Maulakalika Hiking in my Birthday .

आज सबेरै मौलाकालिका मन्दिर जाने निर्णमा म पुगेको थिएँ हिजो साँझसम्ममा । कारण थियो आज मेरो जन्म दिनको दिनमा कालिका माताको दर्शन गर्नु । साथै रमाइलो पनि हुने, दूई काम एक पन्थ भने जस्तै । तर आज सबेरै के को उठ्न सक्नु र ? हिजो साँझ छिमेकीहरुको आँसु र खुसीलाई मैले पनि साथ दिइरहेको थिएँ । कस्तो नबुझ्या आइपिएलको फाइनल गेम थियो नि त हिजो साँझ । आइपिएल हेरेर सुत्दा राती साँढे बाह्र भा’थ्यो । निदाउन लाग्दा फेरि ठुलै आवाज आयो झगडा नै परेच वाहिर वायुमण्डलमा । साला डड्याङ र डुडुङ गर्न थाले बाहिर निस्केर पनि हेर्ने चेष्टा नगरेको होइन । भयानक आवाज आउँदै थियो र साथमा बेला बेलामा फोटो खिचेको पनि आभाष हुँदै थियो । योस्तो स्थिती मैले थाहा पाएको थिएन त्यो पनि मध्य रातको १ बजे तिर । वास्तवमा यो घटना पूरै प्रकृतिले गराएको रैच अनि त वर्षा पनि सुरु भयो । बल्ल मन हलुङ्गो भयो र सुतेँ त्यति बेलासम्म घडिले २ बजाइ सकेको थियो । बिस्तारामा पल्टिने बित्तिकै के के भयो मैले केही पनि थाहा पाउन सकिन । एकैचोटी बिहान ६ बजे आँखा खुल्यो ।
कालिका मन्दिर परिसर । फाइल फोटो ।

जब बिहान म उठेको थिएँ मोवाइल पनि साइलेन्टमा राखेको रैछु मोवाइलमा म्यासेको थुप्रो लागेको थियो । ह्याँ पनि चतु¥याइँ नअपनाइ नहुने आचि अर्दै म्यासेज पढ्दै  धन्यवाद प्रतिउत्तर दिँदै गएँ । म्यासेज त्यस्तो केही थिएन वर्थ डे विस गरिएका मात्रै थिए । अनि चाँडो चाँडो न्वाएर मन्दिर जाने तयारी गरेँ । मन्दिरको फेदीमा पुग्दा साँढे सात बजिसकेको थियो । आफु त साँढे साती दशाले घेरेको मान्छे जे गर्दा नि साँढे बनाएर काम अर्न मन पर्च । त्यसैले साँढेसात बजे फेदीबाट यात्रा शुरु गरेँ ।

समुद्री सतहबाट ५६१ मीटरको उचाइमा पहाडी वनको धुरीको रुपमा रहेको मन्दिर महेन्द्र राजमार्गको गैँडाकोटबाट ४ कि. मी. उत्तरी भागमा पर्छ । मन्दिरको फेदिबाट मन्दिरमा पुग्नको लागि करिब २ हजार मिटर जति उकालो बाटो हिँड्नु पर्ने हुन्च । त्यो उकालो सिँडीहरु ७५ डिग्री सम्मको कोण बनाएर ढल्केका छन् कोही ठाउँमा । आफु त लज न परियो कस्सिएर हिड्यो भने आधा घण्टामा पुग्छु तर सामान्य मान्छेलाई नबसी लगातार हिँड्दा पनि कम्तिमा १ घण्टा लाग्छ हाइकिङ गर्नलाई तर मोटा मान्छेहरु हिँड्न गाह्रो छ, २ घण्टामा पनि पुग्दैनन् गर्मी उस्तै हुने तराइको ठाउँ न हो । अनर्थ नलागोस् लज भनेर लक्का जवान (लज छोटकरी रुप ) भन्न खोजेको हो नि ।
हाइकिङ जाँदै गर्दा ।

करिब ८ बजे तिर मन्दिराँ पुगेको थिएँ सधैँ जाँदा सार्वजनिक विदाको दिन पथ्र्यो र मान्छेहरुको भिडभाडसँग साक्षात्कार गर्नुपथ्र्यो तर आज कुनै बिदा नपरेको कारण सुनसान थियो मन्दिर जाने बाटो र मन्दिर पनि । छिटो हिँडेको देखेर मुखामुख गर्दै थे केही मानिसहरु । मन्दिर पुगुन्जेल सम्म पसिनाले निथ्रुक्क भिजेको अवस्था थियो विडम्बना रुमाल गोजीमा हाल्न बिर्सेछु खयर लागाएको सर्ट फुकालेर अनुहारमा आएको पसिना पुछेँ, देख्ने मान्छे दङ्ग परे होलान् कस्तो हावा फुस्केको मान्छे भन्दै । ह्याँ आफ्नो व्यथा कसले बुझोस् रुमाल बिर्सेको छु भनेर ।
साह्रै मन छोयो ।

हाइकिङ जाने साथीहरुको संख्या धेरै नै हुने कुरा थ्यो अस्तिसम्म तर हिजोको आइपिएलले मलाई एक्लै यात्रा गर्न बाध्य तुल्यायो । आफु त बोलेपछि बोलिको पक्का मान्छे, बोल्दै नबोल्ने बोलेपछि पु¥याइ छोड्नेमा परियो, त्यसैले एक्लै भएपनि मौलाकाली हाइकिङको यात्रा गरियो । साला घाति साथीहरुले धेरै कुरा गुमाए आज हाइकिङ नगएर । आफु त जाने बेलाँ मात्र एक्लै त्याँ पुगेपछि त स्कुल पढ्ने बेलाका साथीहरु राजेश, पासा र शान्ति टुप्लुक्क भेटीए कालिका मातालाई धन्यवाद दिएँ सात वर्ष पछि साथीहरुसँग भेट गराइदिएकोमा ।
शान्त रहेको मौलाकालीका मन्दिर ।


सार्वजनिक बिदाको दिनमा दर्शन गर्न यसरी बस्नु पर्छ ।

लामो गनथन पछि हामी मन्दिरमा दर्शनको लागि पस्यौँ । मन्दिर एकदम शान्त कोलाहाल रहित थियो मजासँग आरामले माताको दर्शन र पूजा गरेम् । आज भने कालिका माताको पूजा गर्दा बडा आनन्द आयो । पूजा गर्ने बेलाँ पुजारी बाले पनि अत्याएनन् । करिब दश मिनेट पूजा गरेपछि हामी मन्दिरबाट बाहिरीयौँ ।  अनि सुरु भयो हाइकिङ झर्नलाई झर्नेबेलाँ भने केही मान्छेहरु नि देखिएका थिए । साला यौटा बोका देखियो
हेलिप्याडबाट देखिएको गैँडाकोट तथा नारायणगढको दृश्य ।
 यस्तो गनौने कि त्यसको फोटो सुट अर्नको लागि मास्क नै लगाउनु परो । बोको भने झ्वाँक थियो है ! कोमल वलीले झ्वाँक तन्देरी गितमा भनेजस्तै । त्यसपछि सबैजना गयौँ हेलिप्याड हेर्नलाई जाँ हाम्रा महामहीम राष्टका पति जी गर अवतरण गर्नुभाथ्यो । गज्जब कै बनाका रैचन् चुचुरोलाई काटेर । काठमाण्डौलाई पुरेर बनाइयाथ्यो र जाडो छ, ह्याँ काटेर बनाइयो त्यसैले लाष्टै गर्मी छ । हेलिप्याडबाट नवलपरासी, चितवन तथा तनहुँका सिमानामा रहेको ठाउँहरु हेर्दा घर नै यतै बनाम् जस्तै भाथ्यो मलाई यति सुन्दर दृश्यहरु देखिएका थिए कि वर्णन गर्नै गाह्रो परो भन्या ।
कालिका मन्दिरबाट करिब ३०० मिटरको दूरीमा बनाइएको हेलिप्याड ।

एकछिनको साइडसिन पछि हामी ओरालो झर्न सुरु गरेम् । १० मिनेटको यात्रा के गरिएको थ्यो साला इन्द्रेले वर्षाउन थाल्यो पानी । के मा रिसाएच कुन्नी ? पानी पर्च भन्ने थाहा थियो मलाई, त्यसैले पर्स र बेल्ड आफ्नै कोठामा राखेर मोवाइललाई प्लाष्टिमा राख्नको लागि यौटा पलाष्टि गोजीमा राखेर म निस्केको थिएँ । साथीहरु तीनै जना महत बिसौनीमा बसे, म भने उनीहरुसँग बिदा भएर निस्केँ पानीमा रुझ्नलाई, मोवाइलको सुरक्षा गर्दै । यो मौसममा पानीमा रुझ्दा छुट्टै आनन्द आउँछ भन्ने कुरा के था ति छाता ओडेर हिँड्नहरुलाई । बिहान जानीबेलामा पसीनाले रुझेको शरिरमा अहिले इन्द्रेले वर्षा गराइदिएर केही राहात मात्रै होइन सफाइ पनि गर्दियो । आफ्नो हालत भने भिजेको बिरालोको भन्दा कम्तीको भएको थिएन । आफ्नो स्वभाव रिस्की काम गर्न मन पराउने भएकोले पनि म त्याँ बाट रुझ्दै निस्केको थिएँ । पानीमा रुझेरै म आफ्नो कोठासम्म आइपुगेँ । म कोठामा आउने र पानी बिदो हुने एकै चोटी प¥यो । इन्द्रेलाई मनमनै धन्यवाद भने मेरो इच्छा पूरा गरिदिएकोमा ।

No comments

@lonely_aananda. Powered by Blogger.