको भन्दै होटल व्यावसायीलाई संयम हुन समेत आग्रह गरिएको छ ।

पर्वत उद्योग बाणिज्य संघले संयोजक गरेको कार्यक्रमा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, प्रहरी नायब उपरिक्षक केदार खनाल, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य होमनारायण श्रेष्ठ, होटल व्यावसायी महासंघका केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, जिल्ला अध्यक्ष चेतनारायण शर्मा गोविन्द, उद्योग बाणिज्य संघका सदस्य ठाकुर पौडेल लगायतले मंतव्य व्यक्त गरेका थिए

सोही कार्यक्रममा अवसरमा सशस्त्र प्रहरी बल चण्डिका गणका नवागत प्रहरी उपरिक्षक कृष्ण थापालाई स्वागत गरिएको थियो ।

No comments

@lonely_aananda. Powered by Blogger.