अगमको मिनरल वाटरमा फोहोरको कण भेटियो


जेठ ४,  नारायणगढ । पिउनको लागि सजिलो र स्वस्थकर पानी भनेर सिलप्याक गरेर बोतलमा राखिएको मिनरल वाटरलाई मानिसहरुले आफ्नो रोजाईँमा पार्ने गर्दछन् । तर त्यो बोतलको पानी पिउनकोलागि कत्तिको स्वच्छ छ भन्ने कुरामा भने आम उपभोक्ता त्यति चनाखो भएको पाइँदैन । यसरी पिउनकोलागि सजिलो र स्वस्थकर मानिने बोतलको पानीमा नै फोहोरका कणहरु पाइएको छ ।
अगम पानीको पिँधमा देखिएको फोहोरका कण

चितवनको गितानगर–७ मा रहेको अगम वेभरेज इन्डष्ट्रिज प्रा. लि.द्वारा प्याकिङ् गरेर बजारमा पठाएको ‘अगम’ ब्राण्डको मिनरल वाटरको सिलप्याक पानीको बोतलमा फोहोरका कणहरु भेटिएको हो । स्मरण रहोस् कि यस इन्डष्ट्रिज बाट उत्पादीत पानीमा यस अघि पनि लेउ भेटिएको र यसै घटनालाई लिएर यहाँको पानीमा लगाइएको सिण्डीकेट आक्वा सप्लायर्सले यसलाई आफ्नो सदस्यबाट हटाएको थियो । चितवनमा विभिन्न समयमा विभिन्न नाम गरेका पानीहरुमा अनेकौँ खालका समस्याहरु देखिदै आएको छ । केही हप्ता अगाडि मात्रै भरतपुर–७, कृष्णपुरमा कार्यालय रहेको हाइलाइन ब्राण्डको पानीमा पनि किरा भेटिएको थियो ।
                    कसरी भेटीयो फोहोर पानी ?
क्षेत्रपुरमा पढ्नको लागि बस्दै आएका विद्यार्थी मिलन पौडेलले पिउन भनेर विहीबार किनेको पानीमा फोहोरका कणहरु देखिएपछि उक्त पानी सुरक्षित राखी मलाई फोन मार्फत् खबर गरेका थिए । पछि भेटेर कुरा गर्दा भन्छन् ‘साह्रै गर्मी थियो दाइ, तिर्खा लागेको भएर पिउनलाई पानी किनेको त बोतलको पिँधमा फोहोरका कणहरु देखेँ अनि तपाइलाई खबर गरेको हो’ । यो घटना चितवनको लागि नौलो भने होइन ।

त्यस्तै नवलपरासीको अरुण खोलामा उत्पादी “क्याराभान” ब्राण्डको पानीमा पनि नेकसिल सादा भएको भेटीएको छ । यो पानी आक्वा सप्लायर्स भरतपुर, चितवनको बजार अनुगमन तथा नियन्त्रण समितीका संयोजक केशव घिमिरेको टोलिले बजारमा अनुगमनको क्रममा भेटाएको हो । चितवनमा यस्तो पानीको बिक्री वितरणमा रोक लगाइएको भए पनि ३७ कार्टुन यस्तो पानी भेटिनुलाई रहस्य मानिएको छ । यस विषयमा बुझ्नको लागि कम्पनीका सञ्चालक किशोर मास्केलाई मोवाइलमा सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् । साथै यसै पानीको सम्बन्धमा गुणस्तर विभाग का कर्मचारी नविन ओझालाई पनि सम्पर्क गर्दा उनले आफ्नो मोवाईल उठाएनन् ।
         यस सम्बन्धमा के भन्छन् त सि डि ओ साप् ?
पानीमा फोहोरको कण देखेर पौडेलले जानकारी गराएपछि यस्तो लापरबाही बाहिर आएको हो । मानव जिवनसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने पानीमा प्रायः हुने लापरवाहिको बारेमा चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मालाई जानकारी गराउदा आफु भर्खरै मात्र सरुवा भएर चितवनमा आएको र सबैपक्षसँग छलफल गरेर यसबारेमा गम्भिरतासँग लाग्ने कुरा उनले बताए । यसै विÈयमा बुझ्नको लागि कम्पनीका सञ्चालक ध्रुव त्रिपाठीस“ग सम्पर्क गर्दा उनले बिभिन्न कुरा गर्दै यो पानी आफ्नो नभएको भन्ने घुमाउरो उत्तर दिएका थिए । तर पानीको नेकशिल र लबलमा अगम वेभरेज इन्डष्ट्रिज प्रा. लि.को स्टिकर छ भनेर देखाएपछि उनी स्विकार्न बाध्य हुँदै ‘यो सानो घटना त हो नि, सामान्य विषयमा बिवाद नगर्दा राम्रो हुन्छ’ भन्ने उत्तर दिएर उनी उम्कने प्रयास गरे ।

No comments

@lonely_aananda. Powered by Blogger.