“ध्रुवे”लाई नमारी नियन्त्रणमा लिन सुझाव

चितवन राष्ट्रिय निकुञ्जको हिंस्रक जङ्गली हात्तीलाई प्रजनन केन्द्रमा राख्न संरक्षणकर्मीहरूले माग गरेका छन् । चितवनको माडीमा गत शनिवार एक दम्पतीको ज्यान लिएपछि उक्त हात्ती मार्न चौतर्फी दबाब आइरहेका बेला संरक्षणकर्मीहरूले हात्तीलाई नमारी प्रजनन केन्द्रमा राख्नुपर्ने माग गरेका हुन् ।
नेपालकै एक मात्र हात्ती प्रजनन केन्द्र चितवनको सौराहामा रहेकाले उक्त हात्तीलाई प्रजनन केन्द्रमा राख्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

हात्ती मार्दा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश जाने भएकाले हात्ती मार्नु उचित नहुने निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रीत यादव बताउँछन् ।उनका अनुसार हात्तीलाई बस्तीमा जान नदिई दीर्घकालीन नियन्त्रणमा राख्नु आवश्यक छ ।
अर्का संरक्षणकर्मी चराविज्ञ वासु विंडारी संरक्षित वन्यजन्तुको सूचीमा रहेको हात्ती संरक्षण गर्नेहरूबाटै मार्दा कस्तो सन्देश जाला भन्ने प्रश्न गर्छन् ।
गत आइतबार नै चितवन प्रशासनले सो हात्तीलाई दीर्घकालीन नियन्त्रणको आदेश दिएको भए पनि निकुञ्जले अझैसम्म हात्ती नियन्त्रणमा राख्न सकेको छैन । निकुञ्ज स्रोतका अनुसार हात्तीलाई नमारिकनै नियन्त्रणमा लिने तयारी गरिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्की दीर्घकालीन नियन्त्रण के हुनसक्छ भन्नेबारे छलफल भइरहेको बताउँछन् ।
यसैबीच चितवनको टिकौली मध्यवर्ती सामुदायिक वनले एक विज्ञप्ति प्रकाशित गरी हात्तीलाई नमार्न आग्रह गर्दै उसलाई प्रजनन केन्द्रमा राख्नुपर्नेमा जोड दिएको छ ।
जंगली हात्ति नियन्त्रणमा प्रशासनले कुनै चासो नदेखाएको भन्दै, माडीका स्थानियबासिन्दाले माडीमा यातायात बन्द गर्ने जनाएका छन् । जंगली हात्तीको आक्रमण र त्रासमा बस्नुपर्ने अबस्थालाई वेवास्ता गरेको भन्दै माडीको यातायात बन्द गर्न लागिएको स्थानियबासिन्दा शिब कार्कीले जानकारी दिए । जिल्लाका राजनैतिक, माडीका स्थानिय प्रतिनिधीसग प्रशासनले गरेको सहमती लागु नभएको, घर भत्काएकाहरुको वेवास्ता प्रशासनले गरेको भन्दै यातायात बन्द लगायतका आन्दोलन गरिएको हो । प्रशासनले जंगली हात्ति मार्न तदारुकता नदेखाएको भन्दै जिल्लामा क्रियाशिल राजनैतिक दलहरुले आपत्ति जनाएका छन् । माडिमा २ जना बोट दम्पतिको हत्या गर्ने धुब्रे नामकको हात्ती मार्ने प्रशासनले प्रतिबद्धता जनाएको भएपनि अहिलेसम्म कुनै प्रगति गर्न नसकेको भन्दै, हात्ति मार्ने या नियन्त्रणमा लिने भन्ने निकुन्जको सोच प्रस्ट पार्न उनीहरुले माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनमा आइतबार बसेको सर्बदलिय बैठकले, प्रशासनले यसबारे आफ्नो धारणा प्रस्ट पार्न माग गरे । “जनतालाई झुक्याउने काम गर्न प्रशासनले गर्न नपाउने र आधिकारिक सहि धारणा ल्याउन हामीले बैठकमा भन्यौ” नेपाली काग्रेस चितवनका सचिब जित नारायण श्रेष्ठले भने । प्रशासनले द्धेध चरीत्र देखाएको उनको आरोप छ । साच्चै हात्ती नमार्ने हो भने, कसरी नियन्त्रण लिएर जनधनको क्षति हुन रोक्ने हो, त्यसबारे प्रशासन र निकुन्जले स्पष्ट पार्न दलहरुले माग गरेका थिए । धुब्रे नामकै हात्तीले, गएराती माडीमा आतंक मच्चाएपछि, दलहरुले प्रशासनको ध्यानार्कषण गराएका हुन् । चितवन राष्ट्रिय निकुन्जको जंगलमा बेपत्ता भएको भनिएको ध्रुवे हात्ती शनिवार राती फेरी मानवबस्तीमा निस्केर क्षती पु¥याएको स्थानीय वासिन्दाहरुले बताएका छन् । माडी स्थित कल्याणपुर–६ हरिनगरमा हात्तीले पांचवटा घर भत्काएको हो । यता घर भत्काएका पिडित परीवारका सदस्यहरु कल्याणपुर गाबिस कार्यालयमा धर्ना दिएका छन्। आफुहरुको बस्ने घर र खाने सबै सामाग्री हात्तिले नस्ट गरेको भन्दै उनीहरुल्ो कल्याणपुर गाबिसको कार्यालयमा परीवार सहित धर्ना दिएका छन् । आफुहरुको उचित ब्यबस्था नगरेसम्म धर्ना नछाड्ने उनीहरुले बताए ।
यसै बिच राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आतंक मच्चाइरहेको जंगली हात्ती ‘ध्रुवे’ नियन्त्रणमै केन्द्रित बन्न चितवन राष्ट्रिय निकुञ्जलाई निर्देशन दिएको छ ।

No comments

@lonely_aananda. Powered by Blogger.