ट्वीटर सम्वन्धी '१०' रोचक तथ्य



१)  माईक्रो व्लगिङ ट्वीटरको स्थापना सन् २००६ मा ज्याक डोर्षे (Jack Dorsey) ले गरेका हुन् । 

२) अडियो भिडियो सम्वन्धी काम गर्ने ओडियो (odeo) कम्पनीमा सञ्चार आदानप्रदान गर्ने उदेश्यले ट्वीटरको विकास गरिएको थियो ।  

३) ट्वीटरमा १४० अक्षरसम्म मात्र ट्वीट गर्न मिल्छ । त्यसैले यसलाई  ईन्टरनेटवाट पठाईने एसएमएस पनी भनिन्छ  । 

४)  अमेरिकाका जोसेप क्यासवेल (Joseph Caswell) ले एक मिनेटमा ६२  ट्वीट गरेर विश्व रेकर्ड राखेका छन् । क्यासवेल भन्दा पहिले अष्ट्रेलियाका माईकल विलसन (Michael Willson) ले एक मिनेटमा ४८ ट्वीट गर्दे रेकर्ड राखेका थिए । 

५)  फ्लोरिडाका जोन गार्डेनर (Jon Gardner) ले १ मिनेट ३८ दशमलव १३ सेकन्डमा १२६ फलोअरलाई एप्रुभ गर्दै विश्व रेकर्ड राखेका छन् । 

६) क्यालिफोर्नियाका टेलर होलिडे (Taylor Holiday)ले १३ दशमलव १ सेकेन्डमा "I"m trying to set a world record with @URDB and @powerbalance मोवाईलवाट लेख्दै छोटो समयमा ट्वीट गर्ने व्यक्तिको रुपमा विश्व रेकर्ड राखेका छन् । सप्टेम्वर ६, २०१० मा होलिडेले सो विश्व रेकर्ड राखेका थिए ।  

७)  भारतका डा. कृष्ण शर्माले एउटा ट्वीटमा “आमा” शव्दलाई ४० देशको भाषामा लेखेर विश्व रेकर्ड राखेका छन् । सन् २०१२ अगस्त २९ मा शर्माले विश्व रेकर्ड राख्न सफल भएका हुन् । 

८)  ट्वीटरमा सामान्यतया दिनमा ३४० मिलियन भन्दा वढी ट्वीट हुने गरेको छ । 

९)  ट्वीटरमा अनुमानित ५०० मिलियन भन्दा वढी प्रयोगकर्ता रहेका छन् ।  

१०)  ९ सय भन्दा वढी कर्मचारी कार्यरत ट्वीटर, विश्वमा हेरिने उत्कष्ठ दश साईटभित्र पर्दछ । 

यो रोचक तथ्य लिभिङ विथ आईसीटीमा प्रकाशित भईसकेको छ । 

No comments

@lonely_aananda. Powered by Blogger.