आवश्यकता भन्दा बढी मोटोपना स्वास्थका लागि खतरा ।


भरतपुर । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आइतबार विश्व स्थास्थ्य दिवसको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्ने डाक्टरहरुका अनुसार मानिसहरुलाई लाग्ने मधुमेह, उच्च रक्तचाप र ह्रृदयघात जस्ता अधिकांश रोगहरु मोटोपनका कारणले नै लाग्ने गरेका छन् । हरेक वर्षको अप्रिल ७ तारिकका दिन मनाइने यो दिवस यस वर्ष ‘रक्तचाप नियन्त्रण गर्नुहोस्, आयु बढाउनुहोस्’ भन्ने नाराका साथ विश्वभरि नै मनाइएको छ ।
कार्यक्रममा बोल्दै भरतपुर अस्पतालका मेडीकल विभाग प्रमुख तथा फिजीसियन डा. विजयप्रसाद पौडेलका अनुसार, ‘एउटा बच्चा जन्मने वित्तिकै नै उसको मुटुको धड्कन बढ्ने हुनाले यो रोग जुनसुकै उमेर समुहका मानिसहरुलाई पनि लाग्न सक्छ ।’ भन्दै अगाडि थप्नुभयो, विश्वमा रक्तचाप भएका मानिसहरु मध्ये ९० प्रतिशत मानिसलाई के को कारणले रक्तचाप हुन्छ भन्ने कुरा थाहा नभएको बताउनुभयो । विश्वको जुनसुकै मुलुकमा पनि यो रोग महामारीको रुपमा फैलन लागेको तर्फ इंगीत गर्दै डा. पौडेलले भन्नुभयो, ‘अहिले विश्वमा बढ्दै गएको यन्त्रिकरणको नियन्त्रण गर्न सकियो भने पनि यो रोगल लाग्ने सम्भावना न्युन हुन्छ ।’
यो कार्यक्रममा बोल्ने अर्का वक्ता भरतपुर अस्पतालकै प्रसुती विभाग प्रमुख डा. सुनिलमणि पोखरेलका अनुसार, उच्च रक्तचापले गर्दा गर्भवती महिलाई पनि असर गर्छ र बढि रक्तश्राव हुन्छ । यो समस्याले गर्दा बच्चाको शारिरीक लगाएत मानसिक वृद्धिमा समेत असर गर्छ । त्यसैले गर्भवती महिलाले सबैभन्दा चनाखो भएर आफ्नो नियमित रुपमा स्वास्थ्य परिक्षण गर्नुपर्ने बताउनुभयो । सोही कार्यक्रममा बोल्ने अर्का फिजिसीयन डाक्टर भोजराज अधिकारीको भनाई अनुसार, ‘विश्वमा जतिपनि मानिसहरु मर्ने गरेका छन् त्यसमा हुने मृत्युको कारण उच्च रक्तचाप नै हो । तपाइले मोटोपना घटाउनुभयो भने तपाईलाई रक्तचाप, मधुमेह तथा ह्रृदयघात हुने सम्भावना न्यून हुन्छ र तपाईको आयु स्वतः लम्बिन्छ ।’
दैनिक नियमित रुपले शारिरीक व्यायम गर्नाले तथा विहानीको दैनिक हिडाइले पनि मोटोपना नियन्त्रण गर्न सकिने भएकाले ह्रृदयघात तथा रक्तचाप र मधुमेह रोगबाट जोगिन सकिन्छ । भन्दै भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा कार्यक्रमका प्रमुख अतिथी डा. महेन्द्रराज न्यौपानेले थप्नुभयो, ‘अकास्मात घट्ने दुघृघटनाले पनि मानिसलाई यो रोगको शिकार बनाएको छ ।’ उक्त कार्यक्रमको सभापतित्व जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केहरसिंह गोदारले गर्नुभएको थियो ।

No comments

@lonely_aananda. Powered by Blogger.