डलर खेतीमा अल्झेको नेपाली राजनीति

नेपालमा पहिलो पटक सम्पन्न भएको ऐतिहासिक संविधानसभाको निर्वाचन ०६४ पूर्ण रुपमा विफल भए पछि देशमा दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भइसकेको छ । पहिलो संविधानसभाको निर्वानमा पहिलो नम्बरमा रहेको एनेकपा माओवादी अर्को संविधानसभा निर्वाचनबाट तेस्रो स्थानमा पुगेको छ भने काँग्रेस र एमाले क्रमशः पहिलो र दोस्रो स्थानमा पुगेका छन् । वर्तमान समयमा यि दलहरुले जस्तो सुकै अवस्था आइपरे पनि नेपाली जनतालाई राम्रो संविधान दिनको लागि तयार रहनु पर्ने दिन हो ।
दलहरुले नेपालीलाई संविधान दिनुको त कुरै छोडौं एक अर्कालाई दोषारोपण गर्दै बसेका छन् । एमाओवादीले नेपाली काँग्रेसले आफूहरुलाई ५९ सालमा आतंककारी घोषणा गर्दै टाउकाको मूल्य तोकेको बताउँदै र अन्य वखडाहरु निकालेर रुष्ट बनेको छ भने माओवादीहरुले पनि देशलाई धर्म निरपेक्ष बनाउनको लागि डलर खेती गरेको आरोप लाग्न थालेको छ । घटना जे भएको भए पनि द्वन्द्वकालमा तत्कालिन माओवादीले आतंककारी गतिविधी गरेका कारण सरकार बाध्य भएर उनीहरुको टाउकाको मूल्य तोकेको थियो । 

हो त्यो बेलामा तत्कालीन काँग्रेस सरकारले माओवादी नेताहरुको टाउकाको मूल्य तोकेर गल्ती गरेको थियो, उतीबेला माओवादीका नेताका टाउकाको मूल्य तोक्ने काँग्रेसका दुई जना नेता वर्तमान सरकारमा पनि सामेल छन् । उ बेलाको सरकारको कार्यशैली प्रति नेकपा एमालेका तत्कालिन महासचिव माधवकुमार नेपालले विरोध गरेका थिए । तर डरल खेतीमा नेपालमा मानवअधिकारको वकालत गर्ने मानवअधिकारबादीहरु मौन रहेको हामी सबैलाई सर्व विधित नै छ । 
डलर खेती गर्ने नाममा कथित मानवअधिकारवादी भनौंदाहरुको खातामा विदेशबाट करोडौं डलर आउने गरेको खुलासा भैरहँदा देशमा अर्को थरि हल्ला पनि चल्न थालेको छ । नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गर्नको लागि जति एमाओवादीको भूमिका छ अरु दलहरुको छैन । तर देशलाई धर्म निरपेक्ष बनाउनको लागि माओवादीका नेताहरुले डलरको खेती गरेको भन्ने तथ्यहरु बाहिर आइरहेको छ । हुन पनि हो, नेपाल हिन्दू राष्ट्र भएको अवस्थामा के नै बिग्रीएको थियो र देशलाई धर्म निरपेक्ष घोषणा गर्नु परेको थियो । 
सिंगो नेपाल हुँदा देशलाई के कुरामा घाटा परेको थियो र ? जातीय आधारमा देशलाई टुक्रा पार्न विभिन्न प्रपञ्चहरु रच्दै जातीय नारालाई हतियार बनायो माओवादीले ? त्यसैले विदेशी संस्थाहरुले माओवादीलाई प्रयोग गर्दै मोटो रकम नेपालका माओवादीका नेताको खातामा हालेका कुरालाई नकार्न सकिदैन । माओवादीका नेताहरुले डलर खाए पचाए र डकार्न गाह्रो भएपछि धर्म निरपेक्ष राज्य, र जातीयताको मुद्दा उठाएर देशलाई विखण्डीत बनाउन तर्फ लागि परे । 
विश्वमा एउटा मात्र हिन्दू राज्य रहेको देशलाई पनि धर्म निरपेक्ष गराएरै छोडे डलर खाएकाहरुले । सायद उनीहरुले डलरको सोझो पनि गरेका होलान् तर जातीय राज्यको नारा उठाएर देशलाई विखण्डन तर्फ लैजान खोज्दा भने नेपाली जनतालो दह्रो झापड दिए माअ‍ोवादीलाई । आखिर माओवादीले अरुलाई डलरको खेती गर्यो भन्न छोडेर आफूहरुले देशलाई धर्म निरपेक्ष गराउने भनेर कति खाइयो भन्ने कुराको हिसाव गर्न तर्फ लाग्दा राम्रो हुन्थ्यो । ‘विश्वका कतिपय मुलुकहरु मुस्लिम राष्ट्र हुन सक्छ भने नेपाल हिन्दू राष्ट्र किन हुन सक्दैन ?’ के यसको जवाफ छ माओवादीका नेताहरुसँग ?
अहिले धर्म निरपेक्षताको फाइदा उठाउँदै क्रिश्चियन धर्मले धर्मको परिवर्तन गराउन भन्दै सोझा साझा जनतालाई डलरको प्रलोभनमा पार्दै धर्म परिवर्तन गराइरहेका छन् । हिन्दू, बौद्ध धर्म छोडेर क्रिश्चियन भएकाहरुसँग तपाईँहरुले किन धर्म परिवर्तन गर्नुभयो भनेर मैले जिज्ञासा राख्दा उनीहरुको जवाफ थियो, –‘हामीहरुले क्रिश्चियन धर्म मान्दा हामीलाई उनीहरुले आर्थिक लगायत धेरै क्षेत्रमा सहयोग गर्ने भनेर वचन दिएका छन् ।’ यसरी डलरको प्रलोभन देखाएर विदेशीहरुले धर्म परिवर्तन गराउँदै जाँदा भविश्यमा नेपालमा हिन्दूहरु अल्पसंख्यकमा पर्न सक्छन् । यस तर्फ कसैले ध्यान दिएको छ ? 
उता आधा ललितपुरका मालिक रहेका मानवअधिकारवादीले पनि कृष्णप्रसाद अधिकारीको मुद्दालाई ब्यूँताउँदै करोडौं डलर खेती गरेका कुरा बाहिर आउँदै छ । उनले चितवनमा आएर पनि विभिन्न समयमा खुलेरै आरोपीतहरुलाई हत्यारा भएको बताउँदै उनीहरुलाई सरकारले कारवाही गर्नुपर्ने बताइरहेका थिए । त्यतिबेला कनकमणि बोलेका थिएनन् त्यो बोली त उनले गरेको डलर खेती बोलेको थियो । काठमाण्डौमा दीक्षितले खाना खाएको भए पनि डकार भने स्वीस बैंकबाट आएको डरलको गरेका थिए । चितवनका मानवअधिकारवादीहरुले पनि दीक्षितलाई डलरवादी भनेर भनेका थिए । उनीहरुले दीक्षितलाई भनेको शब्दहरु मसँग अहिले पनि सुरक्षित छन् । 
कृष्णप्रसादको मुद्दालाई जुनसुकै हालतमा ब्यूँताएर भए पनि माओवादीलाई सिध्याउन तर्फ उद्दत रहेका दीक्षित बाको केहि पनि शिप नचल्ला जस्तो लागिसकेको छ । अधिकारी दम्पतीलाई अनसनमा बसाएर उनकै छोरा नुरप्रसादले पनि डलरको खेती गरिरहेका छन्, यस घटनालाई कनकमणिले प्रश्रय दिएका छन् । कनकमणि जसरी हुन्छ माओवादीप्रति खनिएका छन् भने यसमा उनले आफ्ना अन्य सहयोगिहरुलाई पनि साथमा लिएर हिँडेका छन् । 
हो गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको आज भन्दा करिव नौ वर्ष अगाडि ६१ जेठ २४ गते चितवनको रत्ननगर नगरपालिकामा रहेको बकुलहरमा हत्या गरिएको थियो । अधिकारीले आफ्नो प्रवेशिका परीक्षा सकेर बुढा रहेका हजुरबुवा हजुरआमालाई भेट्न आउँदा उनी अपहरणमा परेका थिए । उनलाई तत्कालिन माओवादीका स्पेशल टास्क फोर्स (एसटीएफ)का कार्यकर्ताले हत्या गरेको भन्ने कुरा बाहिर आएको छ । हत्या जसले गरेको भए पनि हत्यारालाई कारवाही हुनुपर्छ, उनीहरुलाई न्यायीक हिरासतमा राखिनु पर्छ । यस कार्यमा माओवादीले पनि सघाएर फौजदारी मुद्दालाई सत्य निरुपण आयोगको ढ्वाङ फुक्ने काम गर्नु हुँदैन । 
जहाँ जे काम गर्दा पनि डलरको गन्द आउन थालेको छ अचेल । यसरी डलरमुखी भएर देशका नेताहरु लागि परे भने देशको उन्नती कहिले हुने ? देशको विकास कसरी हुन्छ ? के समयमा नै उनीहरुले हामीलाई संविधान दिन्छन् त ? यदि अहिले संविधानसभामा रहेका छ सय एकले माघ आठमा संविधान दिन सकेनन् भने उनीहरुलाई हामीले सामुहिक बहिस्कार गर्न पाउने कि नपाउने ? यहाँ निर गम्भीर प्रश्न खडा हुन्छ ।  

2 comments

Radhika Panta said...

डलर खेति सम्बन्धी याे लेख सतही छ र चलनमा रहेकाे सामान्य विवरणमा अाधारित छ। जातीय राज्यका लागि कसरी डलर अाएकाे थियाे भन्ने राजकुमार लेखीले खुलासा गर्ने गरेका छन र उहा जातीय राज्य विराेधी हाे। मिडियाले भने उहालाइ जातीय राज्य पक्षधर भनेर पर्चार गरेकाे थियाे।

इसाइ धर्म पर्चार बारे नेपाली मिडिया बेखबर छ र हावादारी कुरा अाउने गरेकाे छ। इसाइ बन्न पैसा दिदैन र इसाइ धर्म पर्चारकाे तरिका बेग्लै छ। याे विषयमा मैले सामान्य रिसर्च पनि गरेकाे थिए।
डलर खेती सम्बन्धी केही उदाहरण राम्राे लेख्नुभयाे तर कतिपय अतिरञ्जना छ कराेडाै डलर खातामा सजिलै अाउदैन। तथ्यपूणृ कुरालाइ पारथमिकता दिनुपर्छ।

समग्रमा याे लेख राम्राे छ।

आनन्द पोखरेल said...

राधिकाजी सकारात्मक प्रतिकृयाको लागि धन्यवाद । अर्को लेखमा यस लेखलाई केहि गहिराइ दिने प्रयत्न गर्ने छु । इशाइ धर्म र प्रचारको बारेमा मैले पनि चितवनको पहाडी गाउँमा गएर बुझ्ने अवसर पाएको थिएँ । मसँग यस धर्मको प्रचारको लागि मान्छेलाई कसरी प्रलोभनमा पारिन्छ भन्ने पर्याप्त जानकारी छन् तिनीहरुलाई आधार बनाएर एउटा फिचर बनाउने छु । धन्यवाद ।।

@lonely_aananda. Powered by Blogger.