पृथ्वी ध्वस्तहुने हल्ला किन हाईकोर्टमा बिजुली चम्केजस्तै चम्केको ?
समयको आफ्नै गति हुन्छ । समयको यो गतिले कहिले स्तब्धता प्राप्त गर्छ तरु भन्ने तर्कवितर्क सबैमा कुनै न कुनै समयमा उब्जन्छ र यही तर्कवितर्कमा केन्द्रित हँदा अनेकौं दर्शन, धर्म र विचारको जन्म भएको हो भन्दा अत्युक्ति हँदैन । अहिले त्यस्तै एउटा भयावह अन्यौलभित्र सिङ्गो विश्व छट्पटी रहेको छ र हल्ला, आशङ्का, चिन्ता, छलफल, विमर्श र तर्कवितर्कमा आम मान्छे बहस गर्दैछन्, पत्रपत्रिकाका मुख्य समाचार बनेका छन्, विद्युतीय सञ्चारमाध्यका सामाग्री भएकाछन् । यो विषय हो – पृथ्वीको अन्त्यको, समयको स्तब्धताको अनि प्राणीजगत्को विध्वंश र अवसानको । यस तर्कलाई बहसमा ल्याएको छ– मध्य अमेरिकाली संस्कृतिको पीठिका मानिने प्राचीनतम माया सभ्यता अन्तर्गतको क्यालेण्डरको समापन बिन्दु अर्थात् नजिकै आउन लागेको मिति डिसेम्बर २१, सन् २०१२ ले ।
नेपाल र भारतमा बसोबास गर्ने हामी अधिकांशको सांस्कृतिक आधार वैदिक सभ्यता हो र त्यसै सभ्यताका आधारमा हाम्रो समयलाई गणना गर्ने प्रक्रिया लामो समयदेखि चलि आएको छ । वैदिक साहित्यमा समयको मापन गर्ने, सूर्य र सौर्यमण्डलका अन्य ग्रह तथा पिण्डहरूको गति र स्थितिका आधारमा समयको अनुमान गर्ने छुट्टै विधा छ, त्यस विधालाई ज्योतिष भनिन्छ । माया सभ्यताको क्यालेण्डरको समापन हुने दिन अर्थात् आगामी डिसेम्बर २१ तारिक ९पौष ६ गते० का दिन ज्योतिषीय दृष्टिकोणमा देखिने आकाशमण्डलको परिदृश्यलाई आँकलन गरी त्यसबाट प्राप्त हुने परिणाम मात्र नियाल्दा पृथ्वीको अन्त्य हुने कुरा होइन पृथ्वीमा सामान्य प्रभावसमेत नपर्ने कुरामा ठोकुवा गर्न सकिन्छ ।
संसारमा अनेकौं जाति, संस्कार, रीतिस्थिति र चालचलन विद्यमान छन् । अनेकौं सभ्यता निर्माण भए र अनेकौं सभ्यता पृथ्वीको गर्भमैं विलीन पनि भए । तिनै सभ्यताका निर्माण र विनिर्माणको परिणति हो अहिलेको संसार र भोक्ता हौं हामी यहाँका बासिन्दा । कुनै पनि सभ्यताले हाम्रो वर्तमानको पृष्ठभूमि बनेर महत्त्वपूर्ण योगदान पुर्याएको हुन्छ । त्यसैले यस आशङ्का र हल्लाको चक्रवातमा प्रमुख भूमिका खेल्ने माया क्यालेण्डरकै बारेमा अलिकति बुझ्न आवश्यक छ–
अमेरिकामा युरोपेली मानिस पुग्नुभन्दा पनि पहिले एउटा प्राचिन पात्रो प्रयोग गरिन्थ्यो । पछिल्लो समयमा माया सभ्यताका मानिसहरूले प्रयोग गरेका हुनाले यस पात्रोलाई माया क्यालेण्डर भनेर चिनियो । ुमाया’ मध्य अमेरिका ९मेसोअमेरिका० मा पर्ने ग्वाटेमाला, होन्डुरस, बेलाइज, ओब्सीडियन र पाइराईट प्वाइंट, इज्तापन आदि स्थानमा ईशापूर्व २५०० वर्षदेखि ईशाको सत्रौं शताब्दीसम्म प्रचलनमा रहेको एउटा सभ्यताको नाम हो । मध्य अमेरिकामा युरोपेलीहरूको साम्राज्य विस्तारहुनु भन्दा पहिलादेखि विभिन्न स्थानमा कुँदिएका र लेखिएका माया सभ्यताका धेरै अभिलेख र सामाग्रीहरू हाल पनि प्राप्त हुन्छन्। त्यस सभ्यताको अवशेष अहिले पनि त्यस क्षेत्रमा बसोबास गर्ने केही जनजातीमा प्राप्त हुन्छ । त्यस सभ्यताअन्तर्गत कृषि पेसामा आधारित जनजीवन हुने भएकाले वर्षभरि पर्ने भिन्नभिन्न समयलाई चारवटा ऋतुमा विभाजन गरिएको हुन्थ्यो । यिनै चारवटा कालका आधारमा मौसम सम्बन्धी परिवर्तनको सूचकका रूपमा त्यहाँ एउटा सूक्ष्मतापूर्वक र यथासम्भव गहन अध्ययन गरिएको पञ्चाङ्ग प्रचलनमा थियो र त्यही पञ्चाङ्गको नाम हो– माया क्यालेण्डर । हामीले प्रयोग गर्ने पात्रो झैं सूर्यग्रहण, चन्द्रग्रहण, चन्द्रमाको कलाको गणना, शुक्र र मङ्गल ग्रह को अवधि र अन्य अनेकौं ग्रह हरूको गतिस्थिति एवं आकाशीय पिण्डहरूको संयोजनलाई त्यस क्यालेण्डरमा बाताइएको हुन्थ्यो । यसै पात्रोका माध्यमबाट त्यस क्षेत्रमा आकाशीय घटनासम्बन्धी भविष्यवाणी पनि गरिन्थ्यो । त्यस पात्रोमा उल्लेखित सारिणी ९चार्ट० विज्ञान र प्रविधिको यस युगमा समेत सटीक र तथ्यपरक देखिएको हुँदा माया सभ्यताका खगोलविद्को ज्ञानलाई अहिलेका सबै विद्वानले पनि प्रशंसा गरेको पाइन्छ । उक्त पात्रो वर्षै पिच्छे दोहोरिने हामीले प्रयोग गर्ने पात्रोजस्तो नभएर ५,१२५ वर्षको लामो चक्रपछि मात्र दोहोरिन्थ्यो। त्यसैले यसलाई प्राचिन अमेरिकाको लामो गणना भएको पात्रो ९ःभकय(ब्mभचष्अबल ीयलन ऋयगलत ऋबभिलमबच० पनि भनिन्छ । तर माया सभ्यताअन्तर्गत पनि भिन्नाभिन्नै पद्धतिका पञ्चाङ्ग प्रचलनमा रहेको पाइन्छ, तीमध्ये २६० दिने, ३६० दिने, ३६५ दिने र ३९४ दिने वर्षचक्र रहेका पञ्चाङ्गहरूको प्रयोग मध्य अमेरिकाका बेग्लाबेग्लै समुदायमा चलेको देखिन्छ । यिनमा चन्द्रमा र शुक्र ग्रहका आधारमा वर्ष गणना गर्ने दुई खाले पद्धतिलाई मुख्य मान्ने गरिन्छ । शुक्रचक्रमा शुक्र ग्रह को ‘सिनोडिक’ काललाई अनुसरण गरिएको हुन्थ्यो भने चान्द्र गणना हाम्रै पात्रोको शुक्लपक्ष र कृष्णपक्ष जस्तै हो । माया पात्रोमा उल्लेख गरिएको धारणाले विगतका विषयवस्तुको बोधबाट वर्तमानलाई र भविष्यलाई सङ्केत गर्नसक्छ भन्ने मान्यता राख्दछ । त्यस क्यालेण्डरमा उल्लेख गरिएको दिन, महीना र वर्षको नामकरण पशु, फलफूल, खगोलीय पिण्ड र सांस्कृतिक पक्षका प्रतीकका अधारमा निर्धारण गरिएको हुन्थ्यो । यो मेसोअमेरिकी संस्कृतिमा महत्त्वपूर्ण मानिने माया पात्रोको त्यस क्षेत्रका प्रायः सबै संस्कृतिमा प्रयोग भएको देखिन्छ । हिजोआज पनि ग्वाटेमालाका किचे, क्वैसी र क्याक्चिकेल एवं ओसाकाका मिक्से जनजातिका मानिसहरूले यस क्यालेण्डरको आधुनिक संस्करणलाई नै प्रयोग गर्दछन् । हाल माया सभ्यताका मानिसले प्रयोग गर्ने पात्रो २६० दिनको भए पनि, प्राचिन पात्रो चक्रीय ९एक वर्ष पछि दोहोरिने० पात्रो नभएर निरन्तर लगभग ५१२५ वर्षसम्म अघि बढ्ने पात्रो थियो । त्यस पात्रोमा २०र२० दिनको एक ‘उइनल’, १८ उइनल ९३६० दिन०को एक ‘तुन’, २० तुनको एक ‘कतुन’, २० कतुन ९१४४,००० दिन वा लगभग ३९४ वर्ष०को एक बक्तुन हुन्छ । माया सभ्यताअन्तर्गतका प्राचिन ग्रन्थहरुमा विश्वको आयुको बारेमा पनि वर्णन गरिएको पाइन्छ, तर यी विवरणहरूलाई जसरी पनि अर्थ्याउन सकिन्छ। विश्वको उत्पतिको प्रसङ्ग रहेको एउटा ग्रन्थ९ग्वाटेमालामा प्रचलित ुपोपोल वुजुग्रन्थ०अनुसार हामी चौथो विश्वमा बसेका छौं, देवताहरूले वर्तमान पृथ्वीको सृजना गर्नुभन्दा पहिले नै तीनवटा विश्वको निर्माण गरिएको थियो, तर ती विश्व असफल भए र वर्तमान विश्वको निर्माण गरी यसमा मानव समुदायलाई राखिएको थियो । माया पात्रोअनुसार यसाघि १३ बक्तुन ९लगभग ५,१२५ वर्ष० पूरा भएपछि वर्तमान विश्वभन्दा अघिल्लो विश्व ध्वस्त भएको थियो । अहिले चर्चाको शिखरमा रहेको ुमाया पात्रोु तेस्रो विश्व ध्वस्त भएर चौथो विश्वको प्रारम्भ भएसँगै गणना गर्न थालिएको हो। अनुसन्धानमा प्राप्त तथ्याङ्कका आधारमा सन् २०१२ डिसेम्बर २१ का दिन उक्त पात्रोको एउटा चक्र ९१३ बक्तुन० पूर्ण हुन्छ। त्यो गणना सुरु भएको दिन ११ अगष्ट ३११४ ईशापूर्वको दिनलाई मानिन्छ, त्यसैले माया सभ्यता मान्नेहरूको मतमा त्यो मितिबाट १३ बक्तुन९५१२५ वर्ष० पूर्ण भएपछि अर्थात् आगामी २१ डिसेम्बर २०१२ मा वर्तमान विश्व पनि ध्वस्त हुनेछ । यो मान्यतालाई त्यसैले पनि सत्य मान्न सकिंदैन किनभने आजभन्दा ५१२५ वर्ष पहिले कुनै प्रलय, विध्वंश वा विनाश भई नयाँ संसारको सुरुवात भएको भनी हाम्रो वैदिक वाङ्मयमा त उल्लेख गरिएको त छैन नै, विज्ञान वा अन्य कुनै धर्मका धर्मग्रन्थले पनि स्वीकारेको पाइँदैन।
जहाँसम्म अहिले पृथ्वी ध्वस्त हुन्छ वा प्रलय हुन्छ भनी बढी जोड्तोडका साथमा चर्चामा आएको विषय यस माया क्यालेण्डरमा २१ डिसेम्बर २०१२ देखि पछिको तिथिमितिको उल्लेख नभएपछि र गणना पद्धतिको अन्त्य भएकाले भएको हो । त्यस पात्रोमा गणना हुन नसक्ने २१ डिसेम्बरपछिको दिनमा के हुन्छ तरु भनी अनुमान वा कल्पना गर्नेहरूले त्यसपछि विश्वमा प्रलय हुनेछ वा एउटा ग्रह पृथ्वीसँग ठोकिने छ र पृथ्वीलाई नाश गर्नेछ भन्ने आँकलन गरेका हुन् । माया पात्रोमा गरिएका अधिकांश प्राकृतिक भविष्यवाणि सही रहेका देखिए पनि इतिहासका कुनै परिघटनाहरूको भविष्यवाणि नमिलेका उदाहरण पनि रहेको जानकारहरू बताउँदछन्, त्यसैले त्यस सभ्यताका अनुयायीले पनि त्यस पात्रोको अन्त्यपछि विश्वकै अन्त्य हुन्छ भन्ने निष्कर्È निकाल्न वा ठोकुवा गर्न सकेका छैनन् । यद्यपि अहिले त अमेरिकाको वैज्ञानिक अनुसन्धानशाला ‘नासा’ले पनि यस अनुमानलाई अवैज्ञानिक र अपुष्ट भनेको अवस्था छ, तैपनि यस सम्बन्धमा अब हाम्रो पूर्वीय धर्मग्रन्थ र ज्योतिषशास्त्रको अध्ययनबाट के आँकलन गर्न सकिन्छ र त्यसको विश्लेÈण गर्दा देखिने परिस्थिति के हुन्छरु लेखाजोखा गरौं ।
पूर्वीय धर्मग्रन्थ र वेदान्तले पृथ्वीको अन्त्यलाई सिर्जनत्वको विनाश अर्थात् प्रलय भन्ने गर्दछ । प्रलयको अर्थ हो– आफ्नो मूल कारण प्रकृतिमा संसारको विलय हुनु । त्यस्तै ब्रह्ममा प्रकृतिको लय ९विलीन० हुनुलाई पनि प्रलय नै भनिन्छ । यो समस्त ब्रह्माण्डलाई नै ‘प्रकृति’ शब्दद्वारा सम्बोधन गरिन्छ र यसैलाई ‘शक्ति’ पनि भनिन्छ । शास्त्रमा प्रलयलाई चार किसिमले वर्गीकरण गरिएको पाइन्छ–
१० नित्य प्रलय स् ९पृथ्वीमा जीवनको समाप्ति०– वेदान्तबमोजिम जीवको नित्यप्रति हुने मृत्युलाई नित्य प्रलय भनिन्छ । यसको अर्थ हो – सृष्टिमा हरेक क्षण जन्म र मृत्युको चक्र चलिरहन्छ ।
२० आत्यन्तिक प्रलय स् ९ब्रह्ममा लीन हुनु० – योगीजनहरूद्वारा ज्ञानमार्गद्वारा ब्रह्ममा लीन हुने अवस्थालाई आत्यन्तिक प्रलय भनिन्छ, अर्थात् मोक्ष प्राप्त गरी उत्पत्ति र प्रलय चक्रको घेराभन्दा बाहिर निस्कनु ।
३० नैमित्तिक प्रलय स् ९सूर्य, सौर्यमण्डल लगायत अन्य ग्रह पिण्ड र नक्षत्रहरूको नाश हुनु० – वेदान्तमा भनिएबमोजिम प्रत्येक कल्पको अन्त्यमा हुने स्वर्ग, पृथ्वी र पाताल तीनै लोकको क्षय वा पूर्ण विनाशलाई नैमित्तिक प्रलय मानिन्छ । पुराणमा उल्लेख भएबमोजिम ब्रह्माको एक दिन ९ब्रह्माजीको एकदिन बराबर मनुष्यको एक कल्प ०को भोगावधि समाप्त भएपछि विश्वको विनाश हुन्छ । यस किसिमको प्रलयमा पृथ्वी र अन्य ग्रहमा जीवनको सम्भावना हँदैन । यस्तो प्रलय हँदा कल्पको अन्त्यमा आकाशबाट सूर्यले आगोको वर्षा गर्दछन् र भयङ्कर तापका कारण सम्पूर्ण जलराशि सुक्दछ र समस्त जगत् डढेर नष्ट हुन्छ, अनि संवर्तक नामको मेघबाट सयवर्षसम्म पानी वर्षन्छ, अर्को सय वर्षसम्म अत्यन्त तेज गतिमा हावा चल्छ र बिस्तारै शान्ति हुन्छ अनि पुनः जीवनको प्रारम्भ हुन्छ ।
४० प्राकृत प्रलय स् ९सम्पूर्ण सत्ताको नाश भई ब्रह्ममा विलीन भई शून्यावस्थामा पुग्नु० –ब्रह्माण्डका समस्त भूखण्ड वा ब्रह्माण्डको नै विनाश हुनुलाई प्राकृत प्रलय भनिन्छ । वेदान्तमा उल्लेख भएअनुसार प्राकृत प्रलय, प्रलयको त्यो उग्र रूप हो, जसमा तीनै लोकसहित महत्तत्त्व अर्थात प्रकृतिको प्रारम्भिक र मूल विकारसमेतको विनाश हुन्छ । यस प्रलयमा प्रकृति पनि ब्रह्ममा लीन हुन्छ अर्थात् सम्पूर्ण ब्रह्माण्ड शून्यावस्थामा पुग्छ । न जल हुन्छ, न वायु, न अग्नि हुन्छ र न आकाश र न अन्य कुनै तत्त्व नै शेष रहन्छ । केवल अन्धकार मात्र बाँकी रहन्छ ।
ज्योतिषशास्त्रमा गरिने गणनाअनुसार पृथ्वीको सम्पूर्ण आयु अझ धेरै वर्ष बाँकी छ । ज्योतिषीय गणनाका आधारमा १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १३ वर्ष पृथ्वीमा मानिस र अन्य प्राणीको सिर्जना भएको समय बितेको छ । धर्म शास्त्रमा समयलाई चार युगमा प्रारम्भिक विभाजन गरी प्रत्येक युगको भोग अवधि निर्धारण गरिएको छ । त्यस मध्ये सत्य युगको १७,३२,०००, त्रेता युगको १२,९६,०००, द्वापर युगको ८,६४,००० र कलियुगको ४,३२,००० वर्ष बितेपछि एक चतुर्युगीमा एउटा नैमित्तिक प्रलय हुने गर्दछ । अहिलेको युग कलियुग हो र कलियुगको पूर्ण आयु ४ लाख ३२ हजार वर्ष हो, जसमा भर्खर ५ हजार १३ वर्ष मात्र बितेको छ । नैमित्तिक प्रलय हुन त अझ ४ लाख २६ हजार ८ सय ८७ वर्ष बाँकी नै छ । त्योभन्दा कैयौं वर्षपछि मात्र प्राकृत प्रलय हुन्छ, त्यसैले यस गणनाका आधारमा अहिले पृथ्वीको नाश हुने कुनै तथ्य हाम्रो शास्त्रमा उल्लेख छैन ।
प्रलय हुन्छ भनी पूर्वघोषित दिन आगामी २०६९ साल पुस ०६ गते शुक्रबार तदनुसार ईश्वीसन् २०१२ डिसेम्बर २१ तारिखका दिअन मार्गशीर्ष शुक्लपक्ष ९थिल्लाथ्व० नवमी तिथि परेको छ । उक्त दिन इटहरीमा बिहान ६ बजेर ४३ मिनेटमा सूर्योदय र बेलुकी ५ बजेर ०५ मिनेटमा सूर्यास्त हुनेछ । बालब करण, उत्तरभाद्रा नक्षत्र, वरीयान् योग र आनन्दादि योगमा ध्वजयोग रहेको दिन हो, त्यो । गोचर कुण्डलीमा पुस महिनाको ६ देखि १० गतेसम्मको सम्पूर्ण समय चन्द्रमा मीन राशिमा रहनेछ भने धनु राशीमा सूर्यले, मकर राशीमा मङ्गलले, बृश्चिक राशीमा बुधले, बृष राशीमा बृहस्पतिले, बृश्चिक राशीमा शुक्रले, तुला राशीमा शनिश्चरले, तुला राशीमा राहुले र मेषराशीमा केतुले विचरण गरिरहेको अवस्था छ । त्यसको एक साता अर्थात् डिसेम्बर २८ तारिख तदनुसार पुस १३ गतेसम्मको पञ्चाङ्गगणना गरी प्राकृतिक पक्षहरू जस्तै आकाशमा बादलको अवस्था, हावाको बहाव, पानी पर्ने सम्भावना, पृथ्वीको गति वा चाल, सम्पूर्ण ग्रह तथा नक्षत्रहरूको चाल, आकाशगङ्गाहरूको स्थिति आदिको अध्ययन गर्दा कुनै पनि अनिष्ट वा अशुभको सङ्केत छैन । पृथ्वीको विनाश हुने कुनै पनि कारक तत्त्व पाइँदैन । पूर्वीय ज्योतिषशास्त्रका सूत्र र गणितको आधारमा त्यस अवधिमा ग्रहण पनि लाग्दैन र धूमकेतु वा उल्काको सम्भावना पनि छैन । एक हप्तापछि पौष १३ गते धान्य पूर्णिमा आउने भएकाले त्यस समयमा बरु सामान्य बदली भएर पानी पर्न सक्छ । जाडो यामको छोटो दिन हुनाले अन्य वर्षमा झैं यस पटक पनि सूर्योदय ढिलो हुने र सूर्यास्त चाँडै हुने, चिसो बढ्ने, हुस्सु र तुवाँलो लागेर अन्धकारजस्तो देखिने सामान्य प्राकृतिक अवस्था हुनसक्छ । सङ्क्षेपमा भन्नु पर्दा पृथ्वी र यसमा बसोबास गर्ने चराचर जगत् पञ्चतत्त्वबाट सिर्जित र सञ्चालित मानिन्छन् । पृथ्वी ९धर्ती०, जल ९पानी०, तेज ९प्रकाश वा उर्जा०, वायु ९हावा० र आकाश । ती तत्त्वमा कहिलेकाहीं तनाव उत्पन्न हँदा पृथ्वीवासीहरूले प्राकृतिक प्रकोपजस्ता दुर्घटनाको सामना गर्नुपर्छ । तर अहिले प्रलयकारी दिवसका रूपमा चर्चामा आएको डिसेम्बर २१ तारीख ९पुस ६गते० का दिन र त्यसपछिको एक सातासम्म त्यस्ता प्राकृतिक प्रकोपहरूको कहीं कतै कुनै किसिमको सङ्केत छैन, त्यसैले हामीले गणना गर्ने शास्त्रीय मान्यता र पूर्वीय ज्योतिषशास्त्रका आधारमा कुनै पनि त्यस्तो अनिष्ट, अशुभ भई पृथ्वीमा उथलपुथल आउने सम्भावना अलिकति पनि छैन, पोहोरपरारको पौष ६ गते वा डिसेम्बर २१ तारिक बितेको जसरी पत्तो पाएनौं, त्यसरी नै यस पटकको त्यो ‘तथाकथित अनिष्ट दिन’ पनि सहजै बित्नेछ ।

Leave a Comment