बन्दमा सुरक्षाकर्मीको संख्या अत्यधिक

नेकपा–माओवादी लगाएत ४२ दलले सरकारले चुनावको मिति तोकेको विरोधमा गरेको बन्द आंशिक रूपमा सफल भएको भनिएको छ । चितवनमा बन्दको प्रभाव नारायणगढ बजार र आसपासको क्षेत्रमा प¥यो । मुख्य सडक आसपासको क्षेत्रका पसलहरू दिउसो १ बजेसम्म बन्द गरिएको भएपनि त्यसपछिको समयमा भने फाट्ट फुट्ट रुपमा पसलहरु सञ्चालनमा आएका थिए । सडकमा बन्दकर्ताको उपस्थिती अत्यन्तै न्यून देखिएको भए पनि सुरक्षाकर्मीको उपस्थिती भने बाक्लो देख्न सकिन्थ्यो । बजार तथा सडक सुनसान देखिन्थ्यो । सडकमा केही संख्यामा मोटरसाइकल र एम्बुलेन्स बाहेक अन्य सवारी साधन देख्न सकिएको थिएन ।
कस्तो भयो त बन्द ?
अन्य दिनहरूमा नारायणगढ बजार क्षेत्रमा मानिस तथा यातायातका साधनहरू ठेलमठेल रुपमा हुने गर्दथे । तर आज बन्दको जानकारी पाएर होला बिहानैदेखि बजार क्षेत्र सुनसान थियो । सायद सुनसान नहोस् पनि किन ? बैद्य बाले जो बन्दको अह्वान गरेका थिए । बन्द गरिएन भने जंगली हात्तीको शैलीमा दुई चार जना कार्यकर्ताहरूको उपस्थितीले पनि पसल तथा सवारी साधनलाई तहस नहस गरिदिन्छन् । डर र त्रासका बिचमा पनि मोटरसाइकल भने सञ्चालमा आएको थियो, अन्य दिनको तुलनामा भन्दा कम नै किन नहोस् ।
बन्दमा सुनसान नारायणगढ बजार । तस्बीर : आनन्द ।

चोकमा रहेका दुई चार जना कार्यकर्ताले बन्दलाई सम्हालि रहेको थिए । यौटा झण्डा लियो अनि बन्द गर्न बस्यो मानेन भने ढुङ्गा वा जे पाउँछ त्यसैले आक्रमण ग¥यो कति रमाइलो ? यस्तो स्थितीको बाबजुत पनि जनताहरू आफ्नो जरूरी काम भएको भएरै त होला नि रिस्क लिँदै भए पनि मोटरसाइकल चलाउन बाध्य थिए ।  
नारायणगढको पुलचोकमा बन्द कर्ताहरु हातको औँलामा गन्न सकिने संख्यामा उपस्थित थिए । मैले गनेको बन्द कर्ता जम्मा ६ जना थिए, यताउती बसेकै भए पनि जम्मा जम्मी १० जना नै त थिए होला नि । त्यहाँ साउण्ड बक्सबाट पूराको पूरा क्रान्तिकारी पारामा गीतहरू बजाउँदै बसेको थिए ।
बन्दकर्ता भन्दा सुरक्षाकर्मीको उपस्थिती बाक्लो
आजको बन्दमा बन्द कर्ता भन्दा सुरक्षाकर्मीको उपस्थिती बाक्लो देखिएको थियो । पुलचोक कै कुरा गर्ने हो भने पनि बन्द कर्ता बढीमा १० जनाको संख्यामा थिए । तर सुरक्षाकर्मी भने लगभग त्यसको तीन गुणा बढी रहेका थिए । आँपटारीको शसस्त्र प्रहरी सिमा सुरक्षा बलका जवानहरु, जिल्ला बाट खटिएका नेपाल प्रहरी तथा वडाबाट खटीएको मोवाइल भ्यानका सुरक्षाकर्मीको संख्या जोड्ने हो भने ३० जना भन्दा बढी थिए ।
बन्दकर्ताहरूको उपस्थिती रहेको ठाउँमा शसस्त्र प्रहरीका जवानहरू । तस्बीर : आनन्द ।
बन्दका अन्य तस्बीरहरू हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

त्यत्रो संख्यामा सुरक्षाकर्मी किन परिचालन गरिएको हो ? मलाई आश्चर्य लाग्यो । कि बन्दलाई सफल बनाउनको लागि सरकारको तर्फबाट पठाइएको हो ? होइन भने जनताको जिउधनको सुरक्षा गर्न खटिने प्रहरीहरू जनताको सम्पती तोडफोड हुँदा किन मुकदर्शक भएर बस्छन् ?
बन्दका बारेमा के भन्छन् त सर्वसाधारण ?
बन्दको बारेमा जनताको राय बुझ्नको लागि केही बटुवा तथा स्थानीय ब्यक्तिहरुसँग “बन्द गर्नु उचित होला ?” भनेर प्रश्न गरेको थिएँ । उक्त प्रश्नको उत्तरमा एकजना व्यक्ति कृष्णबहादुर रोकायाले यस्तो भन्नु भयो, “सक्छौ भने जाउ सिंहदरबार घेर अनि चार दलका टाउकेहरुको घर घेर बेकारमा किन जनतालाई दुःख दिन बन्द गर्छौ ?”
सोही प्रश्नको उत्तरमा पार्बतीपुरबाट नारायणगढ आउनुभएका हरिबहादुर श्रेष्ठ यस्तो भन्नुहुन्छ, “बन्द गर्नु के को उचित हुन्थ्यो र बन्द गरेर समस्याको समाधान हुने भए नेपाल अहिले विश्वको सबैभन्दा धनी बन्नुपर्ने खोइ त ? बरु बन्द गर्नको साटोमा विकास निर्माणको काममा लाग्ने हो भने दलले जनताको मन जित्न सक्छन् ।”
सोही प्रश्नको उत्तरमा स्थानिय एक जना ब्यवसायी कञ्चनकुमार अग्रवाल भन्नुहुन्छ, “बन्दले गर्नु सबैभन्दा निन्दनीय कार्य हो । यसले जनताको आधारभुत आवश्यकतामाथि हनन गरेको छ र हामी जस्तो ब्यवसायी वर्गलाई ठुलो नोक्सान पु¥याउँछ, लगानी पलायन हुने सम्भावनाको वृद्धि गर्दछ । हाम्रो जिउ धनको सुरक्षा छैन अनि कसरी बैंकबाट ऋण लिएर सञ्चालन गरीएका व्यवसायहरू फस्टाउन सक्छन् र ?

No comments

@lonely_aananda. Powered by Blogger.