माडीमा धुब्रेको आतंकबाट फेरी एक दम्पतीको मृत्यू ।

चितवनको माडीमा गएराती जंगली हात्तीको आक्रमणबाट १ दम्पत्तीको मृत्यु भएको छ । आफ्नै घरमा बसीरहेका समयमा गएराती करीब ११ बजे निकुञ्जबाट निस्कीएको हात्तीले आक्रमण गरेपछि उनीहरुको मृत्यु भएको हो ।
हात्तीको आक्रमणवाट माडी गर्दि ९ का स्थानीय ६५ वर्षीय बुद्विराम बोटे र उनकी श्रीमति जरिया वोटेको मृत्यु भएको छ ।
स्थानिय बासिन्दाका अनुसार केहि समय अघि निकुञ्जले दारा काटेर छाडेको हात्तीले नै यो आक्रमण गरेको हो । सो हात्ती गाउँमा आएर मानविय क्षति गर्न थालेपछि निकुञ्जले केही समय अघि हात्तीको दारा काटेर छाडेको थियो ।
हात्तीले वोटेको घर भत्काउनुका साथै अन्न समेत नष्ट गरिदिएको वताइएको छ ।
धुब्रे नामको सो हात्तीको आक्रमणबाट मर्नेको सख्या १५ पुगेको छ । यसअघि माडिमै ५ जना, पर्सामा २ जना र बारामा ६ जनाको मृत्यु भइसकेको वताइन्छ । माडिमा बारम्बार हात्तीको आक्रमण बढ्न थालेपछि स्थायिनबासी त्रसित भएका छन् ।

No comments

@lonely_aananda. Powered by Blogger.