हेटौंडाको होटेलमा मनपरी भाडा, खोइ त अनुगमन ?


     नारायणगढ । सामान्य दिनमा एउटा राम्रो होटलमा एउटा कोठाको भाडा कति रूपैयाँ तिर्नु पर्छ ? जो कोहीले पनि सजिलै भन्दछन् त्यस्तै रू. पाँच सय देखि १ हजारसम्म तिर्ने हो भने त राम्रो होटेलको कोठा पाइन्छ । तर यो कुरा बैशाखको १३ गते हेटौंडामा देखिएन । कारण थियो लोक सेवा आयोगको नायव सुब्बाको परीक्षा ।
   सामान्य अवस्थामा सुनसान हुने हेटौंडाका सबैजसो होटलहरु यो समयमा खचाखच भरिएका थिए । होटलमा कोठाको भाडा पनि एकै पटक मनपरि रुपमा असुल्न खोज्दै थिए । जस्तो सुकै सानो तथा ठूलो होटलमा पनि कोठा खाली नभएको जानकारी गराइन्थ्यो । यदी कोठा पाइहाल्यो भने पनि नसोको मूल्य तिर्नु पर्ने अवस्थाको सिर्जना भएको पाइन्थ्यो हेटौंडामा ।
    परिक्षा दिन चितवनबाट आएक एक जना परीक्षार्थी प्रेम न्यौपानेले भने, “होटलमा कोठा पाउनै मुस्किल भयो, एक महिना अगाडि आएर म जुन होटेलमा बसेको थिएँ रू.५०० तिरेर अहिले त्यहि होटलको त्यही कोठामा बसेबापत रू.१ हजार तिर्न बाध्य भएँ, अझै त्यो रकममा भ्याट जोडेर दिने सर्तमा ।” त्यस्तै अर्की परीक्षार्थी सिता सुबेदी कंडेलको समस्या पनि उस्तै थियो उनले आक्रोसित हुँदै भनिन्, “यो हेटौँडामा अनुगमन गर्ने निकाय नै छैन अथवा मौन बसेको हो, आँफुहरुलाई कमिसन आउने भएर ?” प्राय सबै परीक्षार्थीहरुको एउटै आक्रोश थियो होटलले लिएको चर्को होटलको बारेमा ।
     होटलमा कोठा भाडा महङ्गो हुनुको कारणबारे होटल लिडो एण्ड गेष्ट हाउसका एक जना कर्मचारीले भने, “के गर्ने सर अरु बेला होटल सुनसान हुन्छ, अनि साहुले नै महङ्गोमा मात्र कोठा बुक गर्नु मान्छे जतिपनि आउँछन् भने पछि के गर्नु त ? हामी त कर्मचारी न हो आफ्नो नुनको जोहो पनि त गर्नुप¥यो नि !” त्यस्तै यसबारेमा बुझ्न खोज्दा होटल भैरव एण्ड लजका प्रोप्राइटर प्रविन श्रेष्ठले भने, “मैले सामान्य दिनमा र आजको दिनमा कुनै फरक नगरि भाडा लिएको छु, सामान्य दिनमा जस्तै । तपाईलाई विश्वास लाग्दैन भने तपाईले मेरो होटलमा बसेका गेष्टहरुसँग पनि बुझ्न सक्नुहुनेछ मैले कति भाडा लिएको छु भनेर ।”
होटलमा भएको मनपरि भाडाको विषयमा बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालयका एक जना प्रहरी अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा भने, “आज केन्द्रबाट नेता तथा मन्त्रि आउँदै छन् सबै प्रहरी उनीहरुकै सुरक्षार्थ खटिएका छन् साथै यो बारेमा हामी भएको ठाउँमा कुनै पनि गुनासो आएको छैन अनि कसरी कारवाही गर्न मिल्छ हामीले ?
    हेर्नुस् त प्रहरीको काम कारवाही । जनतालाई अप्ठ्यारो परेको बेलामा सहयोग गर्नको लागि सरकारले यिनीहरुलाई खटाएको होइन र ? प्रहरीहरु नै उम्किनको लागि विभिन्न वाहानाहरु बनाउन थालेपछि सर्वसाधारणहरुको हालत कस्तो होला ? हेटौंडामा लोक सेवा आयोगको परीक्षा हुँदैछ, परीक्षार्थीहरुको चाप धेरै हुन्छ भन्ने कुरा उनीहरुलाई थाहा नहोला त ? आखिरी यस्तो बेलामा अनुगमन नै नगरी कानमा तेल हालेर बस्नुको पछाडि नेपाल प्रहरीको नियत माथि नै खोट छ कि भन्ने आशंका त गर्न सकिने ठाउँ प्रसस्तै भटिन्छ । खरिदारको लागि लोक सेवा आयोगले नारायणी अञ्चलको लागि आगामी परीक्षा फेरि जेठको १७ र १८ मा हेटौंडामा लिदैछ त्यो बेलामा अहिलेको भन्दा धेरै परीक्षार्थी हुने कुरा निश्चित छ । आशा गरौँ त्यति बेला नेपाल प्रहरीबाट अनुगमनका कामहरु होलान् र परीक्षार्थीलाई केही भए पनि राहात महसुस होला ।

No comments

@lonely_aananda. Powered by Blogger.