सानीको सम्झनामा भाग ३
म पीएन क्याम्पसमा पढ्ने बेला मान्छे निकै हावा थिएँ, न केहिको चिन्ता थियो मलाई न त कसैको डर । साथमा जस्ता साथीहरुको पनि संगत थियो, साथीहरु यस्ता थिए कि जसले परेको बेलामा ज्यान पनि दिन तयार हुन्थे । एक दिनको कुरा हो, म जतिबेला अध्ययनको अध्ययनको शिलशिलामा पोखरामा बस्ने गरेको थिएँ । कुनै एक अपरीच केटीको नामबाट स्ववियूमा मेरो नाममा पत्र आएको थियो । सायद त्यो पत्रमा लेखिएका शब्दहरु यौटा साथीको नाताले लेखिएका थिए । आनन्द म तपाईको निकै राम्रो फ्यान हुँ, तपाईँलाई नियमित रुपमा सुन्ने गरेको छु.......... पत्रमा यस्तै यस्तै कुराहरु उल्लेख गरिएका थिए ।
त्यस्ता पत्रहरुमा मेरो खासै ध्यान जाँदैनथ्यो, पत्र पढेर पछि उक्त पत्रलाई क्याम्पसको कम्पाउण्डको डीलबाट सेतीको किनारमा पुग्ने गरि फाल्दीएँ । मलाई यसरी पत्र पठाउने ब्यक्ति हाम्रै तहमा पढ्ने तर शिक्षा शङ्कायकी रहिछन् । उनी कुनै बेला फुर्सदमा हाम्रो कक्षामा आएर पढ्ने गरेकी मेरो नजिको साथीबाट थाहा पाएँ । उसको र मेरो भेटघाट र चिनजान पनि भयो मेरो साथी राजकै माध्यमबाट । मैले उसलाई साथीको स्थानबाट दायाँ बायाँ रुपमा देख्न चाहिनँ बस् एउटा असल साथीको रुपमा सँधै लिइरहेँ ।
यस्तैमा मेरो पोखराको अध्ययन सकिएपछि म काठमाण्डौतिर बरालिन थालेँ एक दिन मेरो सेलमा म्यासेज आयो आनन्द तपाईँ कता ? म छक्क परें नचिनेको नयाँ नम्बरबाट म्यासेज आएपछि । त्यो बेलामा मेरो एउटा खराब भनौं या असल बानी भनौं के थियो भने नचिनेको नम्बरबाट आफ्नो परिचय नखुलाई कुनै म्यासेज आएमा त्यसको जवाफ नफर्काउनु । पछि राजले फोन ग¥यो र उसको बारेमा भन्यो, ‘आनन्द तलाईँ त लक्ष्मी (नाम परिवर्तन) ले खुब सम्झीरहेकी छिन् नि ?’ सम्झेकी होली साथी न हो, के तैले मलाई सम्झिदैनस् र ? मैले राजलाई जवाफ फर्काएँ ।
मेरो यस्तो उत्तर सुनेर राज अवाक् भयो उ केहि बेर त कुनै बादल लागेको बेलामा हावाहुरी आएर पानी हराएको जस्तरी हरायो । मैले प्रसङ्ग मोड्दै भने भन् कति कामले फोन गरेको थिइस् अनि दिनहरु कसरी बतिउँदै छस् ? बस् यतिकै बस्दैछु, तेरो नियास्रो लागेर फोन गरेको भन्दै राजले फोन राख्यो । म काठमाण्डौ पुगेको केहि समयपछि राज पनि काठमाण्डौ पुग्यो उसले लक्ष्मीकोे बारेमा सबै कुराहरु मलाई भन्न थाल्यो । ‘तँलाई त लक्ष्मीले खुब मन पराउँदी रैछे, मसँग भेट हुँदा उसले नियमित रुपमा तेरो खबर लिने गरेकी हुन्छे’ राजले भन्यो, ‘तँ उसलाई खुब मन मन पर्छ रे, तलाई मन पराउने कुरा गर्दै थिई ।’
‘अरे छोड यार यो हाम्रो समय भनेको माया गरेर समय खेर फाल्ने समय होइन यार अझै उ त खास साथी किन यस्तो कुरामा विचार लगेकी छे, तैले राम्ररी उसलाई सम्झा है’ मैले राजलाई भनें । यतिकैमा हाम्रो आई एको रिजल्ट पनि आएछ, संयोगले भनौं या पढेकै भएर हो, पास भइएछ । यो परीक्षाको नतिजा आएपछि मैले पढाइको लागि पोखरा छोड्ने निर्णय गरें । पोखरा बसेर पढ्न थालियो भने मेरो पढाइ डिस्टर्भ हुने सम्भावना धेरै थियो, यसै कुरालाई आधार मान्दै म स्नातक पढ्ने भनेर पुनः काठमाण्डौ तिर नै छिरें ।
काठमाण्डौको धेरै कलेजहरुमा धाएँ, पासाङ ह्लामु, त्रिचन्द्र, मनमोहन, सरस्वती लगायतका कलेजहरुमा दुई महिना जति हल्लिएँ । यद्यपी काठमाण्डौको वातावरणका कारण त्यहाँ नपढ्ने मनसाय बनाएँ, पोखरा त्यति सफ र सुन्दर ठाउँमा बसेर पढेको मान्छे म अनि काठमाण्डौ किन मन पथ्र्यो र ? अन्ततः निर्णय बदल्दै म पढाइको लागि चितवन तिर सिफ्ट भएँ । चितवनको बसाईँ रमाइलै भइरहेको थियो, आफू त तराईकै मान्छे भएको भएर होला यहाँको गर्मीले खासै असर पार्दैन काठमाण्डौको प्रदुषण भन्दा यो गर्मी नै ठीक भन्ने मानसिकतामा म थिएँ ।
चितवन तिरै बसेर पढाइको बन्दोबस्त मिलाउन थालेँ । बिहानी समयमा कक्षा हुने भएको कारण दिनभरि बेकाम भइन्थ्यो, कहिले कता घुम्न गयो कहिले कता घुम्न गयो । जति सुकै हावा भएर डुलेपनि क्याम्पसमा हल्ला गरेर हिँडे पनि घरमा भने बेलुकाको समयमा एक डेढ घण्टा किताब हेर्ने गर्थेँ । पढाइ सुरु भएको तीन महिना पछि कलेज गएको भएर कोर्षहरु पनि निकै अगाडि बढिसकेको थियो । आधा भन्दा बढि कोर्ष त पढाइ भइसकेको रहेछ त्यो समयमा ।
कोर्ष निकै नै अगाडि बढेको भए पछि त कता कता हो पढाइ भएको केहि पनि पत्तो नहुने रैछ । साथीको सहायताले छुटेको पढाइलाई निरन्तरता दिएँ । मलाई सहयोग गर्ने साथी मध्येमा बागलुङकी एकजना साथी थिइन् जो अति सरल स्वभावकी र मिजासिलि थिइ । उसँग छोटो समयमा नै म नजिकीन पुगें । खै उसको साथमा हुँदा त अर्कै अनुभुति हुन थाल्यो यो मनमा, एक दिन उ कलेज नआएको अवस्थामा बिल्नु तरकारी खाएको जस्तो पो हुन थाल्यो मलाई त चितवनको बसाँर्इँमा । मलाई जुन कुरामा विश्वास लाग्दैनथ्यो त्यै कुरा भयो त्यो पनि एकोहोरो । मेरो मनको फिलिङ्स उसलाई भन्न सकिन मैले, कारण हामीबीच एउटा असल साथीको सम्बन्ध थियो, यस्तो कुराले हाम्रो सम्बन्धमा असर पुर्याउन सक्थ्यो ।
मैले उसलाई मन पराउने कुरा मेरो एकजना मिल्ने साथीसँग शेयर गरेको थिएँ, सुरुमा त उ पनि चुपचाप बसेको थियो । करीब एक वर्षपछि मैले जसलाई मन पराउँथे उसको बिवाहको कुरो छिनिएछ, संयोगले त्यै दिनमा साथीले उसलाई मेरो सबै कुरा बताइदियो । साथीको कुरा सुनेपछि उसले मलाई तुरुन्त फोन गरि र एक्कासी गाली पो गर्न थालि तिम्ले मनमा कुरा किन लुकाएर राख्यौ भनेर ? ‘तिम्ले मलाई मन पराएको कुरा मलाई नै भन्नु पर्थेन र ?’ उसले भनि ‘सायद तिमीले मलाई यो कुरा महिले नै बताएको भए मैले केही सोच्थें ।’ उसको कुरा सुनेर धेरै बेर म मौन बसेँ र वाक्य फुट्यो ‘हामी एक असल साथी तिमीलाई प्रेम प्रस्ताव राख्दा कतै हाम्रो सम्बन्धमा आँच आउँछ कि भनेर म चुपचाप बसेको हो ।’ उसको र मेरो पीडा एउटै रहेछ उसले भनेका कुराहरुबाट मलाई थाहा भयो ।
क्रमशः................
सानीको सम्झनामा भाग ४ चाँडै नै आउँछ प्रतिक्षा गर्नुहोला ।
सानीको सम्झनामा भाग - १ , सानीको सम्झनामा भाग - २
यि लिंकहरु हेर्नुहोला ।
Leave a Comment