इबोला भाइरसको बारेमा सामान्य जानकारी

के हो इबोला भाइरस ?
इबोला एक प्रकारको जीवाणु हो । यसलाई चिकित्सकीय भाषामा हेमोरेजिक फिभर भनिन्छ । सन् १९७६ मा कङ्गोको इबोला नदीको वरपरका घुमन्ते चमेरामा यो जीवाणु देखिएको थियो । इबोला नदीको नामबाटै वैज्ञानिकहरूले इबोला नामकरण गरिदिएको वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षितले जानकारी दिए ।  
उनका अनुसार पछि यो जीवाणु चमेराबाट जङ्गली जनावरमा सङ्क्रमित हुन पुग्यो । जङ्गली जनावरबाट मान्छेमा सङ्क्रमित हुन पुग्दा अहिले सो जीवाणुको सङ्क्रमण रोक्न विश्वलाई चुनौती बनिराखेको छ । 
जीवाणुबाट सङ्क्रमित भएमा बाँच्ने सम्भावना केवल १० प्रतिशतमात्र हुन्छ । एक महिना अगाडि पुनः देखिएको यो जीवाणुको सङ्क्रमणबाट खासगरी दक्षिणी अफ्रिकी देशहरू गिनी, नाइजेरिया, लाइबेरिया र सियरालियोन यसबाट प्रभावित हुन पुगेका छन् । यो जीवाणुका कारण ती देशमा हालसम्म एक हजारभन्दा बढीको अकालमा मृत्यु भइसकेको बताइन्छ ।
इबोलाको लक्षण 
ज्वरो आउनु, वाक्वाकी लाग्नु, घाँटीमा खसखस हुनु, मासंपेशीहरू तथा टाउको दुख्नु, शरीरमा दागहरू देखिनु जस्ता लक्षण यस रोगमा देखिन्छ । चिकित्सक दीक्षितका अनुसार पानी वा हावाका भरमा यो जीवाणु सङ्क्रमित हुँदैन तर सङ्क्रमितहरूका शरीरबाट निस्कने ¥याल, रगत, दिसा पिसाब, पसिना, वीर्य, श्वासप्रश्वासले सर्न सक्छ । 
बच्ने उपाय 
हालसम्म यो जीवाणुविरुद्ध कुनै खोप, औषधि तथा एन्टिबायोटिक औषधि विज्ञानले पत्ता लगाउन सकेको छैन । विश्व स्वास्थ्य सङ्गठनले यो रोगबारे अध्ययन अनुसन्धान जारी नै रहेको जनाएको छ । 
सङ्गठनका अनुसार सङ्क्रमितलाई विशेषरूपमा निगरानीमा राखी उपचार गर्नु र अन्यमा सङ्क्रमित हुन नदिनु नै यसबाट सुरक्षित हुने एकमात्र विकल्प हो ।
अहिले इबोलाबाट अफ्रिकी मुलुक गिनी, नाइजेरिया, लाइबेरिया र सियरालियोन नराम्री प्रभावित हुन पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सङ्कटकाल घोषणा गरी उच्च सतर्कता अपनाउन आग्रहसमेत गरेको छ । 
यसैबीच, परराष्ट्र मन्त्रालयले इबोला सङ्क्रमित अफ्रिकी मुलुक गिनी, नाइजेरिया, लाइबेरिया र सियरालियोनको भ्रमण नगर्न नेपालीलाई आग्रह गर्दै अत्यावश्यक कामको सिलसिलामा जानुपरेमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

No comments

@lonely_aananda. Powered by Blogger.