कांग्रेस माओवादी कर्मचारीद्वारा जिविस कब्जा


भरतपुर । नेपाली काग्रेस र एमाओबादी निकटका कर्मचारी संगठनले जिल्ला विकास समिती चितवनको कोठा कब्जा गरी शुक्रबारदेखि कार्यालय सञ्चालन गरेका छन् । जिल्ला विकास समितीको सेतो भवनको माथिल्लो तला एमाओबादी निकटको राष्ट्रिय निजामति कर्मचारी संगठनले कब्जा गरेको छ भने, तल्लो तलाको भबन काग्रेस निकटको राष्ट्रिय कर्मचारी यूनियनले कब्जा गरेको जिल्ला विकास समिती चितवनले जनाएको छ ।
नेपाल निजामति कर्मचारी संगठनलाई जिल्ला बिकास समितिले बिगत एक दशक भन्दा अगाडी देखि कार्यालय सञ्चालन प्रयोजनका लागी भवन दिएको तर, आफुहरुलाई नदिएको भन्दै, जिबिसका कोठा कब्जा गरी कार्यालय स्थापना गर्दै बोर्ड टासिएको उनीहरुले दाबी गरेका छन् । 
जिल्ला बन कार्यालय चितवनका कर्मचारी रहेका रवि तिमिल्सीना नेतृत्बको काग्रेस निकटको नेपाल निजामति कर्मचारी यूनियन र सोही कार्यालयका कर्मचारी इमानाथ पौडेल नेतृत्बको एमाओबादी निकटको राष्ट्रिय निजामति कर्मचारी संगठनले सो भबनका कोठा कब्जामा लिई कार्यालय संचालन गर्न थालेको जिल्ला विकास समिती चितवनले जनाएको छ । एमाओबादी निकटको राष्ट्रिय निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष इमानाथ पौडेलले, निजामति कर्मचारी सगंठनलाई जिल्ला विकास समितीले भबन पनि दिएको, कार्यालय सञ्चालनका लागी सबै सहयोग गर्दै आएको तर आफुहरुलाई नगरेकोले बाध्य भएर कोठा लिई, कार्यालय सचालन गरेको बताए । उनले, आफ्नो संगठनले बाहिर भाडामा कोठा लिएर पनि कार्यालय संचालन गर्न सक्ने भन्दै, अन्य संगठनले पनि सोही गर्नुपर्ने तर्क गरे । जिल्ला वन कार्यालयमा समेत कार्यालय संचालन गर्न सक्ने अबस्था भएपनि, जिल्ला विकास समितीले कुनै एक संगठनलाई सुबिधा दिएको स्थानमा नै कार्यालय संचालन गर्न गएको बताए । 
नेपाली काग्रेस निकटको निजामति कर्मचारी यूनियनका जिल्ला अध्यक्ष रवि तिमिल्सिनाले, निजामति कर्मचारी संगठनले सिङ्गो घर नै पाएर माथि तला थप्दा समेत, आफ्नो संगठनलाई कोठा समेत नदिएकोले जिबिसको कोठामा कार्यालय संचालन गरेको बताए । उनले जिल्ला विकास समितीलाई यस बारेमा लिखित रुपमा जानकारी गराएपनि, कुनै पनि सुनुवाई नभएकोले सेतो भबनको तल्लो तलामा कार्यालय संचालन गरेको बताए । 
निजामति कर्मचारी संगठन चितवनका अध्यक्ष मंगल दराईले भने निजामति कर्मचारी संगठन निजामति कर्मचारीहरुको छाता संगठन भएकोले यसले बिधिबत रुपमा नै, भबन पाएको दाबी गरे । “सबै निजामति कर्मचारीहरुको यो साझा संगठन हो, कसैले राजनैतिक आस्थाका आधारमा संगठन छाडेर अलग्गै संगठन बनाउदै हिड्छ भने, सबैलाई भाग दिदै जानुपर्दछ भन्ने छैन्” दराईले भने । “आफुहरु छाता संगठन भएकै कारण जिबिसले १२/१४ बर्ष अघि नै संगठनलाई कार्यालय संचालनका लागी भबन दिएको हो ।” 

No comments

@lonely_aananda. Powered by Blogger.