मेडिकल सिटीमा उपचारको खडेरी


शीर्षक पढेर तपाईँ अचम्ममा पर्नु भयो होला, होइन त ? हो, शीर्षक जस्तै यहाँको काम पनि अचम्मकै छ । तर यो नयाँ कुरा भने होइन, तपाईँ हामी सबैजनाले भोग्दै आएको पिडाको प्रतिनिधि घटना मात्र हो यो, जे म लेख्न जाँदैछु । यि र यस्ता घटना धेरै ठाउँमा घट्ने गरेका छन् ।
नेपालको ७६औँ जिल्लाको रुपमा परिचित तथा नेपालको प्रस्तावित बैकल्पिक राजधानी चितवनको हो । अझै चितवनको भरतपुर नगरपालिका त मेडिकल सिटीको रुपमा विकशित शहर पनि हो । यसलाई मेडिकल सिटीको नामले चिनाइनु पर्छ भन्दै यदा कदा हिँडेको हामीले सुन्ने गरेका छौँ । के नाम मात्रै मेडिकल सिटी राखेर त्यहाँ स्तरिय सेवा पाईन्छ भन्ने ग्यारेन्टी छ त ? भवन राम्रो तथा नाम चलेको हस्पिटल हुँदैमा मात्र त्यहाँका डाक्टरहरु राम्रा तथा अनुभवि हुन्छन् र गुणस्तरिय सेवा प्रदान गर्न सक्षम हुन्छन् भन्ने कुरा कहाँ लेखेको छ र ? यो प्रश्नको जवाफ म को सँग मागौँ ? आखिर कसले दिन्छन् यि र यस्तै कैयौँ प्रश्नहरुको जवाफ ?
यो त एउटा प्रतिनिधि घटना मात्र हो यसले त्यस्ता कैयौँ समस्याहरुको प्रतिनिधित्व गरेको छ । जुन तपाईँ हामीले हाम्रो दैनिक जिवनमा भोग्दै आइरहेका छौँ । कुरा भरतपुर नगरपालिकामा रहेको एउटा नामुद हस्पिटलको हो । जहाँ चितवनबाट मात्र नभएर यसका आसपासका छिमेकी जिल्लाहरुको गाउँ–गाउँबाट समेत बिरामीहरु आफ्नो स्वास्थ्य परिक्षणको लागि आउने गर्दछन् । यहाँ म हस्पिटलको अनि ति डाक्टरको पनि नाम उल्लेख गर्न उचित ठान्दिन किनकी उनीहरुको पेशामा नै आँच आउन सक्छ ।
डाक्टरको गल्ती कि टेक्निसियनको ?
केही दिन अगाडि मात्रै  मेरो छिमेकी दाइको आफन्त सुत्केरी गराउनको लागि तनहुँबाट भरतपुरमा आउनु भएको थियो । र चौबिस कोठीमा रहेको एउटा निजी अस्पतालमा पु¥याइएछ । भिडियो एक्सरे गरेर रिपोर्ट हेर्दै डाक्टरले भनेछन् । गर्भमा रहेको बच्चाको तौल एकदम कम छ । अनि बच्चाको शरिरमा पानीको मात्रा पनि कम छ । तुरुन्त अप्रेशन गरेर बच्चा निकाल्नु पर्छ । त्यसको लागि बच्चालाई एनआईसियु भएको हस्पिटलमा राख्नु पर्ने हुनसक्छ भन्दै एउटा हस्पिटलमा रिफर गरिदिएछन् ति डाक्टरले ।
बिचरा गाउँबाट हतारमा नै आएका थिए तिनीहरु साँझ परिसकेको थियो । फेरि यहाँको सबै हस्पिटलको बारेमा थाहा रहेनछ उनीहरुलाई । अनी मेरो छिमेकी दाइलाई फोन गरेर घटनाको बारेमा बताएछन् उनीहरुले । ति दाइले मलाई, ‘भाइ तुरुन्त हस्पिटल जानुप¥यो तयारी गर है’ भन्नु भएपछि म पनि हस्पिटल जानलाई तयार भएँ र दुबैजना दाजुभाइ सँगै हस्पिटल तर्फ लाग्यौँ । त्यहाँ पुगेर घटनाको बस्तुस्थिती बुझ्यौँ र डाक्टरले दिएको रिपोर्ट पनि सामान्य अध्धयन गरेपछि घटना गम्भिर प्रकारको नै भन्ने देखिएपछि रिफर गरेको हस्पिटल तर्फ ति गर्भवती महिलालाई लिएर गयौँ ।
जब हस्पिटलमा पुगेका थियौँ ।  अनि प्रसुती कक्षमा हामी पुग्यौँ र त्यो रिफर कागज देखाउँदै हामीले उनको चाँडो उपचारको व्यवस्था गर्नको लागि एकजना प्रसुती विशेषज्ञलाई आग्रह ग¥यौँ । उनले पनि  त्यो रिपोर्ट हेरेपछि  बच्चालाई एनआईसियुमा राखेर मात्र नहुने र यदी बच्चाले सास फेर्न नसकेमा भेन्टिलेटरको आवस्यकता पनि पर्ने हुन्छ भन्दै एनआईसियु तर्फ बुझे, तर दुर्भाग्य त्यहाँको एनआईसियुमा भएको दशवटा बेड पूरै भरिएको रहेछ । र डाक्टरले भन्न थाले, “तपाईँ रिस्क लिनुहुन्छ भने हामी अप्रेशन गरेर बच्चा निकालिदीन्छौँ तर यसमा जे पनि हुनसक्छ त्यसमा हामी जवाफदेही हुनेछैनौँ ।” जे पनि हुनसक्छ भन्नुको अर्थ थियो बच्चा मर्न पनि सक्छ । त्यसैले हामी त्यो रिस्क लिन चाहेनौँ ।
केही समयपछि फेरि हामीले अर्को ठुलो हस्पिटलमा लग्यौँ, त्यहाँ पनि घटनाको बारेमा सबै कुरा सुनाएपछि एनआईसियुमा बेडहरु खाली भएको तर भेन्टिलेटरको सङ्ख्या एउटा मात्रै रहेको र त्यो पनि अर्कै बिरामीलाई प्रयोग गरेको बताएपछि हामी एकदमै आत्तियौँ । यहाँ अब अरु सुविधा सम्पन्न हस्पिटल पनि छैन । एकमात्र सरकारी स्वामित्वमा रहेको हस्पिटलमा एनआईसियुको सुबिधा छैन । अब हाम्रो सामु दुईवटा विकल्प रह्यो या त रिस्क लिएर यही अप्रेशन गराउनु प¥यो या फेरि एम्बुलेन्स लिएर काठमाण्डौ पुग्नु प¥यो । काठमाण्डौ छिटो पुगियो भने कम्तिमा पनि चार घण्टा लाग्न सक्छ त्यतिबेलासम्म आमा र बच्चालाई केही भयो भने के गर्ने ? भन्ने प्रश्नले हामीलाई छटपटी पारिदियो ।
त्यो रात हामीले उनलाई त्यही अस्पतालमा राख्यौँ र डाक्टरले यहाँ आफूहरुले केही गर्न नसक्ने बताएपछि उनलाई तुरुन्त एम्बुलेन्सको ब्यवस्था गरेर काठमाण्डौ पु¥याउने काम गरियो । यहाँबाट काठमाण्डौको थापाथलीमा रहेको प्रसुती गृहमा  लिएर गइएछ उनलाई । ति महिलाको बारेमा मैले बेला बेलामा जानकारी लिइराखेको थिएँ । काठमाण्डौ पुगेर चेक जाँच गर्दा गर्भवती महिला र उनको बच्चाको स्वस्थ्य अवस्था सामान्य रहेको कुरा डाक्टरले बताएछन् । त्यहाँ सामान्य चेक जाँचपछि केही औषधी खान भन्दै एक हप्ताको डेट दिएर त्यो समयमा अस्पताल आउनु भन्ने निर्देशन सहीत उनलाई घर पठाईएछ । यसपछि जो प्रसुती व्याथा लाग्यो भनेर आएकी महिला थिइन् उनी आफ्नो घर गइन् र एक हप्ता पछि उनले थापाथलीमा रहेको प्रसुती गृहमा गएर सामान्य अवस्थामा शिशुको जन्म दिईन् । न कुनै अप्रैशन, न भेन्टिलेटर न त एनआईसियुको नै आवस्यकता प¥यो ।
कतै कमिसनको चक्कर त होइन डाक्टरको ?
आखिर चितवनको डाक्टरहरुले किन यसरी लापरवाही गरे ? के उनको स्वास्थ्यमा समस्या भएको भए काठमाण्डौ पुग्ने बित्तिकै आफै निको हुन्छ र ? वा डाक्टरहरु विरामीलाई विभिन्न डर र त्रास देखाउँदै कमिसनको चक्करमा परेर अप्रेशन गर्ने अनि मोटो रकम असुल्ने काममा सक्रिय रहन्छन् ? यदी यस्तो थिएन भने यहाँ रहेका दुईवटा ठुला भनिएका मेडिकल कलेजले किन उनको भर्ना लिन आनाकाना ग¥यो त ?
यदी हामीले चाहेको भए यो घटनलाई तत्कालै बाहीर ल्याउन पनि सक्थ्यौँ र पहिला चेक गरेका निजी अस्पतालका डाक्टरलाई कारवाही गराउन पनि सक्थ्यौँ । तर उनै महिला र उनको पतिले केही पनि नगर्ने भनेपछि हामी चुप लागेर बस्यौँ । आखिरमा डाक्टरले यसरी लापरवाही किन गर्छन् । अनि भिडियो एक्सरे लिने बेलामा कसरी गल्ती हुन पुग्यो, अथवा डाक्टरले त्यो एक्सरेको रिपोर्ट गल्ती लेखे ? यो प्रश्न अझै पनि मेरो मनमा उब्जीएको छ ।
नाम मात्रले मेडिकल सिटी हुन्छ ?
यस्तो छ हामी बस्ने शहर भरतपुरमा रहेको हस्पिटलको उपचार सेवा । कताबाट हुन्छ बिरामीबाट चर्को पैसा असुल गर्नु पर्छ भन्ने मात्र सोचाइ रहेको जस्तो छ हस्पिटलहरुको पनि । आखिर गुणस्तरिय सेवाको नाममा कहिलेसम्म उपभोक्ता÷बिरामीहरुलाई ठगिरहन्छन् यिनीहरुले ? के यही हो त गुणस्तरिय सेवा जहाँ बिरामीको सानो समस्यालाई पनि ठुलो बनाइन्छ ? हामीले एक पटक राम्रोसँग सोचौँ हाम्रो शहरलाई मेडिकल सिटी बनाउनको लागि अपुग पुर्वाधारहरु के–के छन् ? ति पुर्वाधार पूरा गर्न तर्फ पहिलो प्राथमिकता दिउँ । होइन भने यसै मेडिकल सिटीको ढ्वाङ फुक्दै हिँडीयो भने चितवनको बदनाम भन्दा हामीले अरु केही पनि गर्न सक्दैनौँ ।

3 comments

Unknown said...

Ho tani yasta thuprai ghatana haru ghatne gareka 6an hamro oripari.

Anonymous said...

Ramro Kura ko uthan gareko ma Aananda lai Dhanyabad .

deen bandhu said...

Sahi kura gareko ma thk

@lonely_aananda. Powered by Blogger.