सानीको सम्झनामा भाग ४

उसको विवाहको कुरा छिनिएपछि अब चाहेर पनि केहि हुन नसक्ने भएपछि मैले उसलाई सम्झाउन थालेँ ‘अब जे भयो छोड नयाँ जीवन तर्फ सोच तिमीलाई शुभकामना छ नयाँ जीवनको ।’ फोनमा करिव एक घण्टाको कुराकानी पछि हामीले फोन काट्यौँ । उसको दाइ र म एकदमै मिल्ने साथी पनि थियौँ सयद उसको दाइलाई हाम्रो बारेमा केहि पनि थाहा थिएन । दाइ चैँ ले बहिनीको बिहेमा निम्ता गर्यो, साथीको विवाह हुँदैछ, नजाउँ पनि कसरी ? गएँ मन गह्रुङ्गो बनाएर उसको विवाहमा ।
उसको परिवारसँग मेरो पहिलो भेट थियो उसको विवाह । गएँ सबैसँग भेटघाट भयो साथीको घर राम्रै सत्कार भयो सायद एक हप्ता पाहुना बनेर बसेँ म उसको गाउँमा । राम्रै घर पाएकी रैछे, अमेरिकी ग्रिनकार्ड होल्डर पति पाइछे । घरमा पुगेपछि दाइले भनेर बल्ल थाहा पाएँ । विवाहको दिन आयो, पहाडको ठाउँमा क्याटरिङ यता उती भन्ने कुरा नहुने रैछ । सबै आफै गर्नु पर्ने, मैले पनि आफूले सकेको काम सघाएँ । दुलाहा सहितको जन्तिको टोलीको आइपुग्यो । घरको सबै काम सकिएको कारण कोहि जन्तिलाई खाना खुवाउन लागे मेरो काम भने फोटो खिच्नेमा पर्यो । मसँग एउटा प्रोफेसन क्यामारा पनि थियो, फोटो पनि राम्रै खिच्थेँ, प्रोफेसनल फोटो ग्राफरको तालिम लिएको भएर पनि होला फोटोमा केहि गुणस्तरीयता थियो ।

त्यहाँ मैले क्यामेरा लिएर जानु नै मेरो ठूलो भुल भएछ क्यारे, फोटो खिच्ने काम पाएपछि बल्ल थाहा पाएँ । फोटो खिच्दै थिएँ एक्कासी उ मेरो क्यामेराको लेन्समा परि । यस्ती थिइ मानौ हेरेरै नअघाइने जस्ती, जति हेरे पनि हेरु हेरु जस्तो । त्यति बेला चन्द्रमा उदाएको भए पनि सायद लजाएर बादलको छायाँमा लिन हुन पुग्थ्यो होला । म त फोटो खिच्नको साटो उसैलाई हेर्न पो थालेछु टोलाउँदै ।

यतिकैमा कसैले बोलाएको आवजले झसङ्ग हुँदै फोटो खिच्नको लागि तयार भएँ । फोटो खिच्दै गर्दा हिन्दू धर्मानुसार बेहुलीलाई सिन्दुर हाल्ने बेला भयो । यो मन भक्कानीन थाल्यो अब त्यो फोटो कसरी खिच्ने ? अब त्यहाँबाट उम्कीनको लागि यौटा बाहाना बनाएँ, पेट दुखेको । यसपछि सजिलै त्यहाँबाट म उम्केर आराम गर्न थालेँ । केहि बेरपछि डोली दिने काम पनि सकियो, विवाह भएको साथीले मलाई भेट्न खोज्दै रहिछ मैले भेटिनँ । उ निराश हुँदै कर्म घर गई । भोलिपल्ट म पनि आफ्नो गन्तव्य तिर फर्केँ ।
मेरो जीवनमा घटेको अप्रत्यासित यो कथा सुनाएपछि सानीले कुनै पनि प्रतिकृया दिइन । अनि मैले ‘के भयो लाटी किन नबोलेकी ?’ भनेपछि उसले केहि पनि होइन भन्दै संवाद अगाडि बढाइ । मैले प्राय उसलाई माया गरेर सानी वा लाटी भनेर बोलाउने गरेको थिएँ । यस दिन केहि बेरको कुराकानीपछि उसले आफू चितवन आउन लागेको कुरा मलाई बताई । खुसीको सिमा नै रहेन । माया गर्ने मान्छेसँग भेट हुने भयो भनेर उ आउने दिन गन्न सुरु गर्न थालेँ मैले ।
उ आफ्नो एकजना दाइ पर्नेको विवाहमा चितवन आउन लागेकी रहिछ । सायद असोजको २० गतेको कुरा हो उ दाइको विवाहमा यहाँ आएर मलाई फोन गरि । मैले अफिसबाट समय निकालेर उसलाई भेट्न गएँ । उसँगको भेटमा मुटुले छाति छेडेर निस्केला जस्तै भएर ढुकढुक गर्न थाल्यो गर्मी त्यति साह्रो नभएको भए पनि शरिरबाट चिटचिट पसिना निस्कन पो थाल्यो । म त उसको मायाले पानी पानी पो हुन थालेछु । केहिबेरको बातचित पछि म आफ्नो कार्यालय तर्फ फर्केँ उनीहरु पनि नयाँ दुलही लिएर गन्तव्य तिर लागे । उसँग भेट हुँदा अलि बेचैनी थिएँ छुटिएको केहि बेरमा नै मैले उसलाई म्यासेज पठाएँ मोवाइलमा ‘सरी सानी अगि तिमीसँग भेट हुँदा नर्भस हुन पुगेँ’ । यो र यस्तै अन्य म्यासेज अझै पनि मोवाइलको म्यासेजबक्समा सुरक्षित छन् । मेरो म्यासेज रिसीभ गर्ने बित्तिकै उसले फोन गरेर जिस्काउँदै भनि, – ‘हेर यस्तो मान्छेले पनि माया गर्छ ?’ मेरो उत्तर थियो, – ‘सायद आफ्नो भन्दा पनि धेरै माया भएको मान्छेसँग भेट भएर यस्तो भएको होला ।’
यतिकैमा दशै पनि आयो । अब मेरो व्यक्तिगत भन्ने कुरा केहि पनि थिएन । सबै वस्तु हाम्रो भइसकेको थियो । यतिसम्म कि कहिले काँही त उसले मेरो ट्वीटरबाट केटीहरुलाई जिस्काउँदी रहिछ म बनेर पछि अबजस मलाई आउँथ्यो । तर मैले अबजस सहेँ कसैलाई पनि होइन भनेर भनिनँ । कारण उसले अरुलाई जिस्काएको दिनमा मलाई भन्ने गर्थी, ‘लाटा मैले हजुरको एकाउण्टबाट फलानीलाई जिस्काएको थिएँ नि ।’ म चुपचाप बस्थेँ ।
हामी राति अबेरसम्म नेटमा कुरा गर्दै बस्ने गर्दथ्यौँ, अनि भोलि पल्ट बिहान जो चाँडै उठ्छ उसले अर्कोलाई उठाउनु पर्ने हाम्रो दैनिकी नै बनेको थियो । उसँग यति नजिकिएछु कि कुनै बेला फुर्सदमा भएँ भने उसैको मात्र खयाल आउने, अनि टोलाउन पुग्ने रहिछु । एक एक घण्टामा उसको फोन या म्यासेज आइरहन्थ्यो, उसको नआए म आफैले यताबाट फोन गर्ने गर्दथेँ । दिनहरु रमाइलै तरिकाले बित्दै थियो ।
दशैँमा उ मामाघर गइ, केहि दिन त हामीलाई निकै नै अप्ठेरो पर्यो । फोनमा कुरा गर्न नेटवर्कले अप्ठेरो पार्ने गरेको थियो । राति सुत्ने बेलामा एक अर्काको बोली नसुनी निन्द्रा नपर्ने लत नै लागिसकेको थियो । उ मावल हुँदा निकै अप्ठेरो पर्ने गरेको थियो, दशै पनि उ घरमा फर्की अनि केहि सहज भयो वातावरण । एकछिन फुर्सद मिल्यो भने कि फोन या त च्याटमा झुण्डिने त दिनचर्या नै बनेको थियो हाम्रो । दिनहरु रमाइलै सँग बितिरहेको थियो । दशैँ  सकियो तिहारलाई स्वागत गर्ने तयारीका साथ सबैजना जुटिरहेका थिए, यतिकैमा उसले भेट्न भन्दै काठमाण्डौ बोलाई । यता आफ्नो भने छोड्नै नमिल्ने खालको जागिर थियो, यतिकै टार्दै बस्न म बिवस थिएँ । अझै भनौँ उसलाई केहि न केहि भनेर उम्कन खोजीरहेको थिएँ । उसले निकै नै हठ गर्दै दिइ, यतिकैमा तिहार नजिकीदै गएको थियो, उसको महिलाहरु निकै नै जिद्दी हुन्छन् बोलेपछि आफ्नो विचार परिवर्तन गर्दैनन् भन्न् मैले सुनेको थिएँ तर त्यो दिनमा मलाई अनुभव भयो । उसलाई भेट्न नगइ सुख नपाइने भए पछि अफिसमा विदा लिनको लागि यौटा जुक्ति निकालेँ । ‘मेरो माइला बा बेस्सरी बिरामी भएर टिचिङमा लगेका रहेछन्, भेट्न जानु पर्यो’ यति भनेपछि अफिसबाट बिदा मिल्यो । तिहार आउन ४ दिन बाँकी थियो । म काठमाण्डौँ हानिएँ अनि घरमा पनि गफ दिएँ काठमाण्डौँमा मेरो तालिम पर्यो म तिहारको अघिल्लो दिनमा मात्र घरमा आउँछु । म काठमाण्डौं पुग्ने बित्तीकै त्यहाँ गएर बस्ने होटलमा पुग्दा मामा पनि त्यहीँ रहेछन्, धन्न उनी घर फर्किन लागेका उनलाई पनि ढाँटे ‘मामा तालिममा म तालिम लिन आएको हो, तिहारको अघिल्लो दिनमा घर जान्छु होला ।’ यस पालाको तिहार मनाउन नहुने भएर पनि मलाई त्यति इम्पोर्टेन्ट लागेको थिएन, काठमाण्डौँ जानु पर्दा ।
क्रमशः 

यो भाग ढिला गरि आएकोमा क्षमा चाहान्छु ।
सानीको सम्झनामा भाग ५ चाँडै नै आउँछ प्रतिक्षा गर्नुहोला ।

अघिल्ला श्रृङ्खलाहरु तलको लिंकमा क्लिक गरेर पढ्नु होला ।

सानीको सम्झनामा भाग - १

सानीको सम्झनामा भाग - २

सानीको सम्झनामा भाग ३


No comments

@lonely_aananda. Powered by Blogger.