प्रहरी र युवाबिच झडप, ३ प्रहरी घाईते


आनन्द पोखरेल ।
रजहर, ३१ चैत्र । नवलपरासीको रजहरमा रहेको पार्क भ्यू रिसोर्टमा पुगेका प्रहरी नायब उपरिÔकको टोली र स्थानिय यूवाहरु बिच झडप हुँदा तीन जना प्रहरी घाईते भएका छन् । सामान्य विवादले उग्ररुप लिनपुग्दा भएको झडपमा परि घाईते भएका तीन प्रहरी मध्ये दुईको अवस्था गम्भिर रहेको छ ।
इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायव उपरिÔक नविन बस्नेत सहितको प्रहरी टोलीसँग स्थानिय यूवाहरु बिच गएराती रिसोर्टमा झडप हुँदा बस्नेतका अङ्गरÔक दिपक वि.क., प्रहरी हवल्दारद्वय दिनेश थापा र तिलक वि.क. खुकुरी प्रहारबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । नयाँ बर्Èको अवसरमा उक्त रिसोर्ट होटलमा रमाईलो गरिरहेका स्थानिययूवाहरुले हल्ला गरेको भन्दै प्रहरी नायव उपरिÔक बस्नेतले हप्काउन पठाएका प्रहरीहरुले पेस्तोल तेर्साएर एक्कासी पिट्न थालेपछि दोहोरो झडप भएको स्थानियवासीले बताएका छन् । गाडी लिएर प्रहरी दस्ता सहित बस्नेत शुक्रबार राती सो होटल पुगेको बताईएको छ ।

खुकुरी प्रहारबाट घाईते मध्ये थापा र वि.क.को अवस्था गम्भिर रहेकोे प्रहरीले जनाएको छ । टाउको र हातमा चोट लागेका उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिÔक एवम् निमित्त प्रहरी उपरिÔक गोबिन्द शाहले बताउनु भयो । परिवार सहित होटलमा बस्न गएका डिएसपी बस्नेतलाई छोडेर फर्कने क्रममा होटल बाहिर रहेका स्थानिय यूवाहरु बिच झडप भएको निमित्त प्रहरी उपरिÔक शाहले बताउनुभयो । यूवाहरु बिच झगडा शुरु भएपछि गाउँमा रहेका अन्य स्थानियवासीहरु आएर प्रहरी माथि जाईलागेको उहाँको भनाई छ । केहि महिना अगाडि सो गाउँबाट प्रहरीले गाँजा बरामद गरेको र त्यसैको रिसमा केहि स्थानियहरु प्रहरी माथि जाई लागेको प्रहरी उपरिÔक शाहको दाबी रहेको छ । राती १० बजे भएको उक्त घटनामा सम्लग्न कोहि पनि पक्राउ पर्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानिय यूवाहरु बिच झडप भएपछि होटलमा बस्न पुगेका प्रहरी नायब उपरिÔक बस्नेत परिवार सहित रातीनै प्रहरी कार्यालयमा फर्केको बताईएकोछ ।

घटनाको यर्थात विवरण भने प्रहरीले खुलाउन चाहेको छैन । नारायणी नदी किनारमा रहेको उक्त होटल नजिक राष्ट्रिय निकुञ्जको प्रवेशद्वार समेत रहेको छ । नदी पार गर्दै हात्ति चढेर निकुञ्ज घुम्न जाने आन्तरिक एंव बाह्य पर्यटकहरु उक्त होटलमा बास बस्ने गर्दछन् ।

No comments

@lonely_aananda. Powered by Blogger.