ट्विटरको कमाल


कतै तपार्इ बिरामी हुने लक्षण त देखिएको छैन ? ८ दिनअघि नै ट्विटरले बताइन्छ ।

ट्विटर केवल अब अभिव्यक्तिको ससक्त मञ्च मात्र रहेन । माइक्रोब्लगिङ साइट ट्विटर अब भविष्यवेत्ता समेत बनेको छ । सा“च्ची ट्विटरले व्यक्तिगत स्वास्थ्य तथा बिमारको भविष्यवाणी गर्दैछ । हो, शोधकर्ताहरुले यस्तो प्रविधिको विकास गरेका छन् जसमार्फत ट्विटरले कुनै व्यक्ति बिरामी पर्दैछ भन्ने कुरा त्यसको ८ दिनअघि नै घोषणा गरिदिन्छ ।
अमेरिकाको रोचेष्टर विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो एप्लिकेसनको विकास गरेका हुन् । हिटम्याप नामको यो एप एउटा यस्तो प्रणाली हो जसबाट ट्विटरको सहायताले आपसमा भेट हुने मानिसको स्वास्थ्यको विश्लेषणा गर्न सकिन्छ ।

शोधकर्ता एडम सडिलेक र उनको टोलीले यो प्रविधि विकास गरेको हो । यसक्रममा उनीहरुले सन् २०१० मा ६ महिनासम्म ४४ लाख ट्विटर प्रयोगकर्ताको जिपिएस ट्याग ट्विटको विश्लेषणा गरेका थिए । यो प्रविधिले स्वस्थ व्यक्तिको ट्विटलाई लुकाइदिन्छ र संक्रमण प्रभावित स्थलमा रहेका व्यक्तिहरुलाई चेतावनी युक्त सन्देश दिन्छ । यसबाट फ्लु जस्ता रोगको फैलावटका बारेमा पूर्वानुमान गर्न सकिने दाबी उनीहरुको रहेको छ ।

1 comment

Unknown said...

Uso bhaya ta kya mazza hune bhayo /

@lonely_aananda. Powered by Blogger.