कालिका एफ.एमको दशौ बार्षीकोत्सबका कार्यक्रमहरु सार्वजनिक यो बर्ष ६ वटा नयाँ कार्यक्रम थप

भाद्र १८ चितवन . मध्ये नेपालकै सर्बोत्कृष्ठ रेडीयो कालिका एफ एम ९५.२ ले आफ्नो एक दशक लामो यात्रालाई मध्यनजर गर्दै दशौ बार्षीकोत्सब को अबसरमा आयोजना गरीने बिभिन्न महत्वपुर्ण कार्याक्रमहरु सार्वजनिक गरेको छ । एफ एम परिसरमा आज सोमबार पत्रकार सम्मेलनको अयोजना गर्दै एफ एम ले दशौ बार्षीकोत्सबका बिभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

एफ एम ले बिगतका बर्षहरुमा आयोजना गरेका कार्यक्रमहरुलाई निरन्तरता दिँदै यस बर्ष समाजमा रहेका दृष्टिबिहीन भित्र भएको गायन क्षमतालाई उजागर गर्न र चर्म चक्षु नभएपनि ज्ञान चक्षु भएका उनिहरुबिच गायन प्रतियोगिता गरीने, रिक्सा मजदुरहरुको हितका खातिर कालिका रिक्सा चालक कोष स्थापना गर्ने लगायतका बिभिन्न ६ वटा नयाँ कार्यक्रमहरु थप गरेको छ ।
त्यस्तै चितवनको पहिलो महिला पत्रकार,पहिलो मा.बि शिक्षका र पहिलो महिला कानुन ब्यबसायी लाई सम्मान गर्ने, म्युजिक अवार्ड अन्तर्गत युगल गायन बिधा थप गरीएको,स्काईप मार्फत स्रोतालाई कार्यक्रममा सहभागी गराउँने र कालिका साङगीतिक एफ एम ९१ मेघाहर्ज लाई पनि ईन्टरमार्फत बिश्वभर लैजाने एफ एम ले जनाएको छ ।

बार्षीकोत्सब अन्र्तगतका अन्य कार्यक्रमहरुमा आसोज १ गते सोमबार बृद्ध बृद्धालाई दर खुवाउने तथा बस्त्र बितरण कार्यक्रम देबघाटमा गरीने छ भने असोज २ गते मङगलबार हरितालिका तिजको अबसरमा बृहत तिज गित प्रतियोगित आयोजना गरीने एफ एम ले जनाएको छ । त्यस्तै असोज ३ गते बुधबार देखी ७ गते आईतबार सम्म चितवन र नवलपरासिका स्रोताहरु माझ पुगेर प्रत्यक्ष साक्षात्कार गर्ने कार्यक्रम टोल टोलमा कालिका अयोजना गरीने र असोज ८ गते सोमबार देखी ९ गते मङगलबार सम्म अन्तरकर्मचारी खेलकुद प्रतियोगिता आयोजना गरीएको छ ।

बार्षीकोत्सब कार्यक्रम अन्र्तगत असोज ११ गते बिहिबार उच्च माबि स्तरीय बक्तृत्वकला प्रतियोगिता,असोज १३ गते शनिबार कालिका साहित्य सम्मेलन, असोज १४ गते आईतबार अन्तर आमा समुह हाजिरीजवाफ प्रतियोगीता,असोज १६ गते मङगलबार अन्तर श्रोता क्लब हाजिरि जवाफ प्रतियोगिता, असोज १९ गते शुक्रबार दृष्टी बिहीन गायन प्रतियोगिता,असोज २० गते शानिबार बृहत राष्ट्रिय लोकदोहोरी तथा बिबिध साँस्कृतिक कार्यक्रम, २१ गते आईतबार राष्ट्रिय नौमति तथा गन्दर्भ बाजा प्रतियोगिता,२२ गते सोमबार रिक्सा दौड प्रतियोगिता , २३ गते मङगलबार अन्तर महिला स्लो मोटर साईकल रेस र असोज २६ गते शुक्रबार म्युजिक अवार्ड तथा समापन समारोह अयोजना गरीने एफ एम ले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एफ एम का अध्यक्ष तथा प्रबन्ध निर्देशक बिक्रम पाण्डेले एक दशक लामो यात्रामा साथ दिने सम्पुर्ण क्षेत्रका निकायहरुलाई धन्यबाद ब्यक्त गर्नुभयो । एक दशक लामो यात्रामा सँगै रहेर साथ दिने स्रोता ,बिज्ञापनदाता, शुभचिन्तक, शुभेच्छुक, राजनितिक दल, नागरीक समाज, पत्रकार,बृद्धिजिबी एबं सम्पुर्णमा हार्दिक धन्यबाद ज्ञापन गर्दै आगमी दिनमा पनि कालिका एफ एम जनतामाझ अझै लोकप्रिय कार्यक्रमका साथ प्रस्तुत हुँने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

No comments

@lonely_aananda. Powered by Blogger.