जुटपानीमा प्रहरी चौकी पुनःस्थापना

आनन्द पोखरेल

जुटपानी । द्वन्द्वको समयमा बिस्तापित भएको पूर्वीचितवनको जुटपानीमा रहेको प्रहरी चौकी पुनःस्थापना गरिएको छ ।
विसं. २०३६ सालमा स्थापना भएको सो चौकी द्वन्द्वको चपेटामा परेर विसं. २०५८ सालमा बिस्तापित भएको थियो । चौकी शुक्रबारबाट पुनःस्थापना गरी कार्य प्रारम्भ गरिएको हो ।
बिस्तापित हुनु भन्दाअघि १० जनाको दरबन्दी रहेको सो प्रहरी चौकी पुनःस्थापनासँगै प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरीलाई खटाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तीन कठ्ठा जग्गा आफ्नै भएपनि सो चौकीले जुटपानी बजारमा घर भाडामा लिएर कार्य थालेको छ ।
चितवनको पहाडी गाविस शक्तिखोर, सिद्धिलगायत जुटपानी र पदमपुर गाविस सो चौकीको सेवाक्षेत्र रहेको छ । चौकी पुनःस्थापनाको अवसरमा आयोजित अन्तत्र्रिmया कार्यक्रममा वक्ताहरुले स्थानीयस्तरमा शान्ति, सुरक्षा एवम् अमनचयन कायम गर्ने कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय टाँडीको प्रहरी निरीक्षक देवेन्द्रबहादुर पाल, जुटपानी गाविस सचिव रामप्रसाद सापकोटा, नेपाली काँग्रेस जुटपानीका कृष्णबहादुर घिमिरे, एकीकृत माओवादीका पिताम्वर पौडेल, नेकपा एमालेका भोजराम थपलिया, नेपाल पत्रकार महासंघ चितवनका सचिव राधेश्याम खतिवडा, प्रेस चौतारी चितवनका उपाध्यक्ष शिशिर सिंखडा, उदयपुर सामुदायिक वनका युवराज खतिवडा, स्थानीय समाजसेवी पदमबहादुर अधिकारीलगायतले बोल्नु भएको थियो ।

No comments

@lonely_aananda. Powered by Blogger.