काँग्रेसको महासमिति बैठक निकुञ्जको अतिक्रमित ठाउँमा।

चितवन, चैत्र २७ । नेपाली काँग्रेसले महासमिति बैठकको लागि तय गरेको स्थान नवलपरासीको त्रिवेणीस्थित गजेन्द्रमोक्षधाम चितवन राष्ट्रिय निकुन्जको अतिक्रमित क्षेत्र रहेको खुलेको छ । निकुन्जले मुख्यालय कसरामा गरेको पत्रकार भेटघाटमा प्रमुख संरक्षण अधिकृत फणिन्द्रराज खरेलले गजेन्द्रमोक्षधाम क्षेत्र निकुन्जकै भएकाले कुनै निर्माण, गोष्ठी तथा प्रवचनलाई स्विकृत नदिइएको स्पष्ट पार्नुभयो । त्यस क्षेत्रमा निकुञ्जको १५ विगाह जमिन अतिक्रमित भएको उहाँले जानकारी दिनुभयो । ‘हामीलाई पहिल्यैदेखि भवन तथा पूर्वाधार निर्माणको स्वकृतीका  लागि आग्रह भैरहेको हो, तर वातावरणीय प्रभाव मुल्यांकन (ईआईए०) का अनुसार पनि दिन  सकिने स्थिति भएन, त्यस क्षेत्रमा जे जती निर्माण र गतिविधि भैरहेका छन् बिधी मिचेर भैरहेको छ’ प्रमुख संरक्षण अधिकृत खरेलले भन्नुभयो  । मन्दिर तथा प्रवचन स्थल निर्माण गरेर उक्त क्षेत्रमा नियम मिचिएको खरेलको भनाई थियो । निकुञ्ज ऐनका अनुसार निकुञ्ज क्षेत्रमा कुनै भौतिक संरचना निर्माण गर्न र भेला तथा बैठक गर्न मिल्दैन  । विगत १५ वर्ष अघिदेखि गजेन्द्रमोक्षधाम क्षेत्रमा मन्दिर र प्रवचन हल निर्माण गरिएको  छ  । सोही स्थानमा का“ग्रेसले महासमितिको बैठक आयोजना गरेको हो । नेपाली काँग्रेस नवलपरासीका नेता एवं पूर्व सांसद महेन्द्रध्वज जिसीले भन्नुभयो बैठक स्थल अतिक्रमित क्षेत्र हो भन्ने जानकारी भएको छैन । नारायणी नदीपारीको क्षेत्र मात्र निकुन्जको हो भन्ने लागको छ, जिसले अगाडि भने कमलनयन आचार्यले आश्रम बनाएको ठाउँलाई प्रयोग गरेका हौँ  । यदी अतिक्रमित क्षेत्र भएको भए पनि निकुञ्जले बेलैमा भन्नुपथ्र्यो, यतिखेर हल्ला गरेर के अर्थ हुन्छ र रु जिसीले भन्नुभयो ।  मोक्षधाममा तत्कालिन राजा वीरेन्द्र, ज्ञानेन्द्र र राजनीतिक दलका नेताहरु पनि विभिन्न धार्मिक कार्यक्रममा पटक पटक सहभागी हुने गरेका थिए ।  निकुञ्जले जनाए अनुसार गजेन्द्रमोक्षधाम बाहेक अन्य ६ सय हेक्टर भन्दा बढी जमिन पनि अतिक्रमणमा परेको छ । माडीको बाँदरझुलामा ४५० हेक्टर र सुनाचुरीमा १५४ हेक्टर जमिन मिचिएको छ । बाँदरझुलामा सुकुम्बासी वस्ती रहेको छ । राजनीतिक दवाव र ब्यवहारिक जटिलताले अतिक्रमित क्षेत्र खाली गराउन नसकिएको निकुञ्जको भनाई छ ।
कार्यक्रममा प्रमुख संरक्षण अधिकृत खरेलल निकुञ्ज संरक्षणका लागि भैरहेका विभिन्न गतिविधिका बारेमा पनि जानकारी दिनुभयो । यस्तै कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर परियारले मध्यवर्ती क्षेत्रको विकासको लागि विनियोजीत बजेट निकासा नभएको भन्दै गुनासो गर्नुभयो । निकुञ्जका रेञ्जर विष्णु थपलियाले निकुञ्ज भित्रको घाँसे मैदान व्यवस्थापनका लागी सञ्चालित कार्यक्रमहरु प्रभावकारी भएको बताउनुभयो ।

No comments

@lonely_aananda. Powered by Blogger.