सिक्किम रोए जस्तै गरी तिमीले मलाई नरुवाउनु

कविता

नेताहरुको ताल जस्तै तिम्रो माया जाल भयो,
किनार छुदै सुट्ट भाग्ने त्यही नदीको छाल भयो ।
दशगजा हराए झै आफ्नै मन कता लुक्यो,
टनकपुर दुखे जस्तै तिम्रो चालले मन दुख्यो ।।

बिखण्डीत यो मेरो माया सघिंयतामा टुक्राइ दियौ,
महेशपुर, सुस्ता लुटिए झै आत्मा शरिर छुट्याई दियौ ।
सगरमाथाको चोखो हिउँ झै माया दिदा शंका गर्छेउ,
विदेशीले खेलाए झै तिमी दोधारमा किन पर्छेउ ।।

लक्ष्मणपुरमा बाँध बाधे झै किन तिमीले मन बाँध्यौ,
झुट्टा भाषण छाटे सरि कि त तिमीले गफ छाँट्यौ ।
पराईले देश लुटे झै भन तिम्लाई कस्ले लुट्यौ ?
घुसखोरीको शिर झुके झै किन तिम्रो शिर झुक्यौ ?

नदी, पासपोर्ट बेचे सरि आफ्नो पनलाई बेच्दिन म,
राष्ट्रियता मर्ने गरी तिमीलाई केही गर भन्दिन म ।
सिक्किम रोए जस्तै गरी तिमीले मलाई नरुवाउनु,
झुटको जितमा वकिलले झै गिता मलाई नछुवाउनु ।।

No comments

@lonely_aananda. Powered by Blogger.