दसैँ खर्च जुटाउन खसी लिएर बजारतिर

- आनन्द पोखरेल
गैँडाकोट । दसैँको खर्च जुटाउनका लागि दैनिक जसो गैँडाकोट गाविसको विकट पहाडि क्षेत्र ढोडेनी तथा तनहुँको कोटा गाविसका किसानहरु घरमा पालेका खसी बोका लिएर गैडाकोट तथा चितवनको नारायणगढ बजार झर्ने गरेका छन् ।
गैँडाकोटको विकट ढोडेनी तथा तनहुँको कोटाबाट
खसी वोका लिएर आएका व्यवसायी तथा किसानहरु
गैँडाकोटको भृकुटी चोकमा खसी बोका बेच्दै
दसैको चहलपहल सुरु भएसँगै उनीहरुलाई समेत दसैँ लागेको हो । त्यही दसँैको खर्च जुटाउनका लागि वर्षभरी पालेका खसी र वोका उनीहरुले बजारमा ल्याएका हुन् । दैनिकजसो त्यस क्षेत्रबाट करिव असीको हाराहारीमा खसी–बोका ल्याइने गरिन्छ । बजार आउन नसक्नेले त्यहीका स्थानीयलाई बजार पु¥याउने जिम्मा दिने गरेका छन् ।
त्यस क्षेत्रका अधिकाशं पुरुषहरु दसैँ र तिहारका बेला खसी र बोका लिएर गैडाकोटको राजमार्ग छेउ तथा नारायणगढ आउने गरेको खसी लिएर गैडाकोटको राजमार्ग कालिगण्डकी चोक आइपुगेका गैँडाकोटढोडेनीका रणबहादुर गुरुङ्ले बताउनुभयो । पोहोर दसैँमा १०० वटा खसी बोका ल्याएको बताउने गुरुङ्ले हिजो मात्र २० वेचेको बताउनुभयो । ‘हिजो २० वटा बेचेको हुँ शनिबार २५ वटा लिएर आएको छु’, उहाँले भन्नुभयो ।
अघिल्लो वर्षमा भन्दा खसीको मूल्य खासै फरक नपरेको उहाँले बताउनुभयो । पोहोर भन्दा अहिले ज्यूदो खसी बोका एक हजार देखि एक हजार ५०० रुपैयाँ सम्म बढिमा विक्रि भएको उहाँले जानकारी दिनुभयो । अन्य वस्तुको मूल्य बढेपनि खसी तथा बोकाको मूल्य नबढेको उहाँको भनाई थियो ।
आँफूले गाँउ देखि ल्याएक खसी तीन हजार देखि २१ हजार सम्ममा विक्रि गरेको गुरुङ्ले जानकारी दिनुभयो । सामान्य बोका भने दुई हजार पाँच सय रुपैयाँ देखि माथिमा विक्री भएको उहाँले बताउनुभयो ।

No comments

@lonely_aananda. Powered by Blogger.