धुब्रेका बारे रोचक कुरा

धुब्रेलाई हिजो बेलुका नै सैनिकले मार्न पोजिशन लिएका रहेछन्, तर धुब्रेले कन्नो फर्काएर हिडेछ, कसरा ब्यारेकका प्रमुख सेनानी चक्र बहादुर शाहले धुब्रेलाई हान्न पोजिसन लिएर कक गरेपनि, ठिक ठाउमा नलाग्ने भएपछि, छाडिदिएको बताए, 
धुब्रे अति नै चलाख र बलियो छ, मान्छेको गन्ध, राइफलको गन्ध टाढाबाट नै थाहा पाउने भएकोले, नजिक पदै पदैन् र मान्छे हिडेको बाटो कहिल्यै फर्किएर नहिडने गरेको छ, रुखको आड लिएर पनि भाग्न सफल हुन्छ । 
धुब्रेलाई लोभ्याउन पोथि हात्ति लगेपनि, उसले खासै चासो दिएको छैन्, १२ /१३ बटा तरुनी हात्ति लगेपनि उसले बाल दिएको छैन् , केही सिप नलागेपछि उसको पुरानो गर्लफेण्ड पबनकलीलाई झिकाइएको प्रमुख सेनानी शाहले बताए । आफ्नो गर्लफे्रण्डलाई आखाँ लगाउनेलाई मेघौलीबाट लगेर मारेपछि धुब्रे दादागिरी देखाउदै हिडेको हो । 
हात्तिलाई आखाको माथिल्लो भाग, घुडाको केही माथि र मुटु हुने स्थानको पहिचान नगरी गोली ठोक्दा झन उत्पादत मच्चाउने गर्दछ । 
धुब्रेको ज्यानमा अहिले पनि ५÷ ६ गोली छन्, जुन पहिला सैनिकले लखेटन हानेका थिए, त्यति गोली लिएर धुब्रे हिडीरहेको छ । त्यसले २७­ / २८ गोली हान्दा पनि उसलाई केही फरक पदैन् ।

Comments

Anonymous said…
wow ! nice view . Thanks the information .

सल्लाह, सुझाव

Name

Email *

Message *

Followers