मोन्सान्टो के हो र यो कसरी नेपालमा छिर्ने योजनामा थियो ।

परिचय
नेपाल जैविक विविधताले धनी देश मानिन्छ र वर्षौँदेखि कृषि नै नेपालीको मुख्य पेशा रहि आएको छ । झण्डै ७० प्रतिशत नेपालीको प्रमुख पेशा नै खेती किसानी रहदै आएको छ । तर, बहुसङ्ख्यक नेपालीको पेशालाई त्यसबाट फाइदा दिलाउँदै कृषि माफियाहरु बिगतदेखि नै नेपालमा सक्रिय रहँदै आएका छन् । यसैको एक कडीको रुपमा अहिले बहुचर्चित बनेको चौधरी ग्रुपको सिजी सिड्स प्रकरण पनि एक हो ।

नेपथ्यमा मोन्सान्टो विगत लामो समयदेखि सक्रिय रहँदै आएको विभिन्न तथ्यहरु बाहिर आउँदै गरेको छ । तर, खुल्ला रुपमा नेपालकै ठूलो व्यापारीक घरानालाई नै हातमा लिँदै ठूलो हस्तक्षेत्रका साथ नेपाल छिर्ने दाउमा थियो मोन्सान्टो कम्पनी । पछिल्लो समयमा नेपालका आम सञ्चारमा केहि विरोध र केहि साइट र समाजिक सञ्जाल मार्फत मोन्सान्टोको व्यापक विरोध भएपछि सिजी आफ्नो निर्णय परिवर्तन गर्थ बाध्य भएको थियो । 
विश्वमा नै किसानमाराको रुपमा कुख्याती कमाएको मोन्सान्टो नामक बहुराष्ट्रिय कम्पनीको त्रास अझै समाप्त भई सकेको छैन । मोन्सान्टो लगायत विभिन्न किसानमारा कृषि
माफियाहरुको गलत दृष्टिकोण अझै पनि नेपालमा रहँदै आएको छ । त्यसको विरुद्ध र हाम्रो जैविक विविधताको संरक्षणका लागि हामी सम्पूर्ण सरोकारवालाहरुको दृढ सङ्कल्पको आवश्यकता भएको छ । केहि हप्ता अगाडि मोन्सान्टोको विउ नेपालका विक्री वितरण गर्न सिजी सिड्सले नेपालको लोकप्रिय भनिने पत्रिका कान्तिपुरमा विज्ञापन समेत गरेको थियो ।
कान्तिपुरमा गरिएको विज्ञापनको आधारमा सिजीले मोन्सान्टोको मकै नेपाल भित्र्याउने निश्चित भैसकेपछि अनलाईन मिडिया माइ संसार र एकाध स्थानीय सञ्चारमाध्यम र ट्वीटर र फेरबुक लगायतका सामाजिक सञ्जालहरुमा यसको व्यापक विरोध गरियो । चौधरी ग्रुपले नेपाल भित्राउन खोजेको मोन्सान्टोको विरुद्धमा नलेखुन् भनेर राष्ट्रिय मिडियाका केहि हस्तिहरुलाई चितवनको सौराहामा दुई दिनसम्म ल्याएर राखेको हल्ला पनि अन स्कृनमा प्रष्ट छ । चौधरीले वर्षै पिच्छे राष्ट्रिय मिडीयाका केहि हस्तिहरुलाई वर्षेनी ब्राण्डेड जिन्सी सामान पनि वितरण गर्ने गरेको यदा कदा हल्ला आइरहेको हुन्छ । 
चौधरी ग्रुपले तीन पटकसम्म मोन्सान्टो बेच्नको लागि आफ्नो बचाउ जारी राख्यो । मोन्सान्टोको विरुद्धमा नेपालीहरुले विरोध जनाएपछि उसले दुई पटकसम्म प्रेस विज्ञाप्ती जारी गर्दै बचाउ गरेको थियो भने तेस्रो पटकमा पत्रकार सम्मेलन गरेर आफ्नो निर्णबाट पछि हटेको जानकारी गराएको थियो । मोन्सान्टो र सिजी सिड्स विरुद्ध कुराहरु हुन थालेपछि पहिलो विज्ञप्ती निकाल्दै चौधरी ग्रुपले भनेको थियो,– ‘यो जिएमओ प्रविधिको विउ होइन, त्यसैले नेपाली किसानहरु आतिनु पर्दैन ।’ सचेत बन्दै गएका नागरिकले यो कुरा स्विकार गरेनन् फेरि दास्रो पटक प्रेस विज्ञाप्ती जारी ग¥यो चौधरी ग्रुपले, – ‘हामीसँग पुरानो विउ स्टक रहेको छ यसैलाई सकाउनको लागि विज्ञापन गरेका हौँ ।’ 
यो विज्ञप्तीबाट नेपालीहरु झन् आक्रोशित भयो र चौधरीले केन्द्रमा पत्रकार सम्मेलन नै गर्न बाध्य भयो । पत्रकार सम्मेनबाट आफुहरु मोन्सान्टो नेपाल नभित्र्याउने पक्षमा रहेको बताउँदै मोन्सान्टोसँगको सम्झौता दुई वर्ष अगाडि नै सकिएको बतायो । साथै अबका दिनमा नेपाली किसानको अहितमा कुनै पनि विउ विजन नेपालमा नभित्राउने प्रतिवद्धता समेत ग¥यो । 
मोन्सान्टो के हो ?
मोन्सान्टो भनेको कृषिका विउ विजन उत्पादन गर्ने अमेरिकी बहुराष्ट्रिय कम्पनी हो । यो हल्लामा आएको जस्तो मकैको जातको नाम भने होइन । मोन्सान्टो कम्पनीले दशर्कौँ अगाडिदेखि मकै, कपास, भटमास, धान लगायतका प्रमुख बालीहरुको केही अनुवांश परिवर्तित जात –जिएमओ) निकाल्ने गरेको छ । मोन्सान्टो कम्पनी विश्व कृषि व्यापारको क्षेत्रमा एउटा कुख्यात किसानमारा संस्था हो भन्ने ठम्याई आम विश्वको रहेको छ । 
मोन्सान्टोको गलत हर्कतका कारण पछिल्लो समयमा फ्रान्स, जर्मन, ग्रीस, अष्ट्रिया लगायतका युरोपियन देशहरुका साथै जापान लगायतका देशहरुमा मोन्सान्टो कम्पनीका कुनै पनि विउ विजनमा प्रतिवन्ध गरिएको छ । भारतमा मोन्सान्टो कम्पनीका कारण त्यहाँका लाखौँ किसानहरुले आत्माहत्या गर्न बाध्य भएका थिए । हाल भारतले पनि मोन्सान्टोको कडा रवैया विरुद्ध प्रतिवन्ध लगाउने तयारी गर्दै गरेको छ । 
विउहरुको प्राकृतिक अनुवांशमा हेरफेर गरि अप्राकृति तवरबाट नयाँ विउको उत्पदन गर्नु मोन्सान्टो कम्पनीको विशेषता भएको विज्ञहरुले बताउँछन् । मोन्सान्टो अनुवांशमा  हेरफेपर गरेर उत्पादित सो विउहरुबाट खेत बारीमा उत्पादन धेरै हुने, किरा तथा झारको लागि किटनाशक विषादि प्रयोग नै गर्नु नपर्ने लगायतका भ्रमहरु आम किसानमा पार्ने गरिएको छ । विभिन्न किसीमका भ्रामक कुराहरु बाहिर ल्याएर मोन्सान्टोले किसानहरुलाई विउमा पर निर्भर बनाउने र त्यसबाट नाफा लिने योजना बनाएको रामपुर कृषि क्याम्पसका सह–प्रध्यापक डाक्टर कृष्ण काफ्लेले बताउनुभयो । 


क्रमशः .............. निरन्तर अपडेटमा रहनेछु

No comments

@lonely_aananda. Powered by Blogger.