रोटीबेटी र अपहरणको “सम्बन्ध”


थाहा छ, पिठो पारिबाट आएन भने हाम्रो भान्सामा रोटी पाक्दैन । यताको केटाकेटी र उताको केटीकेटाको बिवाह भएन भने समाज नै खुम्चिन्छ। त्यसैले छिमेकी मुलुक भारतसँग नेपालको रोटीबेटीको सम्बन्ध भनिएको हो । तर, पेट९रोटी० र इज्जत९बेटाबेटी० को सम्बन्ध निर्वाह भइरहेको यो दुई देशबीच भने अर्को पनि साइनो प्रमाणसहित जोडिन खोजिरहेको छ । अपहरण अर्थात् अपराधको सङ्गिन रुप ।
प्रमाण नै चाहियो भने उदाहरण प्रशस्त छन् । पछिल्लो समयमा विराटनगरको सामाजिक र व्यावसायिक क्षेत्रमा सक्रिय ७० वर्षका उद्योगपति गङ्गाविशन राठीको भारतीय भूमिमै अपहरण हुनु र त्यहीँ मारिएको घटनाले भारतसँगको नेपालको समाजिक सम्बन्धलाई आपराधिक प्रवृतिका व्यक्तिहरुले बदनाम र त्रसित बनाइरहेको छ । सिलिगुडीका जग्गा व्यवसायी सुरेन्द्रकुमार मिश्रसँगको छोटो समयको दोस्तीमा विश्वास गरेर भाइसँग कोलकाता जाने रेल्वेको टिकट क्यान्सिल गरेर उद्योगपति राठी किन सिलिगुडी कुदे रु अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने हुन्छ ।
विराटनगरबासी भन्छन्, “राठीको स्वभाव र व्यवहार नै जोसुकैले धार्मिक र सामाजिक कार्यमा बोलाउँदा हार्दिक्तापूर्वक स्वीकार मात्र नगर्ने भौतिकरुपमा उपस्थिति नै जनाउने खालको थियो ।” अपराध गर्नेलाई गजबको बहाना मिल्यो । धार्मिक छलफल । बोलाइयो राठीलाई विराटनगरबाट, नाममा धार्मिक छलफल भनिए पनि, सारमा भने धर्मले कहिल्यै पनि नरुचाएको हिंसाको तानाबाना बुनियो । सरल, सहज र सजिलो मानिसलाई छानेर भारतमा अपराध कर्म गर्नेले नेपाली जनतालाई राठीको हत्यासँगै त्रसित, आतङ्क्ति र आक्रोसित बनाए ।
आफ्नै मुलुकमा धेरै पटक हिंसा, आतङ्क र समस्या भोग्दै आएका नेपाली व्यवसायीका लागि व्यापार–व्यवसाय गर्ने सहज र सरल समयको प्रतीक्षा अझै सकिएको छैन । अब हुन्छ कि भन्ने आशमा जसोतसो व्यापार चलाइरहेका उनीहरु अपराधीको चङ्गुलमा पस्ने क्रम रोकिएन भने दुई देशीय सम्बन्धमा कायम रहेको व्यापार पनि खुम्चने खतरा छ ।
गङ्गाविशन राठी
तुलसीराम अग्रवाल
ज्ञानचन्द्र दुगड
यिनीहरु व्यापार–व्यवसाय गरेकै कारण आपराधिक चङ्गुलमा फसाइएका विराटनगरका उद्योगपति हुन् । विशाल ग्रुपका सञ्चालक तुलसीराम अग्रवाललाई विराटनगरको मलाया रोडबाट मर्निङ्वाककै क्रममा मारुती भ्यानमा कोचेर भारत लगियो । अग्रवालको अपहरण गरेको अभियोगमा पक्राउ परेका विराटनगरको सीमावर्ती बजार जोगबनीका विधायक जाकिर मियाँ र उनका सहयोगी भोलाशङ्कर तिवारीलाई घटनाको लामो समयपछि पक्राउ गरियो । अपराध भएको यतिका वर्षपछि पनि दोषीलाई कानुनी दायरामा ल्याइएपछि न्यायको अनुभूति महसुस गर्न नपाउँदै राठीको अपहरण र हत्याले बेचैन बनाएको छ ।
देशकै समस्या र आर्थिक नीतिसँग असन्तुष्टि जाहेर गरिरहेका नेपालका उद्यमी–व्यवसायी सधैं आफ्नो भौतिक सुरक्षाका लागि शसङ्क्ति भइरहेका छन् । पैसाको प्रत्यक्ष कारोबार गर्नेहरु सधैँ जोखिममा हुन्छन् । नगद लुटिने वा गुम्ने खतरा बढी हुन्छ । तर, श्रम, पसिना र मिहिनेत गरेर कमाएको दुई पैसाकै कारण ज्यान जोखिममा पर्न थालेको नेपाली व्यवसायीका लागि सोचिदिने र बोलिदिने सरकारी निकायको अभाव छ ।
मुलुकको दुई नागरिक ९उद्योगपति राठी र सँगै शव भेटिएको शिवसेनाका चन्द्र चुडाल०को हत्या हुँदा पनि नागरिकको पहलबाहेक सरकारका तर्फबाट औपचारिकरुपमा संवेदना समेत व्यक्त भएको छैन । आफ्ना दुई नागरिक अर्को मुलुकमा मारिएको घटनाप्रति ९सायद० हाम्रा परराष्ट्रमन्त्री अझै बेखबर छन् । सातिर दिमागका अपहरणकारीहरु उम्कन सक्ने खतरा रहेको राठीका परिवारले बताइरहेको बेला पनि सरकारी निकायले उनीहरुको कारबाहीको प्रक्रियाबारे खोजखबर राखेको पाइँदैन ।
साइरन जडित गाडीमा गुडिरहेका र भारतीय सुरक्षा निकायकै जवानहरुको स्यालुट पाइरहेका अपहरणकारी मिश्रमाथि कडा कारबाही हुनेमा राठी परिवार शसङ्क्ति छ ।
“हामीले सुनेका छौँ, पक्राउ परेकाहरु पावरवाला हुन्,” गङ्गाविशनका भाइ चम्पालालले समवेदना व्यक्त गर्न आउने नेपाली नेताहरुसित दुखेसो पोखिरहेका छन् । उद्योगपति चम्पालालको भनाइले ज्यान गए पनि त्यो अपराधमा संलग्नहरु उम्कने खतरा छ । अझै केही व्यवसायीहरुको लिस्ट तयार छ भन्ने हल्लाले पनि विराटनगरका उद्यमी–व्यवसायीलाई चिन्तित तुल्याएको छ । राठी परिवारको शङ्का निवारण गर्न पश्चिमबङ्गालको सरकारले पक्राउ परेका दुई अपहरणकारीको सूक्ष्म अनुसन्धानका लागि अधिकारसम्पन्न आयोग गठन गरिदिए बेस । अपहरणलगत्तै सिलिगुडी र नेपाल प्रहरीले देखाएको सक्रियता र अनुसन्धानलाई राठी परिवारले प्रशंसा गरिरहे पनि मिश्रको त्यहा“को सरकारी निकायस“ग जोडिएको सम्बन्धले भने थप सशङ्क्ति बनाएको हो ।
विहारको जोगबनी नाकाबाट कारोबार गरिरहेका पूर्वी नेपालका उद्यमी–व्यवसायीहरुले त्यहाँको सुरक्षामा चुनौती थपिएपछि केही वर्षअघिबाट पश्चिम बङ्गालको सिलिगुडी नाकालाई तुलनात्मकरुपमा सुरक्षित ठाने र त्यही नाकाबाट कारोबार विस्तार गरे । विराटनगरका व्यवसायीहरुको दिन सिलिगुडीमा बित्छ भने रात विराटनगरमा । विराटनगर र सिलिगुडीको साइनो उद्यमले गर्दा निकट भएको हो । व्यापार–व्यवसायका लागि बाक्लो आउजाउ हुने सिलिगुडी क्षेत्र पनि अब सुरक्षित रहेन । केही महिनाअघि भारतकै पन्जावबाट अपहरणमा परेका मञ्जित सिंहलाई सिलिगुडी नाकाबाटै नेपाल ल्याइएको थियो । मोरङ प्रहरीले राजमार्गको पथरी क्षेत्रमा नियमित सुरक्षा जाँच गर्ने क्रममा अपहरणकारीले हातखुट्टा बाँधेर राखेको मारुती भ्यानबाट उनी उम्केर बच्न सफल भएका थिए ।
विहारमा नितिशकुमार सरकारले शान्ति–सुरक्षामा गरेको कडाइ र लामो अन्तरालपछि पश्चिम बङ्गालको पनि फेरिएको राजनीतिले सीमा जोडिएको नेपाली इलाकामा “प्रभाव” पारेको छ । जसले पनि भन्छ, ‘विहारबाट नितिसले लखेटेका अपराधी सीमावर्ती नेपाली इलाकामा लुकेका छन् ।’ माधवकुमार नेपालको सरकारले पारित गरेको र त्यसपछि आएको झलनाथ खनालको सरकारले “एक्सन” मा जान आदेश दिएको विशेष सुरक्षा योजनाले मध्यपूर्वी तराईमा हतियारको बलमा “अपराध” गर्नेहरुलाई सुस्त बनाएकै हो । बिहार र नेपालको तराईमा भएको सुरक्षा सतर्कता र लामो समयदेखि राज गरिरहेको कम्युनिष्ट शासनको अन्त्यपछि अपराधीहरु पश्चिम बङ्गालको ‘राजनीतिक सङ्क्रमणकाल’को फाइदा लुटिरहेका छन् ।
“मास बेस” पार्टीको रुपमा चर्चित बनेको त्रिणमूल काँग्रेसकी नेतृ ममता बनर्जीको सरकारले पश्चिम बङ्गालमा सुशासनको लहर अझै चलाइसकेको छैन । विराटनगरकै उद्योगपति तुलसीराम अग्रवालको अपहरणमा संलग्न रहेको भनिएका जोगबनीका विधायक मियाँ र उनका सहयोगी सिलिगुडी नाकाबाटै नेपाल पस्न खोज्दा प्रहरीको फन्दामा परेका थिए । “सेटिङ र पावर” भएको भए जोगबनी नाकाबाट पनि उनीहरु नेपाल पस्न सक्थे । तर, सिलिगुडीकै बाटो रोज्नुमा त्यहाँ बढेको सुरक्षा कमजोरी र मौलाउँदै गएको अपराधले उनीहरुलाई हौसाएको हुनसक्छ । पश्चिम बङ्गालमा भइरहेको आपराधिक वारदातलाई रोक्न त्यहाँको सरकारले सक्रियता देखाउनुपर्छ । नेपाली उद्यमी–व्यवसायीलाई सुरक्षित महसुस गराउन यहाँको सरकारले तत्परता देखाउनुपर्छ ।

No comments

@lonely_aananda. Powered by Blogger.