मोन्सान्टोको विरोध किन ?
मोन्सान्टोको विरोध किन गरियो ?
करिव दुई वर्ष अगाडि विसं. २०६८ मा मोन्सान्टो कम्पनीको मकैको जिएमओ विउ लगाउनको लागि नेपालको तीन जिल्लालाई छनौट गरिएको थियो । मोन्सान्टो परिक्षणको लागि छनौटमा परेका जिल्लाहरुमा नवलपरासी, चितवन र काभ्रे रहेका छन् । नवलपारासीको गैँडाकोटमा त तत्कालिन समयमा मोन्सान्टो कम्पनीको मकै व्यवसायिक रुपमा नै लगाइएको थियो ।
अन्य हाइव्रिड कम्पनीको मकैका विउहरुलाई भन्दा स्याहार बढी पु¥याउनु पर्ने, समय मिलाएर ठिक समयमा मलजल गर्नु पर्ने मोन्सान्टोको
विशेषता रहेको छ । मोन्सान्टो कम्पनीको मकैको विउले अन्य मकैको विउले दिने उत्पादन भन्दा दुई गुणा बढी उत्पादन दिए पनि यसका धेरै नै वेफाइदा रहेको छ । गैँडाकोटमा दुई वर्ष अगाडि मोन्सान्टोको मकै लगायका किसान विजय सपकोटा भन्छन्,– ‘गैँडाकोटमा अन्य जातको मकैको विउ लगाउने हो भने वर्षमा तीन बाली उत्पादन दिन्छ तर मोन्सान्टोले एक बाली मात्रै उत्पादन दिने रहेछ ।’
विशेषता रहेको छ । मोन्सान्टो कम्पनीको मकैको विउले अन्य मकैको विउले दिने उत्पादन भन्दा दुई गुणा बढी उत्पादन दिए पनि यसका धेरै नै वेफाइदा रहेको छ । गैँडाकोटमा दुई वर्ष अगाडि मोन्सान्टोको मकै लगायका किसान विजय सपकोटा भन्छन्,– ‘गैँडाकोटमा अन्य जातको मकैको विउ लगाउने हो भने वर्षमा तीन बाली उत्पादन दिन्छ तर मोन्सान्टोले एक बाली मात्रै उत्पादन दिने रहेछ ।’
वर्षमा एक वाली मात्रै मकै लगाएर दोब्बर उब्जानी धेरै भयो कि तीन बाली मकै लगाउँदा आउने तीन गुण अन्न धेरै भयो ? निश्चय नै तीन बाली उत्पादन हुने मकैको विउले उत्पादन बढाउँछ । मोन्सान्टो जातको मकैको विउ लगाउँदा हावापानीमा थोरै उतार चढाव आयो भने पनि मकैको घोगा लाग्ने तर दाना नलाग्ने समस्या ६८ सालमा किसानहरुले गरेको आन्दोलनबाट पनि प्रष्ट हुन्छ ।
अमेरिकाले विश्वलाई आफ्नो नियन्त्रणमा पार्नको लागि परमाणुबाट असफल भएपछि जिएमओ गरेको विउ उत्पादन गर्न थालेको जानकारहरु बताउँछन् । जिएमओ प्रविधिबाट बनाइएको विउले उत्पादन त दिन्छ र तर त्यहि विउले पुनः उत्पादन दिन सक्दैन । दुई चार वर्ष जिएमओ गरेर लगाइएको विउ लगाउने हो भने स्थानीय जातका मकैको विउको खडेरी लाग्ने तिब्र सम्भावना हुन्छ ।
जिएमओ प्रविधी भनेको कुनै पनि जिव जन्तुमा नयाँ जिनक (अनुवांश)को मिश्रण गरेर बनाइने प्रविधि हो । यसलाई सरल रुपमा बुझ्नको लागि कुनै व्यक्तिमा जिएमओ प्रविधिबाट गर्भाधान गराएर इच्छाअनुसारको सन्तान जन्माउन सकिन्छ तर त्यो जन्मेको सन्तानबाट कुनै सन्तानको अपेक्षा नगर्दा हुन्छ । कारण उसको प्रजनन शक्ति नै हुँदैन र उसले सन्तान जन्माउन सक्दैन । सन्तान चाहियो भने अरुको भरमा बस्नु पर्छ । ठिक त्यस्तै हो मोन्सान्टो ।
हाइव्रिड र जिएमओ के हो ?
हाइव्रिड जात भनेको स्थानीय जातहरुको सम्मश्रणबाट तयार पारिएको नयाँ प्रजाति हो त्यसमा आफ्नो वंश कायम नै रहेको हुन्छ । तर जिएमओ भनेको पुरानो विउलाई वंश नै परिवर्तन गरि अन्य वस्तुहरुको जिन ल्याएर मिसाएर उत्पादन गरिने प्रकृया हो । हाइब्रीड जातमा स्थानीय र आफ्नै वंशका वस्तुहरुको सम्मश्रण गरेर उत्पादन गरिने गरिन्छ यसको ज्वलन्त उदाहरण रामपुर कृषि क्याम्पसको मकैबाली अनुसन्धान केन्द्रमा देख्न सकिन्छ ।
जिएमओ प्रविधि भनेको नितान्त अप्राकृतिक वस्तुहरुको फ्युजनबाट गरिने प्रकृया हो । जिएओ प्रविधिबाट तयार पारिएको वस्तुले एक पटक मात्रै उत्पादन दिने गर्दछ । जिएमओ प्रविधिबाट तयार पारिएको विउ बेच्नको लागि मोन्सान्टो पछि अर्को कम्पनी पनि सक्रिय रुपमा लाग्न थालेको छ । ‘सिन्जान्टा’ भन्ने कम्पनीले पनि विश्व वजारमा जिएमओ प्रविधिबाट उत्पादन गरिएको विउ विजन अन्तराष्ट्रिय बजारमा पठाउँदै आएको छ ।
नागरिक यहाँ निर के सचेत हुनु जरुरी छ किन भने मोन्सान्टोको मात्रै विरोध होइन हामीले जिएमओ प्रविधिबाट तयार पारिएको सम्पूर्ण वस्तुको विरोध गर्नु पर्छ । जिएमओ प्रविधिबाट उत्पादन गरिएका विउ विजनले हामीलाई परनिर्भरता तर्फ धकेलिरहेको हुन्छ । रेमिट्यान्स मार्फत देशमा भित्रिएको अर्थ पुनः विउको लागि भन्दै उतै फिर्ता पठाउनु पर्ने बाध्यता हाम्रो सामु नहरला भन्न सकिने अवस्था छैन ।
जिएमओ प्रविधिबाट तयार पारीएको विउ विजन लगाउँदा विउ माथीको पर निर्भरता त बढेर जान्छ नै साथमा उक्त विउको लागि चाहिने किटनाशक औषधी लगायत मलहरु पनि त्यही कम्पनीको प्रयोग गर्नु पर्ने बाध्यता आउँछ । जिएमओको जिन भित्र एक प्रकारको व्याक्टेरीया प्रवेश गराइएको हुन्छ जुन व्याक्टेरीयाको कारण अन्य कम्पनीको किटनाशक तथा मल प्रयोग गरिएमा उत्पादन हुँदैन ।
अर्गानिक मापदण्ड बनाइएका देशमा जिएमओ प्रविधिबाट उत्पादन गरिएका विउ विजनहरु प्रतिवन्ध गरीएको छ । तर नेपालले अर्गानिक कृषिको अवधारणा ल्याएको भए पनि अर्गानिक कृषि खेति गरिने नवलपरासी र चितवनमा नै परिक्षणको लागि जिएमओ बाट तयार पारिएको मकैको विउ भित्राउन सहमति भएको छ । नेपालमा सिजी सिड्सले जिएमओ गरेको मोन्सान्टो कम्पनीको विउ नभित्राए पनि अन्य कुनै संस्थाले भित्राउनलाई कानुनी बाटो खुल्ला छ ।
सरकारलाई निरन्तर दवाव दिएर जिएमओ प्रविधिको प्रतिवन्ध लगाउन माग गर्नु पर्छ । जसको कारण जनता र नेपालको अर्थतन्त्र सुरक्षित रहन सकुन् । जिएमओ प्रविधि कुनै पनि तवरबाट नेपालमा भित्राइयो भने भारतिय किसानको हालत नेपालमा पनि नहोला भन्न सकिने अवस्था छैन ।
Leave a Comment