रौनक ल्याउँदै माडी महोत्सव

अत्यन्तै सुगम जिल्लाको रुपमा परिचित चितवन जिल्लाका थुप्रै पिडा अनि वेदनाहरु रहेका छन् । यो जिल्लामा सुगम ठाउँहरु मात्र होइन अत्यन्त विकट र दुर्गम ठाउँहरु पनि छन् । ७६ औँ जिल्लाको रुपमा परिचित जिल्लाको दर्दनाक अवस्था पनि उस्तै छ ।
त्यस्तै सुगम भित्रको दुर्गम भनेर चिनिने माडी क्षेत्रमा अहिले भने केहि रौन छाएको पाउन सकिन्छ । प्रथम माडी महोत्सवको आयोजना गरेरै भए पनि त्यो ठाउँसम्म अन्य ठाउँका मान्छेलाई तान्न सफल भएको छ माडी ।
वर्षा याममा खोला बढेर ओहोर दोहोर गर्न समस्या हुने यस क्षेत्रमा अर्को प्रगति भर्खरै मात्र भएको छ रेवा खोलामा पुल हालेर । जसले माडीका बासिन्दालाई सदरमुकामसँग जोड्न ठूलो भूमिका खेलेको छ ।
अहिले माडीमा प्रथम माडी महोत्सव सञ्चालन हुँदै गरेको यो समयमा माडी समक्ष अवसर र चुनौति त्यतिकै छ । चुनौतिलाई पनि अवसरको रुपमा माडीवासीले लिन सके भने यो उनीहरुको महानता हुनेछ । जसरी पहिलो पटक महोत्सवको आयोजना गरेर आफुहरुलाई चिनाउन कम्मर कसेर लागि परेका छन् त्यसरी नै उनीहरुको यो एकता सधैँ माडीको विकासको लागि लाग्नेछ भन्ने पनि संकत देखिएको छ ।
यो माडीको लागि राम्रो संकेत पनि हो ।  महोत्सवले स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाहरुको प्रचार–प्रसार गर्न माडीवासीहरु उत्साह पूर्वक लागि परेका छन् । यसरी नै लागि परिराखेको खण्डमा उनीहरुको आर्थिक अवस्था पनि बलियो नहोला भन्न सकिदैन ।
जसरी बिहानीले दिनको सङ्केत गरेको हुन्छ, त्यसरी नै अहिलेको माडी महोत्सवले त्यस क्षेत्रको प्रकृतिक सौन्दर्यता र पर्यटनको विकासको शुभ सङ्केत देखाएको भान जो कोहीलाई पनि हुन्छ, त्यो माडी महोत्सव अवलोकन गर्न पुग्नेहरुलाई ।
त्यसैले पनि अहिले माडीवासीहरु आफ्नो ठाउँको प्रचार प्रसार गर्नलाई लागि परेका छन् । आ–आफ्नो क्षेत्रबाट आफूहरुलाई चिनाउनको लागि यसरी लागि परेका छन् कुनै घरमा उत्सव हुँदै छ ।

No comments

@lonely_aananda. Powered by Blogger.