चितवनमा शान्तिपूर्ण तरिकाले मनोनयन दर्ता सम्पन्न चितवनमा पाँच सभासद्को लागि एक सय २१ को उमेद्वारी


मंसिर चारमा हुने संविधान सभा निर्वाचन २०७० का लागि चितवनबाट पाँच सभासद्को लागि एक सय २१ जना उमेद्वारले मनोनयन दर्ता गरेका छन् । १४ जना स्वतन्त्र उमेद्वार, काँग्रेस, राप्रपा, एमाओवादी र एमालेका पाँच जना केन्द्रीय नेता सहित पाँच वटै निर्वाचन क्षेत्रमा एक सय २१ जना व्यक्तिको उमेद्वारी मनोनयन दर्ता गरिएको छ । 
उमेद्वार मनोनयन पत्र दर्ता गर्नको लागि निर्वाचन अधिकृतको कार्यालयतर्फ जाँदै गरेका काँग्रेसका कार्यकर्ता
काँग्रेस सभापति शुसिल कोइराला, राप्रपा महामन्त्रि विक्रम पाण्डे, एमाओवादीका केन्द्रीय स्तरका नेताहरु अमिक शेरचन र नारायण दाहाल र एमालेका पोलिटब्यूरो सदस्य एवम् पूर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डे केन्द्रीय स्तरका नेताहरु चितवनबाट चुनावी मैदानमा प्रतिस्प्रधामा छन् । केन्द्रीय स्तरका नेताहरु राप्रपा महामन्त्रि विक्रम पाण्डे र एमाओवादीका अमिक शेरचन चितवनको क्षेत्र नम्बर पाँचबाट चुनावी प्रतिस्प्रधामा उत्रिएका छन् । 
चितवन जिल्लाका एमाले उमेद्वारहरु 

नेपाली काँग्रेसका सभापति सुशिल कोइराला चितवनको निर्वाचन क्षेत्र नम्बर चारबाट र एमाले पोलिटव्यूरो सदस्य एवम् पूर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डे चितवनको क्षेत्र नम्बर एकबाट चुनावी मैदानमा उत्रिएका छन् । चितवन काँग्रेसका पूर्व सभापति विकास कोइराले पार्टीसँग असन्तुष्टी जनाउँदै ‘वागी’ उमेद्वारी मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेको क्षेत्र नम्बर एकमा बुधबरसम्म केहि विवाद देखिएको भए पनि उमेद्वारी मनोनयन पत्र दर्ता गर्ने समयमा एमाले एक ढिक्का भएर मनोनयन पत्र दर्ता गर्न निर्वाचन  अधिकृतको कार्यालयमा पुगेको थियो । 


एमाओवादीले चितवनको क्षेत्र नम्वर एकबाट प्रत्यक्ष निर्वाचनका लागि उमेद्वारको रुपमा संगीता भट्टराईको नाम सिफारिस गरेको भए पनि पार्टीको आन्तरिक कुरा भन्दै मनोनयन दर्ता गर्ने दिनमा एकाएक नाम परिवर्तन गरेको थियो । एमाओवादीले संगीता भट्टराईको ठाउँमा यमबहादुर परियारको उमेद्वार मनोनयन पत्र दर्ता गराएको छ । चितवनमा एमाओवादीले महिला उमेद्वारलाई अन्तिम समयमा आएर उमेद्वार हुनबाट बन्चित गरेको छ । 
आसन्न संविधान सभाको चुनावको लागि चितवनको पाँच वटै क्षेत्रमा १४ वटा राजनीतिक दलले उमेद्वार उठाएका छन् । जसमध्ये निर्वाचन क्षेत्र नम्वर एकमा २२ वटा दल, क्षेत्र नम्वर दुईमा २५ वटा दल, क्षेत्र नम्वर तीनमा २१ वटा दल, क्षेत्र नम्वर चारमा २१ वटा दलले र क्षेत्र नम्वर पाँचमा १९ वटा दलले उमेद्वार मनोनय पत्र दर्ता गराएका छन् । 
संविधान सभा चुनावको लागि हिजो बिहीबार भएको उमेद्वार मनोनयन पत्र दर्ताको दिनमा कुनै अप्रिय घटना घटेन । उमेद्वार मनोनयन पत्र दर्ता शान्ति पूर्ण रुपमा सम्पन्न भएको चितवनका मुख्य निर्वाचन अधिकृत विनोदमोहन आचार्यले जानकारी दिए । आज निर्वाचन अधिकृतको कार्यालय परिसरमा शसस्त्र प्रहरी नायव उपरीक्षक दर्शन गिरीको कमाण्डमा ७० जना शसस्त्र प्रहरी र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मदनजित महराको नेतृत्वमा ४० जना नेपाल प्रहरी परिचालन गरिएको थियो । 
‘दलका नेता तथा कार्यकर्ताहरु भद्र र सालिन रुपमा आउनु भएकोले शान्ति सुरक्षा कायम गर्नलाई हामीलाई अप्ठ्यारो परेन’ शसस्त्र प्रहरी उपरीक्षक गिरीले भने । एउटा दलका नेता तथा कार्यकर्ता मनोनयन पत्र दर्ता गरेर फर्किएपछि अर्को दलका नेता तथा कार्यकर्ता उमेद्वार मनोनयन पत्र दर्ता गर्न आउने वातावरण मिलाइएकोेले पनि घटना घट्न नपाएको गिरीले बताए । 
संविधान सभाको निर्वाचनमा उमेद्वार बन्नका लागि उमेद्वार मनोनयन पत्र  दर्ता गराउन आएका दलहरु मध्ये निर्वाचन अधिकृतको कार्यालयमा सबै भन्दा पहिला जनजागर पार्टी आएको थियो । दोस्रोमा नेपाल मजदुर किसान पार्टी, तेस्रोमा राष्ट्रिय शिवसेना पार्टी, चौँथोमा नेपाल कम्युनिष्ट पार्टी निर्वाचन अधिकृतको कार्यालयमा आएका थिए । 
साना राजनीतिक दलका उमेद्वारहरु सामान्य रुपमा निर्वाचन अधिकृतको कार्यालयमा आएका भए पनि नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एमाओवादी, राप्रपा लगायतका दलहरुले बाजागाजा सहित त्यहाँ पुगेका थिए । निर्वाचन मनोनयन पत्र दर्ता गराउन ¥यालीमा युवाहरुको उपस्थिति उल्लेख्य रुपमा रहेको देखिएको थियो । आज चितवनमा उमेद्वार मनोनयन पत्र दर्ताको समयमा देखिएको दृष्यले चुनाव हुने जनताहरु विश्वस्त रहेको पाइयो । 

No comments

@lonely_aananda. Powered by Blogger.