भोलि नारायणगढमा एनसेलको रक कन्सर्ट




भरतपुर । नेपालकै अग्रणी मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहक तथा संगीतका पारखीहरुको लागि भोलि बुधबार उद्योग वाणिज्य संघ—नारायणगढको प्रांगणमा नेपालका चर्चित गायक÷गायिकाहरुका साथमा ‘एनसेल रक’ कन्सर्ट गर्ने भएको छ । नेपालको पूर्वदेखि पश्चिमसम्मका ६ वटा प्रमुख शहरहरुमा गर्न लागिएको कन्सर्ट मध्ये नारायणगढको कन्सर्ट तेस्रो हो । भोलि असोज १७ गते दिउ“सो २ बजेबाट शुरु हुने सो कन्सर्टमा चर्चित गायकहरु निमा रुम्बा, सुगम पोख्रेल, एड्रियन प्रधान, कमल खत्रीका साथमा गायिकाहरु रजिना रिमाल, श्रेया सोताङका साथमा चितवनका स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने एनसेलले जनाएको छ  । यो कन्सर्ट नारायणगढपछि वीरगञ्ज, धरान र पोखरामा आयोजना हुनेछ । कन्सर्टलाई डिजेइङ तथा बि—ब्योइङ नृत्यले थप आकर्षक बनाउने जनाइएको छ । एनसेलका अनुसार,राष्ट्रियस्तरका साथमा स्थानीय गायक, गायिका तथा सांगीतिक समूहहरुको साथमा गर्न लागिएको यो एनसेलको पहिलो कन्सर्ट हो ।
एनसेलको सीम कार्ड तथा रिचार्ड कार्ड खरिद गर्ने ग्राहकहरुले सो बापत कन्सर्टको टिकट निःशुल्क पाउने एनसेलले जनाएको छ । एउटा सीम कार्ड र १ सय रुपैया“को रिचार्डको खरिद गर्दा तथा २ सय र ३ सय रुपैया“को रिचार्ज कार्ड खरिद गर्दा १÷१ वटा टिकट पाइने छ । ५ सय रुपैया“को रिचार्ज कार्ड खरिदमा २ वटा र १ हजार रुपैया“को रिचार्ड कार्ड खरिदमा ५ वटा टिकट पाइने र कार्ड खरिद गरेपछि टिकटहरु एनसेल सेन्टर तथा नजिकैको कुनैपनि आधिकारिक एनसेलका विभिन्न पसल अर्थात सेल्स पोइन्टहरुबाट पाइने पनि एनसेलले जनाएको छ ।
असोजको १३ गते बुटवलबाट शुरु भएको ‘एनसेल रक’ कन्सर्ट असोज १५ गते धनगढीमा, असोज १७ गते नारायणघाट, असोज २० गते वीरगञ्जमा, असोज २२ गते धरान ह'दै असोज २४ गते पोखरामा पुगेर समापन हुने एनसेलले जानकारी दिएको छ ।

No comments

@lonely_aananda. Powered by Blogger.