मेरो पत्रको जवाफ

यात्रा निकै लामो छ जिन्दगीको । एक्लै थिएँ सधैँ म आफ्नो सुख अनी दुःखमा । अनी चुनौतिसँग जुध्दै म मुस्काउँदै अघी बड्दै थिएँ । हो खुसी नै थिएँ म, एक्लै भएर पनि । तर जिन्दगीमा जुन पूर्णताको आवस्यक थियो त्यो भने पक्कै थिएनौ । औँसीको रातको पनि एउटा छुट्टै महत्व होला नि ? तर जून सहितको आकासको रौनक नै छुट्टै हुन्छ ।

हो मेरो एक्लो जिन्दगी पनि रमाईलै थियो । तर स्मरण रहोस् आँैसीको रात झैँ अन्धकार भने थिएन । तिम्रो आगमनले पक्कै पूर्णिमाको रातको रौनक भरिदिएको छ जिन्दगीमा । धन्यबाद तिमीलाई । सोचेकी थिएँ अरु सामान्य साथीहरु झैँ आउछौ तिमी, कुनै समयसम्म सँगै हुन्छौँ, अनी निश्चित मोडमा पुगेर छुटिन्छौं हामी, पत्तै थिएन मलाई त तर भावीको खेल अचम्मको हुने रहेछ ।

उस्ले त मलाई सधैँको लागि तिम्रो जिन्दगीमा लगेर ठोक्काउने खेल रच्दै रहेछ । म त कहिले ठोक्केर नि घाइते भाईसकेकी रहेछु खोइ ? पत्तै भएन मलाई । तर पिडा भने रत्ती भरको थिएन, कारण अझै मुस्काउने बाहाना पो पाएँ मैले ।

मिठा कुरा गरेर तिमीलाई फसाउँ भने शब्दले निकै धोका दिन्छ मलाई, जब मैले भन्न खोजेको शब्दको आबस्यक्ता पर्छ, अहँ कहिले मेरो साथमा हुँदैन त्यो शब्द पनि । अनि भेट भएको बेलामा मिठा मिठा केही कुरा गरेर तिमीलाई मनको कुरा भन्ने कती धोको हुन्छ । फोन गर्नु अगाडि एस्तो भन्छु र उस्तो भन्छु भनेर सोचिरहेकी हुन्छु, धोकेबाज ‘शब्दहरु’ तिम्रो स्वोर सुनेर शायद घायल हुन्छ, तिम्रो सामु निसब्द हुन्छु, थाहा छैन किन हो ? तर तिमीले बुझ्नु, मेरो मौनतामा खोज्नु, मेरा यि आ“खामा तिम्रो हरेक प्रश्नको उत्तरहरु मेरो मौनता र तिमी सजिएको यि नयनहरुले दिन्छन् । हरपल भनिरहेको हुन्छ यि नयनहरुले कि म तिमीलाई कती माया गर्छु ।

तिम्रो प्रेम त मेरो जिन्दगीमा येति मज्जाले फस्टायो कि, हो त्येसलाई मलजलको समेत कहिल्यै आबश्यक्ता परेन, निरन्तर त्यो दुबो सहित फैलियो । हो ! त्येसमा मेरो साथ सधैं तिमीस“गै थियो । हाम्रो सम्बन्ध त निकै माथिको हो वाचा अनी बन्धनले म हाम्रो सम्बन्धलाई बाँध्न चाहान्न । तिम्रो पवित्र र निश्छल माया बाहेक अरु केही अपेक्षा सम्म पनि गर्दिन म । मेरो लागि त तिम्रो प्रेम नै बहुमुल्य गहना हो । यो गहनाले जिन्दगी भरी मेरो मनलाई सजाएर राख्नु है ?

तिम्रो अन्धकार जिन्दगीमा दियो बनेर उज्यालो ज्योती छर्न चाहन्छु म । त्यही पल भय पलाउछ मनमा, कतै हावा हुरीले दियोको ज्योति त बुताउँदैन ? तिम्रो खुसीमा मुस्कान बन्न चाहान्छु म । बस त्यही पल सोच्छु कतै भावीको खेलले हामीलाई हार तिर त मोड्दैन ? जिन्दगी कहाँ सधैँ सोचे जस्तै हुन्छ र सानु ? तर सम्झनु समय अनि परिस्थितिले साथ दिने बेलासम्म म सधैँभरी तिम्रो साथमा हुन्छु । समय जाली बनेर हामीलाई छुटाउने जाल बुन्यो भने पनि नभुल्नु मेरो माया सधैंभरी तिमीसँगै हुनेछ ।

तिमीलाई अरु त के भन्नु पर्छ र ? तिमीले मलाई म आफुले भन्दा धेरै बुझ्छौ, जसरी मलाई बुझेका छौ त्यसरी नै मेरो मनको कुरा पनि बुझ ल ? मेरो अघाध प्रेम सधैंभरी तिम्रोलागि । मेरो जिवन तिमीलाई नै समर्पण गरेकी छु । यसलाई सम्हाल्छौ या त अन्धकारतिर धकेल्छौ तिम्रो खुसी ।



तिम्री प्यारी मान्छे 
@lonely_aananda. Powered by Blogger.