डाक्टर वाग्लेले हामीलाई पुकारी राखेका छन् ।

साँच्चै हामी नेपालीहरु ठूलो दिल भएका छौँ भनेर विश्वमा नै चिनिने गरेको छ । यसको कारण के पनि हो भने
कुनै पनि कुरामा सहयोग गर्नु प¥यो भने हामीहरुले दिल खोलेर सहयोग गरेका उदाहरणहरु थुप्रै रहेका छन् हाम्रो समु । बरु आफुलाई नभए नहोस् तर अरुको आवश्यकता परिपूर्तिमा नै रमाएका हुन्छौँ हामी नेपालीहरु
डाक्टर चित्रप्रसाद वाग्ले
। यो कुरालाई बिभिन्न समयमा घटेका घटनाक्रमले प्रमाणित गरेको छ । चाहे त्यो प्रसान्त तामाङलाई इन्डियन आइडल बनाउन होस् वा दिपक लिम्बुलाई नेपाली तारा बनाउन नै किन नहोस् । अनुराधा कोइरालालाई होस् या पुप्पा बस्नेतललाई सिएनएन हिरो बनाउनको लागि होस् । सबैकुरामा नेपालीहरुले सहयोग गरी रहेका छन् । अझै विश्वका विभिन्न देशहरुमा शान्ति स्थापनार्थ नेपाली सेनाको भुमिका नै किन नहोस् । उनीहरु भोक र तिर्खा सहेरै भए पनि दिन दुखिको सेवामा तत्पर रहेका छन् ।

हो आज पनि यस्तै सहयोगको खाँचो परेको छ, हामीले दिल खोलेर सहयोग गनुपर्ने दिन आएको छ । त्यो कसैलाई चर्चाको शिखरमा पु¥याउनको लागि होइन, हो त केवल एक जना सच्चरित्रवान् व्यक्तिको जिवन बँचाउनको लागि । जसले हजारौँ बिरामीको ज्यान बचाएका छन् र आफु बाँचेमा फेरि पनि हजारौँ नेपालीको ज्यान बचाउन जानेछन् जहाँ दुखि, गरीब तथा निरीह नेपाली जनता छन् । यतिबेला एकजना सच्चा, इमान्दार तथा कर्मठ व्यक्ति डाक्टर चित्रप्रसाद शर्मा वाग्ले क्यान्सर पिडीत भएर भारतको राजिव गान्धी मेमोरियल क्यान्सर अस्पतालको वेडमा जिवन र मरणसँग पैठे जोरि खेलेर बसिरहेका छन् ।

डाक्टर वाग्ले जो एकजना सरकारी डाक्टर भएर दुखि र गरीब जनताको सेवा गर्नको लागि दुर्गम गाउँमा गए । उनी त्यतिबेला देखि दुर्गममा गएर गाउँलेको सेवामा खटिएका थिए, जतिबेला देशमा माओवादी जनयुद्धको नाममा आतंक फैलाईएको थियो । त्यस्तो दुःखको सङ्गीन घडीमा पनि जनताको ज्यान बँचाउन तत्पर रहेका यि डाक्टर आज आफु बिरामी भएर उपचार गराउने क्रममा पैसा सकिएर मृत्युसँग लड्दै पुनः बाँचेर दिन दुखिको सेवामा लाग्न सक्ने आशामा संघर्ष गर्दैछन् । उनलाई न त सरकारले नै राम्रोसँग उपचार गरिदिएको छ न त कुनै निकाएबाट राम्रोसँग उनको औषधि उपचारको जिम्मा लिइएको छ । सायद द्वन्द्वकालमा डाक्टर वाग्ले जस्ता व्यक्ति औँलामा गन्न सकिन्थे होला, जसले माओवादी जनयुद्धको कुनै प्रवाह नगरि डाक्टर वाग्लेले जस्तै एउटा पहाडी तथा दुर्गम जिल्ला अर्घाखाँचीमा गएर जनतालाई निश्वार्थ सेवा गरेको होस् ।
डा. वाग्लेले सेवा गरेको अर्घाखाँचीको जिल्ला अस्पतालमा बिरामी र आफन्तहरु । तस्बिरः अर्घाखाँचीडटकम

डाक्टर वाग्ले जनताको सेवामा अनवरत रुपमा लागि रहँदा उनी आफै क्यान्सर जस्तो भयावह रोगको शिकार हुन पुगे । उपचारको क्रममा आफ्नो सम्पती पनि गुमाइसकेका छन् उनले । सायद उनले छलकपट गरेर जनतालाई धोका दिएर काम गरेको भए यसरी उनी जीवन र मरणको बिचमा छटपटाइ रहन्थेनन् होला किनकी उनीसँग मनग्य पैसा हुन्थ्यो औषधि उपचार गराउनकोलागि । तर उनले त्यस्तो गरेनन् र त नेपाल सरकारको तर्फबाट स्वास्थ्य मन्त्रालयले उत्कृष्ट सेवा गरेका चिकित्सक भनी घोÈणा पनि गरिएको थियो । तर उनै उत्कृष्ट सेवा गर्ने डाक्टरको विजोगको स्थिती छ अहिले । डाक्टर वाग्लेले आफु विरामी हुँदा पनि राज्यले खासै चासो नदेखाएको भन्दै एक दैनिक पत्रिकामा पत्र पठाउदै भनेका थिए, “माओवादी द्वन्द्वग्रस्त जिल्लामा बसेर लगातार १२ वर्ष काम गर्दा पत्तै नपाई मलाई क्यान्सर भएछ । क्यान्सरको औषधी निकै मह“ंगो छ । सरकारको नियमअनुसार पाउने रकमले दुई महिना पनि औषधी गर्न पुग्दैन । त्यसैले सरकारबाट थप सहयोगको आश गरेको छु ।” पत्रमा उनले अगाडि लेखेका छन्, “यदि राज्यले मेरो उपचारमा लाग्ने खर्च बेहोर्न नसक्ने हो भने कि मलाई गोली हानेर मारिदेओस्, कि देह त्याग्ने अनुमति देओस् । हैन भने म क्यान्सरको पीडा सहेर बा“च्न सक्दिन“ ।” डाक्टर वाग्लेले लेखेको पत्र पूरा पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
आजका कुन डाक्टर जान्छन् दुखिको उपचार गर्न ? जो हे¥यो सहर केन्द्रित भएर बस्न रुचाउँछन् र मनग्य आर्थिक आर्जन गर्न खोज्छन् । हाम्रो समाजमा डाक्टर वाग्ले जस्ता व्यक्ति भने पाउन मुस्किल छ अहिलेको यो समयमा डाक्टर वाग्लेको बारेमा एकजना स्थानिय व्यक्ति गणेश खनाल यस्तो भन्छन्, “डाक्टर वाग्ले एउटा सम्माननिय व्यक्ति हुनुहुन्छ यहाँको जनताको लागि जसले १२ वर्ष अगाडि देखि अर्घाखाँची जिल्ला अस्पतामा सेवा पु¥याउनु भएको थियो । उहाँले यो हस्पिटलको लागि धेरै काम गर्नुभएको छ १५ वेडको हस्पिटललाई ३२ बेडसम्म पु¥याउनु भयो । उहाँमा स्वार्थ भन्ने कुनै कुरा नै थिएन वाग्ले सयौँमा एक हुनुहुन्थ्यो जसले माओवादी द्वन्द्वकालमा पनि ग्रामीण क्षेत्रमा गएर जनताको सेवा गर्नुभयो ।”
डाक्टर वाग्लेको उपचारमा सारकारले त सहयोग गरेन गरेन, तर हामीले हाम्रा एकजना कर्तव्यनिष्ठ डाक्टरको उपचारार्थ सहयोग नगरि बस्नु के हाम्रो नैतिकताले दिन्छ ? पक्कै पनि यो हामी नेपालीहरुको नैतिकताले नदिने कुरा हो । यदि कथम् कदाचित् डाक्टर वाग्लेलाई हामीले सहयोग नगर्दै केही भइहाल्यो भने हामीलाई उनको आत्माले सराप्ने छ । हामीलाई शान्ति मिल्नेछैन, यो मानेमा शान्ति मिल्ने छैन कि, कसैलाई चर्चाको शिखरमा पु¥याउन अझै भन्दा इन्डियन आइडल बनाउनको लागि रातारात लाखौँ रुपैयाँ संकलन गरेर पनि हामीले दिने गरेका छौँ तर एक जना इमान्दार डाक्टरको उपचारका लागि हामीले सहयोगसम्म पनि गरेनौँ भने, के हामीले आरामको शास फेर्न पाउँछौँ त ? हामीलाई थाहा छ क्यान्सरको उपचारको लागि ठूलो रकमको आवश्यकता पर्दछ । अनि यो कुरा पनि हामीलाई थाहा छ कि थोपा थोपा मिलेर घडा भरिन्छ । अझै भन्नु पर्दा एक थुकी सुकी, हजार थुकी नदी भन्ने त हामीलाई थाहै छ । त्यसैले उठाऔँ हामीले हाम्रा कर्मठ हातहरु हाम्रा डाक्टर चित्रप्रसाद शर्मा वाग्लेको जिवन बँचाउनको लागि ।
राजिव गान्धी मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा रहनुभएका डा. वाग्ले । तस्बिरः डाक्टर वाग्लेको फेसबुकबाट
यहाँका उद्योगी व्यवसायीहरु पनि राजनीतिक दल र तिनीहरुको भातृ संगठनहरुलाई लाखौँ रूपैयाँ चन्दा दिन तत्पर हुन्छन् तर कसैको जिवन बँचाउनको लागि लागि परेको देखिँदैन । अहिले भरखरै मात्र हुन नसकेको स्ववियू निर्वाचनको लागि पनि व्यवसायीहरुले विद्यार्थी संगठनहरुलाई हजारौँ रूपैयाँ चन्दा दिएको कुरा हाम्रो सामु ताजै छ । यस कुराको प्रमाण मेरो सामु छ । यस्तो वहियात चन्दा दिन्छन् कि न त यो पैसा कुनै सिर्जनशिल कामको लागि लगानी हुन्छ न त उत्पादनशील कार्यको लागि । खर्च हुन्छ त केवल भोटहरु किन्नको लागि नयाँ विद्यार्थी भर्ना गर्न र भोज गर्नलाई । खै हाम्रो घैँटोमा घाम कहिले लाग्ने हो ? यस्ता अनुत्पादक कार्यको लागि हजारौँ चन्दा दिन तयार हुने उद्योगी महोदयहरुको लागि म के भन्न चाहान्छु भने के तपाइहरुले डाक्टर वाग्ले जस्ता समाजका गहनालाई बँचाउनको लागि विद्यार्थी संगठनहरुलाई दिएको रकम बराबर खर्च गर्न सक्नुहुन्छ ? अहँ सक्नुहुन्न किनकी डाक्टर वाग्ले तपाइको चिनजानको मान्छे नै होइन । विद्यार्थी संगठनलाई त चन्दा दिइएन भने भोलि उद्योग व्यवसाय नै तोडफोड हुन्छ तर वाग्ले मर्दैमा तपाइहरुलाई के नै हुन्छ र ? यो कुरा पनि याद गर्नुस् कि डाक्टर वाग्लेलाई केही भयो भने तपाइको ग्रहाक संख्या घट्ने पनि निश्चित छ ।
हामी नेपालीको जनसंख्या लगभग तीन करोड रहेको छ यो तीन करोड जनसंख्याले नै त सहयोग गर्न नसक्ला तर पनि यसको करिब २५ प्रतिशत जनसंख्या अर्थात् ७५ लाख जनसंख्याले त पक्कै पनि सहयोग गर्न सक्छन् । प्रत्येकले कम्तिमा पनि रू. १० को दरले सहयोग गर्ने हो भने पनि करिब करिब ७ करोड ५० लाख रूपैयाँ संकलन गर्न हामी सक्षम हुने थियौँ र डाक्टरको जिवन बँचाउन पनि हामीले सक्थ्यौँ । अहिले सहयोगी हातहरुको खाँचो छ डाक्टरलाई बँचाउनको लागि । हामीले डाक्टरलाई सहयोग गर्नको लागि उनको राष्ट्रिय वाणिज्य बैंकको भोटाहीटी शाखामा रहेको बैंक खाता नं. ‘१३६००३००५११०’ मा “डा. चित्रप्रसाद शर्मा वाग्ले र पुजा पराजुली बचत खाता”मा रकम जम्मा गर्न सकिने कुरा नेपाल मेडिकल एशोसिएसनले जनाएको थियो ।
आउनुहोस् सबैजना मिलेर डाक्टर वाग्लेलाई बचाउन लागि परौँ, डाक्टर वाग्लेलाई बचाउँनु भनेको उनी एक जनालाई मात्र बचाउँनु होइन अन्य हजार जना नेपालीलाई बचाउनु जस्तै हो । हामीले सोच्नु पर्ने बेला आएको छ हजार जनालाई मर्न दिने कि एक जनाको ज्यान बँचाएर हजारजनालाई मर्नबाट जोगाउने । निर्णय हामी नेपालीको हातमा ।

No comments

@lonely_aananda. Powered by Blogger.